कोरोना सङ्कट: अस्ट्रेलियाको बेरोजगार दर १० प्रतिशतसम्म पुग्न सक्ने अनुमान

अस्ट्रेलियामा बेरोजगार दर केही दशक यताकै सबैभन्दा माथि पुग्ने अनुमान गरिए पनि पहिले सोचिएको भन्दा कमै हुने अनुमान एक पछिल्लो विश्लेषणले गरेको छ।

The federal government's coronavirus supplement will be cut by $300 from 25 September.

The federal government's coronavirus supplement will be cut by $300 from 25 September. Source: AAP

ट्रेजरीद्वारा गरिएको एक पछिल्लो अध्ययन अनुसार, जुन त्रैमासिकमा अस्ट्रेलियाको बेरोजगार दर दोब्बर हुँदै १० प्रतिशतसम्म पुग्ने बताइएको हो।

महामारीका कारण व्यापक रूपमा व्यापार व्यवसायहरू प्रभावित भएर बन्द हुनु अगाडी अस्ट्रेलियाको बेरोजगार दर गत फेब्रुअरी महिनामा ५.१ प्रतिशतमा थियो।

कोरोनाभाइरस महामारीबाट उत्पन्न आर्थिक सङ्कटलाई सम्बोधन गर्ने १३० अर्वको जबकीपर योजना सङ्घीय सरकारले अघि नबढाएको भए उक्त दर १५ प्रतिशतसम्म पुग्ने अनुमान ट्रेजरीको थियो।

ट्रेजरर जस फ्राईडेनबर्ग भन्छन् कि अहिलेसम्म आठ लाखभन्दा पनि बढी व्यापार व्यवसायहरूले जबकीपर भुक्तानीका लागि आफूलाई दर्ता गराइसकेका छन्।
Treasurer Josh Frydenberg
Treasurer Josh Frydenberg Source: AAP
“सरकार र उद्योगका सबै पक्षले अस्ट्रेलियालीलाई रोजगार र व्यवसायमा कायम राख्न काम गरिरहेको छ," उनले मङ्गलवार भने।

“कोरोनाभाइरसबाट विश्वव्यापी अर्थतन्त्रमा देखिएको आर्थिक झट्का विश्वव्यापी वित्तीय सङ्कटका बखत देखिएको भन्दा ठुलो छ।”

तर, यति हुँदासम्म अस्ट्रेलियाले आफ्नो आर्थिक स्वास्थ्य जोगाइ राख्न सकेकोमा फ्राईडेनबर्गले सन्तोष लिएका छन्।

उनका अनुसार हाल अस्ट्रेलियाको क्रेडिट रेटिंग एएए (ट्रिपल ए)मै कायम रहेको छ र विश्वभर हाल अन्य नौ देश मात्रले उक्त ऋण दर्जा पाएका छन्।

विश्वका केही नामुद क्रेडिट रेटिंग कम्पनीहरूले राष्ट्रिय ऋणपत्रलाई तिनको मोल अनुसारको दर्जा दिने चलन छ।
बिहीबार जारी हुने मार्च महिनाको श्रम शक्ति बारे तथ्याङ्क जारी भएपछि भने, कोरोनाभाइरस महामारीका कारण अस्ट्रेलियामा बेरोजगारी माथि कति प्रभाव पर्‍यो भनेर प्रस्ट हुनेछ।

फ्राईडेनबर्गले आइतबार अस्ट्रेलियालीहरूलाई बेरोजगारी दरमा उल्लेखनीय वृद्धि हुनुका साथै कोरोनाभास सङ्कटका कारण आर्थिक वृद्धि दरमा ठुलो कटौती हुने चेतावनी दिएका थिए।

"यो हामीले सेन्टरलिङ्क बाहिर देखेको मानिसहरूको लामको प्रतिबिम्ब हो अनि त्यो चाहिँ स्वास्थ्यका कारण लगाइएको प्रतिबन्धहरूको प्रतिबिम्ब हो जसले गम्भीर आर्थिक प्रभाव पारेको छ," उनले एबीसीको ईन्साइडर्स टेलिभिजन कार्यक्रमलाई भने।
अस्ट्रेलियाको हकमा बेरोजगारी बढ्नु भनेको यहाँको अर्थतन्त्रका लागि सबैभन्दा बढी खतरा रहेको बताइँदै गर्दा अन्य आर्थिक विश्लेषकहरू यहाँका आवासीय सम्पत्तिहरूको मूल्यमा कम्तीमा पनि करिब २० प्रतिशतसम्म गिरावट आउने अनुमान गर्छन्।

एएमपी क्यापिटलका शेन अलिभर भन्छन् कि त्यसो भयो भने अस्ट्रेलियाको अर्थतन्त्रका लागि थप समस्याहरू उत्पन्न हुनेछन्।

सङ्घीय सरकारको जबकीपर भुक्तानी आगामी ६ महिनाका लागि मात्रै उपलब्ध हुनु र त्यस अवधि पछि बन्द भएका प्राय सबै व्यापार व्यवसाय खुल्छन् भनेर आश्वस्त हुने ठाउँ नरहेको कारण पनि आर्थिक विश्लेषकहरू अस्ट्रेलियाको आर्थिक भविष्यलाई लिएर चिन्तित देखिन्छन्।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि  जानुहोस्।
e968806e-f4c6-4c94-be3c-371e46b231f8

Share
Published 14 April 2020 10:22am


Share this with family and friends