Feature

अस्ट्रेलियामा कोभिड–१९: थाहा पाउनै पर्ने जानकारी नेपाली भाषामा

यस फ्याक्ट सिटमा कोभिड-१९ बारे तपाईँले थाह पाउनै पर्ने जानकारीहरू नेपाली भाषामा उपलब्ध गराइएको छ।

Testing temperature for COVID-19 Source: Getty Images/kali9

Testing temperature for COVID-19 Source: Getty Images/kali9


अङ्ग्रेजी भाषामा कोभिड-१९ सम्बन्धी दैनिक अपडेट हेर्न  जानुहोस्। 
 
नेपाली भाषामा उपलब्ध अपडेट छ। 


अस्ट्रेलियामा कोभिड–१९ विरुद्धको खोप
अस्ट्रेलियाली सरकार अस्ट्रेलियामा हाल रहेका सबै मानिसहरू समक्ष सुरक्षित तथा प्रभावकारी खोपसम्मको पहुँच सम्भव भएसम्म छिटो पुर्‍याउन कटिबद्ध छ।

यदि तपाईँ कोभिड-१९ खोप लगाउन योग्य हुनुहुन्छ र कहाँ अपोइन्टमेन्ट बुक गर्न सकिन्छ भनेर पत्ता लगाउन चाहनुहुन्छ भने  जानुहोस्।

यदि तपाईँ ४० वर्ष वा सोभन्दा माथि उमेरको हुनुहुन्छ भने तपाईँ खोपका लागि योग्य हुनुहुन्छ। १६ देखि ३९ वर्ष बिचका केही व्यक्तिहरू खोपका लागि पनि योग्य हुन सक्छन्।

खोप बारे तपाईँको योग्यता जाँच गर्नका लागि मा गएर चरणबद्ध रूपमा निर्देशनहरूको पालना गर्नुहोस्।

तपाईँ आफ्नो जीपीसँग पनि खोप लगाउने बारे समय लिन सक्नुहुन्छ। 

 
नेपाली भाषामा खोप बारे आधिकारिक जानकारीका लागि  जानुहोस्।

सिफारिस गरिएका खोपहरू कुन-कुन हुन्?


खोपसम्बन्धी अस्ट्रेलियाली प्राविधिक सल्लाहकार समूह (अटागी)ले १६ देखि ५९ वर्ष उमेरका मानिसहरूका निमित्त फाइजरद्वारा निर्मित कोमिर्नाटी खोप सिफारिस गरेको छ।
 
अठारदेखि ५९ वर्षका मानिसहरूले एस्ट्राजेनेका खोप पनि लगाउन सक्नेछन्।

यदि तपाईँ योग्य हुनुहुन्न, र १८ वर्ष वा सो भन्दा बढी उमेरको हुनुहुन्छ भने, तपाईँ खोपका लागि योग्य हुने बित्तिकै सूचित हुन अनुरोध गर्न सक्नुहुन्छ।

हाल १६ वर्षभन्दा कम उमेरका मानिसहरू अझै पनि अस्ट्रेलियामा कोरोनाभाइरस विरुद्धको खोप लिन योग्य छैनन्।

कोभिड-१९ सम्बन्धी के कस्ता मानसिक स्वास्थ्य सेवा उपलब्ध छन् ?

सन् २०२० मा अस्ट्रेलियाली सरकारले मेडिकेयरबाट अनुदान प्राप्त हुने १० मनोवैज्ञानिक उपचार सत्रहरू हरेक वर्ष मानिसक स्वास्थ्य हेरचाह योजना () अन्तर्गत रहेका योग्य बिरामीहरूका लागि थपिदिएको छ।
 
पहल मार्फत मनोचिकित्सक, मनोवैज्ञानिकहरू र सामान्य चिकित्सकहरूसम्म ती बिरामीहरूको उचित पहुँच उपलब्ध गराइएको हो।
 
अस्ट्रेलिया सरकारले कोभिड-१९ सम्बन्धि मानसिक स्वास्थ्य सहायता मानसिक स्वास्थ्य पोर्टल "" को माध्यमबाट कोरोनाभाइरस महामारीको समयमा र आइसोलेसमा एक्लै बस्नुपर्दाको बखत कसरी मानसिक स्वास्थ्य असल अवस्थामा कायम राख्न सकिन्छ भन्ने बारेमा जानकारी र मार्गदर्शन प्रदान गर्छ।
 
- मेन्टल हेल्थ अस्ट्रेलियाद्वारा सञ्चालन गरिएको एक परियोजना हो जसको माध्यमबाट सांस्कृतिक तथा भाषिक हिसाबले विविधता रहेका मानिसहरू समक्ष आवश्यक स्रोत, सेवा तथा जानकारीसम्म सांस्कृतिक रूपमा सहज हुने किसिमले मानसिक स्वास्थ्य सेवाको पहुँच पुग्छ।
 
नेपाली लगायत आफूले बोल्ने भाषामा मानसिक स्वास्थ्य सम्बन्धी सहयता चाहिएमा ट्रान्सलेटिङ एन्ड इन्टर्प्रेटिङ सर्भिस (टीआईएस नेश्नल) लाई १३१ ४५० मा फोन गरेर वा  मा गएर दोभासे सहयोग प्राप्त गर्न सक्नुहुनेछ।
 
टीआईएस नेश्नलले १०० भन्दा बढी भाषाहरूमा हप्ताका सातै दिन, २४ अै घण्टा एक लोकल कलको शुल्कमा सेवा दिन्छ। 


आर्थिक कठिनाइ (कोभिड-१९ भुक्तानी/Pandemic Leave Disaster Payment)

यदि तपाईँ आर्थिक कठिनाइ भोगिरहनु भएको छ भने  मा जानुहोस् वा नेशनल डेब्ट हेल्पलाइनलाई (राष्ट्रिय ऋण सहयोग सम्पर्क सेवा) १८०० ००७ ००७ मा सम्पर्क गर्नुहोस्।

बिरामी बिदासम्म पहुँच नभएका कर्मचारी यदि कोभिड-१९ सङ्क्रमित भए वा सङ्क्रमित पुष्टि भएका मानिसहरूसँग सम्पर्क रहेका कारण आइसोलेसनमा बस्नु परे संघीय सरकारले १,५०० डलर एकमुष्ट प्रदान गर्ने व्यवस्था गरेको छ। 

थप जानकारी लागि जानुहोस्। 

यसमा जबकीपर र जबसीकर योजनाका लागि योग्य नठहरिएका र अस्थायी भिसा धारकहरूको पनि पहुँच रहनेछ।

प्रत्येक राज्य र टेरिटरीमा यो रकम कसरी दिइन्छ भन्ने बारे जान्न यहाँ हेर्नुहोस्:

कोभिड-१९ कसरी फैलन्छ र यसलाई कसरी रोक्न सकिन्छ?

कोभिड-१९ मानिसहरू बिच एक आपसमा हुने सम्पर्कले सर्छ।

  • विशेष गरी, मानिसहरूमा कोरोनाभाइरस सङ्क्रमणको लक्षण देखा पर्नु भन्दा २४ घण्टा अगाडी वा उनीहरू सङ्क्रमित अवस्थामा रहँदा नै उठबस गर्दा, सङ्क्रमित मानिसले खोक्दा वा हाच्छ्युँ गर्दा नजिकै बसे पनि कोरोनाभाइरस सर्ने डर हुन्छ।
  • सङ्क्रमित मानिसले खोक्दा वा हाच्छ्युँ गर्दा मुखको र्‍याल, थुक वा सिँगानले उनीहरू वरपर रहेको सरसामान तथा सतहहरू (जस्तै टेबल वा ढोकाको ह्यान्डल) दूषित हुनसक्छ।
  • त्यसलाई तपाईंले समातेर हात नधोई आफ्नो मुख वा अनुहारमा छुनुभयो भने पनि तपाईँलाई सङ्क्रमण हुन सक्छ।
कोरोनाभाइरसको सङ्क्रमणलाई रोक्नका लागि, सर्वप्रथम त आफ्नो हातलाई सदैव सफा राख्नुहोस् अनि खोक्दा वा हाच्छ्युँ गर्दा पाखुरा वा रुमालले आफ्नो मुख छोप्नुहोस्। यसको साथै तपाईँ आफूलाई सन्चो छैन भने अरूहरू भएको ठाउँमा नजानुहोस् वा उनीहरूभन्दा टाढै रहनुहोस्; यो नै भाइरस विरुद्ध सबैभन्दा सर्वोत्तम रक्षा उपाय हो।

माथि उल्लेख गरे बाहेक निम्न कुराहरूको पनि पालना गर्नुहोस्:

  • मानिसहरूबाट कमसेकम १.५ मिटर टाढा रहनुहोस्, र प्रत्येक ४ वर्ग मिटरमा १ व्यक्ति उपस्थित हुनु पर्ने नियमको पालना गर्नुहोस्।
  • बारम्बार साबुन पानीले आफ्नो हात धोई राख्नुहोस्, खाना खानु अघि र खाइसकेपछि। त्यसै गरी शौचालयको प्रयोग पछि पनि हात धुन नछोड्नुहोस्।
  • खोक्दा वा हाच्छ्युँ गर्दा कागजको रुमाल (टिस्यु) प्रयोग गर्नुभएको छ भने त्यसलाई राम्ररी फ्याँक्ने प्रबन्ध मिलाउनुहोस्।
  • हात धुन नमिले, अल्कोहल भएको ह्याण्ड स्यानीटाइजरको प्रयोग गर्नुहोस्।
  • यदी तपाईँलाई सन्चो छैन भने, अरूको नजिक नपर्नुहोस् (१.५ मिटर टाढा रहनुहोस्)।
अस्ट्रेलिया सरकारले आफ्ना सबै बासिन्दाहरूलाई कोभिड-सेफ एप (COVIDSafe App) डाउनलोड गर्न सुझाव दिएको छ। थप पढ्न जानुहोस्। 

तपाईँमा कोरोना भाइरसका लक्षणहरू देखिन थाले भने, आफ्नो परीक्षण गर्नुहोस्

कोरोना भाइरसका लक्षणहरूमा हल्का बिसन्चो महसुस हुनेदेखि निमोनियासम्म लाग्न सक्छ, र यी अन्य रुगा, खोकी वा फ्लु लगायत निम्न पनि रहन सक्छन्:

  • ज्वरो
  • स्वास प्रस्वासको समस्या
  • खोकी
  • घाँटी दुखेको
  • दम

सिंगान बग्ने, टाउको दुख्ने, मांसपेशी वा हाड दुख्ने, रिङ्गटा लाग्ने, वाक-वाक आउने, झाडा पखाला, बान्ता हुने, सुँघ्ने वा स्वाद महसूस गर्ने क्षमता गुमाउने, खाना खान मननलाग्ने र थाकान महसूस हुने लगायतका अन्य लक्ष्यणहरु पनि रहन सक्नेछन्।

कोरोनाभाइरसको लागी कुनै खास उपचार छैन तर प्राय जसो लक्षणहरू उचित चिकित्सा स्याहारबाट निर्मूल पार्न सकिन्छ। यो भाइरस भएकाले एन्टीबायोटिक औषधीहरूले काम गर्दैनन्। 

अधिकारीहरूले कोभिड-१९को लक्षणहरू जाँच गर्ने एक वेब पेज विकसित गरेका छन् जुन तपाईंले घरै बसी-बसी प्रयोग गर्न सक्नुहुनेछ: 

तपाईँमा कोभिड-१९ का लक्षणहरू देखिन थाले भने, तुरुन्तै परीक्षण गर्नुहोस्। आफूलाई कोभिड-१९ को लक्षण देखिएको बारे पूर्व सूचना नदिई स्वास्थ्य क्लिनिक वा अस्पताल नजानुहोस्।

स्वास्थ्य अधिकारीहरूले तपाईँ आफ्नो घरबाट बाहिर निस्कन मिल्छ भनी सूचना नदिए सम्म आफ्नै निवास, होटेल वा स्वास्थ्य सेवा प्रदायक संस्थामा नै आइसोलेसनमा बस्नुपर्छ।

तपाईँ ती स्थानमा पुग्नु अगावै उनीहरूलाई तपाईँको यात्रा विवरण वा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको मानिस भेटेको बारेमा भन्नुहोस्।

आफ्ना लक्षणहरूको बारेमा कसैसँग कुरा गर्न चाहनु हुन्छ भने राष्ट्रिय कोरोना भाइरस हेल्पलाइनलाई सम्पर्क गर्नुहोस् - १८०० ०२० ०८०। यो नम्बर सातै दिन २४ घण्टामा सञ्चालनमा हुन्छ।

तपाईँलाई सास फेर्न गाह्रो अनुभव भए वा आपतकालिन चिकित्सकीय सेवाको आवश्यकता परे ००० (ट्रिपल जिरो) मा फोन गर्नुहोस्। 

कहाँ परिक्षण गर्न सकिन्छ?

तपाईँको राज्य तथा टेरिटोरीमा कोरोना भाइरसको परिक्षण कहाँ गरिन्छ? यहाँ हेर्नुहोस्:

कोभिड-१९ सङ्क्रमित हुनुभएको पुष्टि भइसकेको छ भने तपाईँले घरमा बस्नुका अलावा निम्न कुराहरूमा ध्यान दिनुपर्छ:

  • काम, स्कुल, किनमेल गर्ने ठाउँ, चाइल्ड केयर वा विश्वविद्यालय जस्ता सार्वजनिक स्थानहरूमा जानु हुँदैन।

  • खाना तथा अन्य अत्यावश्यक सामानहरू ल्याएर आफ्नो घरको मूल ढोका बाहिरै राख्न साथीभाइलाई अनुरोध गर्नुहोस्।

  • घरमा नियमित बस्ने मानिसहरू बाहेक पाहुना तथा अन्यलाई मानिसहरूलाई घरभित्र आउन नदिनुहोस्। 

कोरोनाभाइरसका कारण सबैभन्दा गम्भीर खतरा कसलाई छ?

सङ्क्रमित हुने केही मानिसहरू त बिरामी नै पर्दैनन्, अरू केहीले भने अत्यन्त मन्द लक्षणहरू देखाउँछन् जसबाट उनीहरू छिट्टै निको पनि हुन्छन् र बाँकी मानिसहरू भने एकदमै चाँडो निकै बिरामी हुन्छन्।

कोरोनाभाइरसको अन्य प्रकारबाट सङ्क्रमित भएका मानिसहरूको अनुभवबाट हामीले निम्न व्यक्तिहरूलाई गम्भीर सङ्क्रमण हुनसक्छ भनेर भन्न सक्छौं:

  • विभिन्न रोग व्याधका कारण स्वास्थ्य प्रतिरक्षा प्रणालीमा कमजोर भएका मानिसहरू (जस्तै: क्यान्सर लागेको व्यक्ति)

  • वृद्धावस्थाका ज्येष्ठ नागरिकहरू

  • एबोरिजिनल तथा टरेस् स्ट्रेट आइल्याण्डर समूहका मानिसहरू (उनीहरूमा विविध पुराना रोग व्याध लाग्ने दर ज्यादा भएकाले)

  • पुरानो रोग व्याधको इतिहास बोकेका अन्य मानिसहरू

  • आवासीय भवन तथा व्यवस्थामा बस्ने मानिसहरू

  • बन्दी गृहमा राखिएका मानिसहरू

के मैले मास्क लगाउनु पर्छ?

अस्ट्रेलियामा कोभिड-१९ को सामुदायिक सङ्क्रमण बढेसँगै केही राज्य तथा प्रदेशहरूले मास्कको प्रयोगलाई आवश्यक भनेका छन् भने अन्यले यसको प्रयोग गर्न सिफारिस गरेका छन्।

अवस्थामा परिवर्तन आए सँगै तपाईँको राज्य र टेरिटोरीको मास्क सम्बन्धी नियममा परिवर्तन आउन सक्छ। तपाईको स्थानीय क्षेत्रका सल्लाहका बारेमा जानकार रहन महत्त्वपूर्ण छ।

तपाईँको स्थानिय सरकारले मास्क सम्बन्धी लागु गरेका पछिल्ला नियमहरूको बारेमा यहाँ हेर्नुहोस्:

मास्क लगाउँदा सही तरिका अपनाउन जरुरी छ:

  • मास्क लगाउनु अघि र निकाल्दा आफ्नो हात धुनुहोस् र स्यानिटाइजरको प्रयोग गर्नुहोस्। 
  • मास्कले तपाईँको मुख र नाक राम्ररी छोपेको हुनुपर्छ। यो तपाईँको नाक माथि, च्युडो मुनि र मुखको दायाँ र बायाँ पट्टि राम्ररी बसेको हुनुपर्छ। 
  • मास्क लगाउँदा या निकाल्दा त्यसको अगाडी पट्टि नछुनुहोस्। 
  • मास्कलाई तपाईँको घाँटी तिर या नाक मुनि झुन्डिन नदिनुहोस्। 
  • एक पटक मात्र प्रयोग गर्न मिल्ने मास्कहरूलाई फेरी प्रयोग नगर्नुहोस्। धोएर फेरी प्रयोग गर्न मिल्ने मास्कलाई राम्ररी धोएर सुख्खा र सफा ठाउँमा मात्र राख्नुहोस्। 

अस्ट्रेलियाबाट विदेश भ्रमणमा जाँदा वा विदेशबाट अस्ट्रेलिया फर्कँदा

अस्ट्रेलियाका बासिन्दाहरूले अत्यावश्यक बाहेकका भ्रमणमा निस्कन हुँदैन।

राज्य तथा प्रादेशिक सरकारहरूले आ-आफ्नो सिमाना बन्द गर्ने लगायतका प्रतिबन्धहरू लागू गर्न सक्छन्।

अनिवार्य तथ्याङ्क सङ्कलन

अक्टोबर १ २०२० देखि सबै आन्तरिक उडानहरूमा अनिवार्य रूपमा यात्रुहरूको विवरण सङ्कलन गरिने छ - नाम, इमेल ठेगाना, सम्पर्क नम्बर र बसाइ गर्ने राज्य। राज्य र टेरिटोरीहरूलाई सम्पर्क ट्रेसिंग गर्न सजिलो हुनका लागि यो कदम चालिने छ।

सार्वजनिक यातायात राष्ट्रिय सिद्धान्तहरू

सार्वजनिक यातायात सेवाहरू राज्य र प्रादेशिक सरकारको उत्तरदायित्व हो।

राष्ट्रिय मन्त्रिपरिषद्ले सार्वजनिक यातायात सञ्जाल प्रयोग गर्ने कामदार र यात्रुहरूको स्वास्थ्य एवं सुरक्षालाई प्रदान गर्न ल्याइएका विभिन्न सिद्धान्तहरूको समर्थन गर्दछ, जसमा:

  • अस्वस्थ महसुस भएको बखत यात्रा नगर्ने,

  • चालक तथा अन्य यात्रुहरूबाट भौतिक दुरी कायम राख्ने र

  • नगद प्रयोग गर्नबाट जोगिने जस्ता उपायहरू छन्। 

यात्रा प्रतिबन्धहरू

अन्तराष्ट्रिय उडानहरू सम्बन्धी नियमहरूलाई अस्ट्रेलियाली सरकारले समय-समयमा आवश्यकता अनुसार परिवर्तन गर्दछ। 

यसले तपाईँको अस्ट्रेलियाको उडानलाई असर गर्न सक्छ, नियमहरू तुरुन्तै परिवर्तन भइ रहन्छन्। 

पछिल्ला जानकारीका लागि  मा हेर्नुहोस्। 

क्वारेन्टिन र कोरोना भाइरस परिक्षणका आवश्यकताहरू प्रत्येक राज्य र टेरिटोरी सरकारले व्यवस्थापन गर्दछ:

अस्ट्रेलियामा फर्किने सबै यात्रुहरूको क्वारेन्टिनमा प्रवेश गर्दा र क्वारेनटिनबाट निस्कँदा कोरोनाभाइरसको परीक्षण गरिनेछ। 

केही विशेष अवस्थामा बाहेक सम्पूर्ण अस्ट्रेलियालीहरूलाई विदेश भ्रमण गर्नबाट रोक लगाइएको छ। तपाईँ माथि निम्न लिखित अवस्थाहरू लागू हुन्छन् र तपाईँलाई विदेश जानु अति अनि नै आवश्यक छ भने तपाईंले उक्त छुटका लागि निवेदन हाल्न सक्नुहुनेछ:

  • यदि तपाईँ कोभिड-१९ प्रकोप सम्बन्धी सहायता वितरण गर्ने टोलीको सदस्य हुनुहुन्छ भने

  • अत्यावश्यक उद्योग सञ्चालन तथा त्यससँग सम्बन्धित कार्यका लागि (आयात निर्यात उद्योग सहित)

  • अस्ट्रेलियामा उपलब्ध नरहेको अत्यन्त जरुरी चिकित्सकीय उपचारका लागि

  • अत्यन्त जरुरी र अपरिहार्य निजी कामकाजका लागि

  • मानवीय आधारमा र

  • तपाईँको यात्रा राष्ट्रिय हितमा छ भने।

अस्ट्रेलिया बाहिर जान पाइने कारणहरूको बारेमा थप जानकारीका लागि जानुहोस्। 

केवल अस्ट्रेलियाली नागरिक, स्थायी बसोबास गर्ने अनुमति पाएका व्यक्तिहरू र उनीहरूका प्रत्यक्ष सम्बन्धीहरूमात्र अस्ट्रेलिया आउन पाउने विशेष प्रावधान हाल यहाँ कायम छ। यसबारे अधिक जानकारीका लागि गृह मामिला मन्त्रालयको हेर्नुहोस्।

अनि, अस्ट्रेलिया आउने सबैले १४ दिनसम्म सेल्फ आइसोलेसनमा बस्नुपर्छ, घरमा वा होटेलमा।

१४ दिने क्वारेन्टाइन नियम पालना नगरेको पाइएमा त्यस्ता व्यक्तिहरूको अन्तिम मुकाम रहेको राज्य वा प्रदेशमा यस सम्बन्धी नियम अनुसार दण्डको भागीदार हुनुपर्नेछ।


सरकारी जानकारी

  • अस्ट्रेलिया सरकारले कोभिड-१९ को नियन्त्रणका लागि चालेका पछिला कदमको बारेमा जान्न यहाँ जानुहोस्: 
  • अंग्रेजी भाषामा थप जानकारीका लागि यहाँ जानुहोस्: 
  • अस्ट्रेलियाको गृह मामिला विभागको वेबसाइटमा अस्ट्रेलियाका बहुभाषी समुदायहरूका लागि  जानकारी छ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी  उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले घरमा नै बसेर परिक्षणका लागि पहल गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्:  ।


Share
Published 7 August 2020 8:09am
Updated 12 August 2022 3:03pm
By SBS Audio, Language Content
Source: SBS


Share this with family and friends