अस्ट्रेलियामा बसोबास: ब्रिजिङ्ग भिसाहरूको बारेमा अनिवार्य जानकारी

ब्रिजिङ्ग भिसा भनेको हो र यसका के-के अधिकार र सर्तहरू हुन्छन्?

passports visa

A bridging visa acts as a bridge between lodgement of a visa and the determination of that application. Source: Getty Images/Jodie Griggs

जब कुनै व्यक्तिले अस्ट्रेलियामा भिसाको आवेदन पेस गर्दछन्, सो स्वीकार नभए सम्म उनलाई कानुनी रूपमा अस्ट्रेलिया बस्नका लागि ब्रिजिङ्ग भिसा दिइन्छ।

आवेदकको परिस्थिति अनुसार विभिन्न किसिमका अधिकार र सर्त भएका विभिन्न ब्रिजिङ्ग भिसाहरू उपलब्ध हुन्छन्।


मुख्य बुँदाहरू:

  • ब्रिजिङ्ग भिसाहरूले एक आधारभूत भिसा र अर्को भिसाको बीच "पुल" को काम गर्छन्
  • बीभीए र बीभीबी नामका ब्रिजिङ्ग भिसा धारकहरूले मात्र ब्रिजिङ्ग भिसा भएको समयमा अस्ट्रेलिया बाहिर गई फिर्ता आउन पाउँछन्
  • बीभीसी र बीभीई ब्रिजिङ्ग भिसाहरूमा सामान्यतया काम गर्ने अधिकार हुँदैन, तर रोजगारीको लागि अनुमति माग्न पाइन्छ

ब्रिजिङ्ग भिसा भनेको के हो?

अस्ट्रेलियामा रहेका सम्पूर्ण गैर नागरिकहरू कानुनी रूपमा कुनै भिसामा रहेको हुनु पर्दछ।

यदि कसैको वर्तमान भिसाको म्याद सकिएको छ र अर्को नयाँ भिसा आइसकेको छैन भने, तब ब्रिजिङ्ग भिसाले उनीहरूलाई कानुनी रूपमा अस्ट्रेलियामा बस्ने अधिकार प्रदान गर्छ।
यस रिपोर्टलाई नेपाली भाषामा सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
"ब्रिजिङ्ग भिसा लिनु भनेको एक परिणाम होइन; यो प्रक्रियाको एक भाग हो, र यो अस्ट्रेलियामा रहँदा एक नयाँ भिसा लिनेको प्रक्रियाको लागि हुन सक्छ, या कुनै गैर कानुनी कुराका कारण लागि अस्ट्रेलियाबाट फिर्ता पठाइनका लागि हुन सक्छ," एलन रिगास सोलिसिटर्सका एलन रिगासले भने।
"ब्रिजिङ्ग भिसाले कुनै भिसाको आवेदन हाल्ने पहिलो कदम र त्यस आवेदन स्वीकृत हुने समय बिचको पुलको भूमिका निर्वाह गर्दछ।"
surfing
The Australian migration zone is a legal device created by the Australian government for the purpose of Australia's visa policy and immigration policy. Source: Pexels/Pixabay
ब्रिजिङ्ग भिसा विभिन्न किसिमका हुन्छन्: बीभीए, बीभीबी, बीभीसी, बीभीडी, बीभीई, बीभीएफ र बीभीआर।

यी ब्रिजिङ्ग भिसाहरूले प्रदान गर्ने अधिकार र यिनका सर्तहरू फरक-फरक छन्। 

"एक पदानुक्रम रहेको छ। यो बीभीएबाट सुरु हुन्छ, र त्यस भन्दा जति तल गयो, त्यति गाह्रो हुन्छ, तिनका मापदण्डहरू झन्-झनै गाह्रा हुन्छन्," सिड्नीको पकेटलीगलमा कार्यरत, आप्रवासन सम्बन्धी वकिल रभी भस्वानीले बताए।
"यदि तपाईँले बीभीए र बीभीआर बीच तुलना गर्नु भएको भने, त्यो दुई वटा बिलकुलै भिन्न दुनियाँका छन्।"

ब्रिजिङ्ग भिसा ए (बीभीए)

अस्ट्रेलियामा रहँदा आफ्नो वर्तमान भिसासँग सम्बन्धित कुनै भिसाका लागि आवेदन हालेमा बीभीए प्रदान गरिन्छ।

सामान्यतया, बीभीएका सर्तहरू त्यसको आवेदन पेस गर्ने समयमा रहेको वर्तमान भिसाको समान हुने रिगास बताउँछन्।

"उदाहरणको लागि, यदि तपाईँको भिजिटर भिसा छ र तपाईँले विद्यार्थी भिसाको लागि आवेदन पेस गर्नु हुन्छ भने, तपाईँलाई ब्रिजिङ्ग भिसा ए दिइनेछ," उनले भने।

बीभीएको सबै भन्दा उल्लेखनीय फाइदा भनेको, यस भिसा धारकहरूले कुनै सीमित समयका लागि अस्ट्रेलिया बाहिर यात्रा गर्नका लागि अनुमति लिन सक्छन्, तर आवेदनको फैसला हुने समयमा भने उनीहरू अस्ट्रेलियामा उपस्थित हुनु पर्दछ।

ब्रिजिङ्ग भिसा बी (बीभीबी)

जब बीभीए भिसा भएका व्यक्तिले अस्ट्रेलिया बाहिर यात्रा गर्नका लागि निवेदन पेस गर्दछन्, त्यसलाई ब्रिजिङ्ग भिसा बी भनिन्छ।

 यसले उक्त भिसा धारकलाई आफ्नो प्रमुख भिसाको आवेदनको प्रक्रिया जारी रहँदा, एक सीमित समय भित्र अस्ट्रेलिया बाहिर यात्रा गरी अस्ट्रेलिया फर्कने अनुमति दिन्छ।
plane
Only people on a BVA or a BVB can apply for a BVB. Source: Getty Images/Issarawat Tattong
"यसले तपाईँलाई अस्ट्रेलिया बाहिर जान दिन्छ, र सामान्यतया यसका सर्तहरू बीभीएसँग मिल्दाजुल्दा हुन्छन्। त्यसैले धेरै मानिसहरूले यसको प्रयोग गर्छन्, फिर्ता आउँछन्, र बीभीबीमै हुन्छन्।

"फिर्ता आइसके पछि उक्त बीभीबी उनीहरूलाई थप यात्रा गर्न दिँदैन, तर त्यसका सर्तहरू पहिलेको बीभीए जस्तै हुन्छ," भस्वानीले भने।

ब्रिजिङ्ग भिसा सी (बीभीसी)

बीभीए जस्तै, ब्रिजिङ्ग भिसा सी पनि कुनै व्यक्तिले कुनै सम्बन्धित भिसाको लागि आवेदन पेस गर्दा दिइन्छ। तर यसमा त्यस व्यक्ति सँग उक्त भिसा पहिले नै हुँदैन।

यदि कसैले आफूसँग ब्रिजिङ्ग भिसामा हुँदा अर्को भिसाको आवेदन हालेमा, या कुनै भिसा नै नभएको खण्डमा बीभीसीको प्रयोग हुन्छ।

उदाहरणका लागि, एक भिजिटर भिसामा रहेका व्यक्तिले विद्यार्थी भिसाको लागि आवेदन पेस गर्दछन्। त्यस व्यक्तिलाई बीभीए दिइन्छ। उक्त भिजिटर भिसाको म्याद सकिए पछि, उनले अर्को छुट्टै भिसा, अर्थात् एक स्पन्सर्ड वर्क भिसाको (प्रायोजित रोजगार भिसा) लागि आवेदन हाल्दछन्। उनीसँग पहिले नै एक स्पन्सर्ड वर्क भिसा नभएको हुनाले, बीभीसी प्रदान गरिन्छ।

यदि कुनै व्यक्ति गैर कानुनी कार्यमा संलग्न रहेको, तर भिसा आवेदन पेस गर्नु अघि हिरासतमा नलिइएको खण्ड पनि बीभीसी प्रदान गरिन्छ।

सामान्यतया बीभीसीसँग कुनै काम गर्ने अधिकार नहुने भस्वानी बताउँछन्।

"[बीभीसीले] तपाईँको भिसा प्रक्रिया जारी छँदा यहाँ बस्ने अनुमति दिन्छ, तर सामान्यतया यससँग कुनै रोजगारको अधिकार हुँदैन," उनले भने।
"तपाईँको काम गर्ने अधिकारको लागि आवेदन दिन सक्नु हुन्छ। त्यो स्वीकार भएमा, काम गर्ने अधिकार साथ अर्को बीभीसी प्रदान गरिने छ।"
बीभीसी भएका व्यक्ति अस्ट्रेलिया बाहिर गएमा, अर्को कुनै भिसाबिना उनी अस्ट्रेलिया फर्कन पाउँदैनन्।

ब्रिजिङ्ग भिसा ई (बीभीई)

यदि तपाईँले अस्ट्रेलिया छोड्ने निर्णय गर्नु भएमा, तपाईँका अध्यागमन सम्बन्धी सम्पूर्ण कार्य सकेर अध्यागमन विभागको फैसला पर्खने समयमा, तपाईँलाई कानुनी रूपमा यहाँ बस्न दिन  बीभीई प्रदान गरिने भस्वानीले बताए।
"जब तपाईँ एक अवैध गैर नागरिक हुनु हुन्छ, तपाईँको बसाइ गैर कानुनी हुन पुग्दछ। तपाईँको ब्रिजिङ्ग भिसाको म्याद सकिएको, या त्यसलाई रद्द गरिएको हुन्छ।"
त्यसैले कानुनी रूपमा बस्नका लागि व्यक्तिले गृह मामिला विभागलाई सम्पर्क गर्दछ।

"तपाईँ अस्ट्रेलिया छोड्ने तयारीमा लाग्न चाहनु हुन्छ, तर त्यस प्रक्रियामा आफूलाई हिरासतमा लिइने र निर्वासित गरिने जोखिमलाई हटाउन चाहनु हुन्छ," भस्वानीले बताए।

यदि तपाईँको भिसा रद्द गरिएको छ, र त्यस निर्णयको समीक्षा गरिन अनुरोध गर्न चाहनु भएमा पनि बीभीईको लागि आवेदन दिन सकिन्छ।

बीभीसीमा रहेका व्यक्तिले अन्य थुप्रै किसिमका भिसाको लागि आवेदन हाल्न सक्ने (दक्ष कामदार भिसा सहित) तर बीभीईमा रहेकाले यसो गर्न नपाउने भस्वानीको भनाई छ।

बीभीई भिसा भएकाले सामान्यतया प्रोटेक्सन भिसा, पार्टनर भिसा या मेडिकल ट्रिटमेन्ट भिसा जस्ता भिसाका लागि मात्र आवेदन हाल्न पाउँदछन्।

काम गर्ने अधिकारको माग

सामान्यतया, बीभीसी जस्तै, बीभीईले पनि भिसा धारकलाई काम गर्ने अधिकार दिँदैन।

तर काम गर्ने अधिकार नदिने कुनै पनि भिसा भएका मानिसहरूले, उक्त अधिकारको लागि माग गर्न पाउँदछन्।

यस अवस्थामा रोजगारको अधिकार पाउनका लागि आवेदकले सामान्यतया आर्थिक कठिनाइ रहेको प्रमाण देखाउनु पर्दछ।
builder
Usually a BVE, like a BVC, does not come with work rights. Source: Burst/Pexels

ब्रिजिङ्ग भिसाको म्याद

कुनै पनि ब्रिजिङ्ग भिसाको म्याद कति लामो हुन्छ भन्ने कुरा धेरै पक्षहरूमा भर पर्दछ," रिगासले भने।
"सामान्य अवस्थामा, यदि तपाईँले अर्को भिसाको लागि आवेदन हाल्नु भएको छ भने, त्यस प्रक्रिया पूरा भएको ३५ दिन पछि सम्म ब्रिजिङ्ग भिसा मान्य रहन्छ।"
जस्तै, गृह मामिला विभागले तपाईँको भिसाको आवेदन अस्वीकार गरेको छ र तपाईँले त्यसको ३५ दिन भित्र त्यसको समीक्षाको माग नगरेको खण्डमा  यस्तो हुने छ।

"ती ३५ दिनमा तपाईँले अस्ट्रेलिया छोडेर जानु पर्छ, या सक्नु हुन्छ भने अर्को भिसाको आवेदन हाल्नु पर्छ," रिगासले भने।

व्यक्तिले अस्ट्रेलिया छोड्न गरेका तयारीको प्रमाण विभागलाई देखाउनका लागि बीभीईको म्याद छोटो समयको निश्चित हुन सक्छ, या उनले अर्को भिसाको आवेदन दिएमा या मन्त्री स्तरीय हस्तक्षेपको आग्रह गरेमा बीभीईको म्याद लम्बाइन सक्दछ।
suitcase travelling
If you hold a BVC you cannot travel abroad under any circumstances. Source: Alexandr Podvalny/Pexels
अन्य किसिमका ब्रिजिङ्ग भिसाहरू पनि उपलब्ध छन्।

बीभीडी, बीभीआर र बीभीएफ

यदि कुनै व्यक्ति केही कारणवश भिसा प्रक्रियामा असफल भएमा उनलाई ब्रिजिङ्ग भिसा डी (बीभीडी) प्रदान गरिन्छ।

उदाहरणका लागि,अधिकृत अधिकारी ले तोकिएको समयमा आवेदकको अन्तर्वार्ता लिन नसकेमा, या आवेदकले सही शुल्क नतिरेमा, या गलत भिसा आवेदन फारम भरेमा - तर उनले आउँदा पाँच दिन भित्र त्यो फेरी गर्न पाउने छन्।

त्यस पछि उक्त व्यक्ति बीभीसीको लागि मान्य हुने सम्भावना छ।

ब्रिजिङ्ग भिसा आर (बीभीआर) ती व्यक्तिहरूका लागि हो जो अध्यागमनको हिरासतमा रहेका हुन्छ, तर उनीहरूलाई अस्ट्रेलियाबाट निकालिने कारण व्यावहारिक हुँदैन। यसले उनीहरूलाई हिरासतबाट निस्कन दिन्छ, र निर्वासनको फैसला बाँकी हुन्छ।

ब्रिजिङ्ग भिसा एफ (बीभीएफ) मात्र ती व्यक्तिहरूका लागि हो, जो दासत्व या तस्करीका पीडित भएको हुन सक्छ, र उनीहरूसँग कुनै भिसा हुँदैन। यस किसिमको भिसा निकै कम दिइन्छ।

केही परिस्थितिहरूमा ब्रिजिङ्ग भिसाको आवेदन सिधै गृह मामिला विभाग समक्ष पेस गर्न सकिन्छ, तर जटिल अवस्थाहरूमा या भिसाको म्याद सकिएको छ भने, जति सक्दो छिटो, कानुनी सहायता लिन सल्लाह दिइन्छ।
सन् २०२१ मार्च महिनामा अस्ट्रेलियामा ब्रिजिङ्ग भिसामा रहने मानिसहरूको सङ्ख्या ऐतिहासिक रूपमा बढेर ३,५०,००० पुगेको थियो।

 

Share
Published 19 October 2021 9:29am
Updated 5 January 2022 1:35pm
By Chiara Pazzano
Presented by SBS Nepali
Source: SBS


Share this with family and friends