Explainer

कोभिड-१९ को नियन्त्रणका लागि अस्ट्रेलियाका राज्य र टेरिटोरीहरूले चालेका पछिल्ला कदमहरू

कोरोनाभाइरस अन्तर्गतका प्रतिबन्धहरूलाई ३ चरणमा खुकुलो बनाउने आफ्नो योजना अस्ट्रेलियाली सरकारले सार्वजनिक गरेको छ। उक्त कदम अन्तर्गत अस्ट्रेलियाका राज्य र प्रादेशिक सरकारहरूले अहिलेसम्म निम्न नीतिहरू लागू गरेका छन्।

keep your distance

Source: Getty Images/Cheryl Bronson

भिक्टोरिया

पछिल्ला परिवर्तनहरू:

 

जमघट वा भेटघाट

  • घर बाट बाहिर निस्कन - कुनै प्रतिबन्ध छैन
  • सार्वजनिक जमघट - ५० भन्दा कम मानिस घर बाहिर
  • घरमा आगन्तुकहरू - प्रति दिन १५ जना आगन्तुकहरू, विभिन्न घरपरिवारबाट हुन सक्दछन् (एक वर्ष भन्दा कम उमेरका बच्चाहरू गणना हुँदैनन् )
  • क्रिसमस समारोहहरू: यो नियम डिसेम्बर १५ देखि लागू हुनेछ, हरेक दिन ३० जना पाहुनाहरूलाई घरमा अनुमति दिइनेछ (एक वर्ष मुनिका बच्चाहरूलाई गन्ती गरिदैन)।
  • विवाह: विवाह समारोह भित्र वा बाहिर जहाँ पनि गर्न सकिनेछ । एक सय ५० जना सम्म बेहुला बेहुली समेत । 
  • अन्त्येष्टि: १ सय ५० जना सम्म र अन्त्येष्टि गर्न लागि चाहीने अन्य मानिसहरू । १२ वर्ष कम उमेरका बालबालिका यसमा गनिने छैनन् । 
  • धार्मिक जमघट: धार्मीकस्थल वरपर पुरोहित बाहेक तिन सय जना सम्म,भित्र हुने कार्यक्रममा एक सय ५० जना सम्म  ।
  • क्याफे, रेस्टुरेन्ट र बारहरू: तिन सय पाहुना सम्म अधिकतम बाहिर भएमा र १५० जना अधिकतम र ४ वर्गमिटरको दुरी अनिवार्य हुनु पर्नेछ। साना स्थानहरुले प्रति ब्यक्ति २ वर्गमिटरको दुरी कायम गरि अधिकतम ५० जना पाहुना सम्मलाई सेवा दिन सक्दछन।
  • आउटडोर खेल, पोखरी, जिम: प्रत्येक २० जनाको समुहमा अधिकतम १५० जनासम्म घर भित्र र बाहिर भए २० व्यक्तिको समूह बनाई ५०० व्यक्ति अधिकतम चार वर्गमिटर प्रति एक व्यक्तिको दुरीका साथ ।
  • सिनेमा र साना ग्यालरीहरू: १५० सम्म घर भित्र वा २५ प्रतिशत क्षमतासम्म ठूला ठाउँहरूमा ।
  • अस्पताल र हेरविचार सुविधाहरू: भ्रमण गर्नेहरूको संख्या वा भ्रमणका लागि समयको लम्बाइमा कुनै प्रतिबन्ध छैन। अस्पताल र केयर सुविधाहरूले आगन्तुकहरूको लागि नियमहरू आफै निर्माण गर्नेछन् ।
 

दण्ड जरिवाना 

कानुन विपरित  भेला भएमा  जरीवाना तोकिएको छ । कोरोनाभाइरस सङ्क्रमित वा सङ्क्रमित सँग सँगै रहेका वा नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूले क्वारीनटीनमा बस्नु आवश्यक हुन्छ । अधिक जानकारीका लागि हेर्नुहोस् ।  

 

 

रोजगार

घरबाट काम गर्न मिल्ने छ भने त्यसलाई निरन्तरता दिनुहोला। यसो गरेमा बाहिर उपस्थित हुने मानिसहरूको सङ्ख्या कम रहन्छ र कोरोना भाइरस फैलिने दर पनि घट्ने छ।
 
२५  प्रतिशत कर्मचारी काम मा फिर्ता हुन सक्छन, ४  वर्ग मिटर प्रति व्यक्ति बीचको दुरी अनिबार्य छ।यद्यपि, घरबाट गर्न काम गर्ने नमिल्ने छ भने, कार्यस्थलमा जान पाइन्छ। कार्यस्थलमा रहँदा सुरक्षित रहनका लागि:
  • नियमित रूपमा हात धुनुहोस्। 
  • खोक्दा र छींक गर्दा टिस्यु पेपर या आफ्नो कुहिनोले मुख छोप्नु होला। 
  • अरूबाट कमसेकम १.५ मिटरको दुरी कायम गर्नु होला। 

घरबाट सञ्चालन गरिने व्यवसाय (जस्तै हेयरड्रेसर) तथा अन्य सबै व्यवसायहरूले कोभिड-१९ सुरक्षित योजनाको अनिवार्य रूपमा पालना गर्नु पर्दछ। 
यस सम्बन्धी थप जानकारीका लागि जानुहोस्।

स्कूल:

  • भिक्टोरियाभर सबै विद्यार्थीहरूले स्थलगत (अन साइट) शिक्षाको थालनी गरिसकेका छन्। 
  • विश्वविद्यालय, टेफ र वयस्क शिक्षाका लागि  स्थलगत (अन साइट) शिक्षा सञ्चालन गर्न पाइने छ। 

थप जानकारीका लागि जानुहोस्।

 

यात्रा र यातायात
तपाईले मास्क अनिवार्य रुपमा बोक्नु पदर्छ र सार्वजनिक यातायातमा यात्रा गर्दा यसको प्रयोग गर्नु पर्दछ । स्वास्थ्यमा समस्या देखिएमा यात्रा नर्गनुहोस र सरसफाईमा उचित ध्यान दिनुहोस् ।थप जानकारीका लागि  जानुहोस्।

  • यात्राका लागि घर छोड्ने कारण र यात्रा गर्न पाउने दुरीमा कुनै पनि प्रतिबन्ध छैन। 
  • भिक्टोरिया भर जहाँ पनि छुट्टी मनाउन जान पाइन्छ। 
  • कतै बाहिरी आवासमा (जस्तै होटेल, लज) बस्दा आफ्नो घरमा संगै बस्ने सदस्यहरूसँग, आफ्नो नजिकको पार्टनरसँग, आफ्ना दुई जना साथीहरूसँग र आफूसँग नबस्ने आफ्नो परिवारका सदस्यहरू सँग (र उनीहरूका आश्रित व्यक्तिहरूसँग) बस्ने आवास बुक गर्न (भाडामा लिन) सकिन्छ। 
  • महानगरीय मेलबर्न र रिजनल मेलबर्नबिच यात्रा गर्ने कारणमा कुनै पनि प्रतिबन्ध छैन। 
  • अहिलेका लागि अन्तराष्ट्रिय यात्रु विमानहरू भिक्टोरियामा आउन पाउने छन्। 

 

न्यु साउथ वेल्स


एकसाथ भेला हुन पाउने सङ्ख्या

  • घरमा बाहिर बस्न मिल्ने स्थान भएमा एकै पटकमा ५० जना सम्म भेला हुन सक्दछन्,बाहिर स्थान नभएकाको हकमा भने ३० जना भन्दा बढी भेला नहुन अनुरोध गरिन्छ । 
  • डिसेम्बर ७ तारिख देखि एक सय जना सम्म बाहिर भेला हुन सक्छन् ।
  • विवाह,अन्त्यष्टी वा धार्मिक समारोहमा दुई वर्ग मिटरको दुरी कायम भए भेला हुने सङ्ख्यामा कुनै बन्देज रहने छैन ।
 

रोजगार 
 
 
  • सोमबार १४ डिसेम्बर २०२० देखि घरमै बसेर काम गर्नु भन्ने स्वास्थ्य सल्लाह लागु हुनेछैन । यद्यपि परिस्थिति हेरीकन घरबाटै काम गर्न सकिने छ ।
  •  काममा फर्कने कामदारहरूका हकमा भने कार्यस्थलहरूमा कोभिड–१९ का स्वास्थ्य मापदण्ड बनाउनु जरुरी छ । 
  • सार्वजनिक यातायातमा हुने भिड कम गर्न कामको सुरु समय र अन्त्य समयमा हेरफेर गर्न अनुरोध गरिएको छ । सार्वजनिक यातायातमा आवत जावत गर्ने कर्मचारीलाई मास्कको प्रयोग गर्न अनुरोध गरिएको छ ।
  • कामदारहरू बिरामी परे घरमै बस्न र कुनै लक्षण देखिए तुरुन्त जाँच गर्न अनुरोध गरिएको छ । 
 
 

व्यवसाय र मनोरञ्जन

डिसेम्बर ७ देखि यी नियमहरू लागु हुनेछन् । 
 
  • केही व्यापार एवम् व्यवसायका निम्ति जनस्वास्थ्य निर्देशन अन्तर्गत कोभिड सेफमा अनिवार्य दर्ता हुनु पर्ने नियम छ । थप जानकारीका लागि यहाँ जानुहोस् ।
  •  जिम र रात्रिक्लबहरु: चार वगमिटर बराबर एक व्यक्ति, जिममा अधिकतम ५० व्यक्ति एक पटकमा वा रात्रिक्लवहरुमा डान्स फ्लोरमा ५० व्यक्ति एक पटकमा ।
  • रङ्गशाला वा हलहरुमा: बाहिर भएमा सिट सङ्ख्याको १०० प्रतिशत, भित्र भए सिट सङ्ख्याको ७५ प्रतिशत ।
  • आतिथ्य सम्बन्धी साना व्यवसायमा( दुई सय बर्गमिटर ) :एक व्यक्ति बराबर दुई वर्ग मिटरको दुरी ।
  • सामुदायिक खेलकुदका कार्यक्रम गर्न दिइनेछ । तालिम र अन्य कार्यक्रमहरू समेत ।
 

थप जानकारीका लागि जानुहोस्।

 

जरिवाना
 
प्रतिबन्धहरू रहेको अवस्थामा दण्ड जरिवाना हुनेछ । कानुन विपरीत भेला भएमा जरिवाना तोकिनेछ । 
 
जनस्वास्थ्य ऐन २०१० बमोजिम बिपरित कार्यहरू गरेमा ठुलो मात्रामा जरिवाना वा दण्ड सजाय हुन सक्छ । थप जानकारीका लागि जानुहोस् ।
          

यात्रा

 

विदेशबाट न्यु साउथ वेल्स हवाई मार्गबाट जाने मानिसहरूलाई दुई हप्ता होटेल क्वारेन्टिनमा बस्न आदेश दिइने छ र त्यसको शुल्क भने आइसोलेसनमा बस्नुपर्ने व्यक्ति स्वयम्ले तिर्नु पर्नेछ। (३,००० अस्ट्रेलियाली डलर ) 

थप जानकारीका लागि थिच्नुहोस्।

 

स्कूलहरु

  • कोविद १९ का लक्षण भएका कुनै पनि विद्यार्थीले परीक्षण नकारात्मक नआएसम्म सम्म बिद्यालय फिर्ता जाने अनुमति पाउने छैनन् ।
  • बिद्यालयले आयोजना गर्ने औपचारिक नृत्य र अन्य सामाजिक कार्यक्रम बन्द रहनेछन्।
परिवारहरुका लागि थप जानकारीका जानुहोस् 

राज्यमा के गर्न मिल्छ, के गर्न मिल्दैन भन्ने बारेमा आधिकारिक जानकारीका लागि जानुहोस्।

क्विन्सल्याण्ड

एकसाथ भेला हुन पाउने सङ्ख्या

  • क्विन्सल्याण्ड भरी घरभित्र ५० जना र सार्वजनिक स्थानहरूमा एक सय जना सम्म सहभागी हुन सक्छन्  । 
  • विवाह समारोह: विवाहमा २ सयको सङ्ख्यामा मानिसहरू भेला हुन पाउँछन् र नाच्नमा प्रतिबन्ध लगाइने छैन । 
  • अन्त्येष्टि दुई सय जना सम्मले अन्त्येष्टिमा भाग लिन सक्नेछन् ।
  • स्याहार केन्द्र : स्याहार केन्द्र,मानसिक स्वास्थ्य उपचार वा लागुपर्दाथ वा मादक पर्दाथको उपचार लिइरहेका आफन्तहरूलाई भेट्न जान सकिनेछ ।
  • अस्पताल : अस्पतालको नियम अनुसार बिरामी भेट्न पाइनेछ ।
 
जानकारीका लागि जानुहोस्।
 
काम

व्यवसायहरुले पालना गर्ने पर्ने :

  • घरबाट काम गर्न प्रोत्साहीत गर्नु पर्ने
  • कोही अस्वस्थ्य भए घर फिर्ता पठाउनु पर्ने
  • एक व्यक्ति बराबर दुई स्क्वाएर मिटरको दुरी कायम गर्नु पर्ने
  • दुरी कायम गर्न देखिने गरि मार्कीङ गर्नु पर्ने
  • कोभिड सेफ तरिकाबाट व्यवसाय संचालन गर्नु पर्ने
  • सरसफाईमा ध्यान दिनु पर्ने
  • स्यानिटाईजरको व्यवस्था गर्नु पर्ने ।

कामदारहरुले पालना गर्नु पर्ने नियम

  • अस्वस्थ्य भए घरमै बस्नुपर्नेछ
  • लक्षण देखिए परिक्षण गराउनु जरुरी छ
  • १ दशमलब ५ वर्गमिटरको दुरी पालना गर्नु पर्ने
  • बरम्बार हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने
  • हछ्यु गर्दा मुख राम्रो संग छोप्ने ।
बिद्यालय

  • बिद्यार्थी बिरामी भएको खण्डमा अभिभावक बोलाई घर पठाउनु पर्नेछ ।
  • अभिभावकले आफ्ना सन्तानलाई बिद्यालयबाट अबिलम्ब घर लैजानु पर्नेछ ।
  • बालबालिकामा लक्षण नदेखिए सम्म वा संक्रमण अबधि नसकीए सम्म बिद्यालय फिर्ता हुन पाउने छैनन् ।
अधिक जानकारीका लागि जानुहोस्।।

 

भ्रमण एवम् यातायात

  • एक डिसेम्बर २०२० देखि लागु हुने गरि यदि तपाई कोरोनाको हटस्पट वा बिदेशको यात्राबाट फर्किएको भए मात्र क्विन्सल्याण्ड सरकारको सिमा घोषणा पास भर्नु पर्ने हुन्छ ।
  • यदी तपाई न्यू साउथ वेल्स वा भिक्टोरीयाबाट फर्किएर सरकारको क्वारीनटीन स्थलमा रहनुभएको छ र यदी तपाईको संक्रमण पुष्टी भएन भने तपाईले आफ्नो फोन नम्बर र ठेगाना छाडेर क्वरीनटीन स्थलबाट निस्कन सक्नुहुन्छ ।
  • यदी तपाई हटस्पटबाट क्विन्सल्याण्ड जादै हुनुहुन्छ भने बिमान मार्फत जानु पर्ने हुन्छ । यदी तपाई ट्रक डाईभर वा खाद्य सामाग्रीको ओसार पसार वा अन्य अति आबश्यक काममा लागि जानुहुदैछ भने मात्र तपाईलाई क्विन्सल्याण्ड छिर्न दिईनेछ ।
अधिक जानकारीका लागि जानुहोस्।।

 

व्यापार एवम् मनोरजन स्थलहरु


घर भित्र हुने कार्यक्रमहरु:

  • एक व्यक्ति बराबर दुई वर्गमिटरका हकमा रेष्टुरेष्ट,क्याफे,पव क्लब म्यूजियम,धार्मिक स्थाल संसद लगायतमा भवन भित्र हुने गतिबिधी सिट संख्याको १०० प्रतिशत,पाहुनाहरुले भित्र छिर्दा र बाहीर निस्कदा अनिर्वाय मास्क लगाउनु जरुरी छ ।
बाहीर हुने कार्यक्रम:

  • १५ सय सम्म मानिसहरु सहभागी हुन सक्नेछन् तर कोभिड–१९ को चेकलिष्ट अनिवाय रहनु पर्नेछ ।
खुला ठाउमा हुने कार्यक्रम:

  • कोभिड सेफ कार्यक्रमका साथ उपलब्ध स्थानको १०० प्रतिशत
  • खुला ठाउमा नृत्यका लागि कुनै बन्देज छैन् ।
अधिक जानकारीका लागि  जानुहोस्।


जरिवाना
 
प्रतिबन्धहरू रहेको अवस्थामा दण्ड जरिवाना हुनेछ । कानुन विपरीत भेला भएमा जरिवाना तोकिनेछ । 
 
जनस्वास्थ्य ऐन २०१० बमोजिम बिपरित कार्यहरू गरेमा ठुलो मात्रामा जरिवाना वा दण्ड सजाय हुन सक्छ । थप जानकारीका लागि जानुहोस् ।
 

साउथ अस्ट्रेलिया

 

भेला एवम् जमघट

 

  • घर भित्र भएको अवस्थामा एक व्यक्ति बराबर चार बर्गमिटर
  • बाहिर भएको अवस्थामा एक व्यक्ति बराबर दुई वर्ग मिटर
  • विवाह र अन्त्येष्टि लगायतका निजी कार्यक्रमहरू
  • १ सय ५० जना सम्म, एक व्यक्ति बराबर दुई वर्ग मिटर
घरमा: १० जना सम्म

निजी स्थानहरुमा: १ सय ५० जना सम्म

होलिडे बासस्थानहरुमा: तोकिएको अधिकतम मानिसहरूको सङ्ख्या वा दश जना सम्म अधिकतम ।

वृद्ध स्याहार केन्द्रहरूको भ्रमण निषेध गरिएको छ,थप जानकारीका लागि जानुहोस् ।

थप जानकारीका उपलब्ध छ ।

रोजगारी

  • प्रतिबन्धहरू खुकुला पारिएता पनि मिले सम्म घरबाटै काम गर्नका लागि अनुरोध गरिएको छ ।
  • रोजगारीका लागि लचकता अपनाउँदा साउथ अस्ट्रेलियाको कोभिड–१९ सँग जुझे क्षमतालाई बढवा दिन्छ र व्यवसाय एवम् व्यापारलाई सहज ढङ्गले अघि बढ्न मद्दत गर्छ ।
विद्यालय
साउथ अस्ट्रेलियाका विद्यालयहरू खुला छन् । प्रकोपको अवस्थामा थप जानकारीका लागि जानुहोस् ।

 

यातायात

  • सार्वजनिक यातायातमा बाहिर निस्कनु परेमा छरितो बाटो अपनाउनुहोस् ।
  • साउथ अस्ट्रेलिया भर भ्रमण गर्न छुट छ ।
  • सम्पूर्ण अन्तर्राष्ट्रिय आगमनकर्ताहरूले सरकारले निर्धारण गरेको क्वरीनटीन व्यवस्थामा रहनु पर्ने हुन्छ ।
थप जानकारीका लागि जानुहोस् ।

व्यापार एवम् मनोरञ्जन

  • मानिसहरूका बिच कम्तीमा पनि २ वर्ग मिटरको दुरी कायम हुनुपर्दछ ।
  • पब,क्लब,रेष्टुरेष्ट जस्ता स्थानमा भित्र रहँदा बसेरै खानपिन गर्नु पर्दछ । बाहिर भएको अवस्थामा उभिएर पिउन सकिन्छ ।
  • व्यक्तिगत स्याहार गर्दा उचित मात्रामा सुरक्षा समाग्रीहरुको प्रयोग गर्नु पर्दछ ।
  • सिनेमा वा थिएटरमा कुल सिट सङ्ख्यको ५० प्रतिशतमा मात्र मानिसहरू सहभागी हुन सक्दछन् ।
थप जानकारीका लागि जानुहोस् ।

जरिवाना
 
प्रतिबन्धहरू रहेको अवस्थामा दण्ड जरिवाना हुनेछ । कानुन विपरीत भेला भएमा जरिवाना तोकिनेछ । 
 
जनस्वास्थ्य ऐन २०१० बमोजिम बिपरित कार्यहरू गरेमा ठुलो मात्रामा जरिवाना वा दण्ड सजाय हुन सक्छ । थप जानकारीका लागि  जानुहोस् ।

वेस्टर्न अस्ट्रेलिया

वेस्टर्न अस्ट्रेलियाको मार्ग चित्र चौथो चरणमा प्रवेश गरेको छ।  पाचौ चरणमा प्रवेश गर्ने मिति निर्धारण हुन अझै बाँकी छ।

 

एकसाथ भेला हुन पाउने सङ्ख्या 

  • घरमा पाहुना बोलाउन कुनै निश्चित सङ्ख्या तोकिएको छैन । दुई वर्ग मिटरको मिटरको दुरी कायम भए बाहिर हुने जमघटमा प्रतिबन्ध छैन ।
  • बसेर वा टिकट काटेर गरिने कार्यक्रमहरूमा दुई वर्ग मिटरको दुरी कायम रहने छैन ।
  • एबोरजिनल गा्रमिण भागहरूमा भ्रमण गर्न निषेध गरिएको छ ।
  • वृद्ध स्याहार केन्द्रहरूमा भ्रमण गर्न निषेध गरिएको छ ।
रोजगार

वेस्र्टन अस्ट्रेलियाका मानिसहरूलाई सम्भव भए सम्म काममा फिर्ता हुनका लागि सरकारले आग्रह गरेको छ । यद्यपि स्वास्थ्य समस्या भएको खण्डमा भने घरबाट काम गर्न सकिनेछ । काममा फर्कने बारेमा अधिक जानकारीका लागि आफ्नो रोजगारदाता सँग सम्पर्क गर्नुहोस् ।
थप जानकारीका लागि जानुहोस्

 

काममा हुँदा

  • सरसफाइ र सामाजिक दुरी कायम राख्न ध्यान पुर्‍याउनुहोस्
  • हात  नमिलाउनुहोस् ।
  • छोइरहने स्थानहरूलाई स्यानीटाईज गर्नुहोस् ।
  • धेरै मानिसहरू भएको स्थानमा बसेर खाना नखानुहोस् ।
  • अन्य कर्मचारी सँग खाना नबाड्नुहोस ।
विद्यालय

  • सबै बिद्याथीहरुा लागि विद्यालय जान अनिवार्य गरिएको छ ।
  • अभिभावकहरू आफ्ना सन्तानलाई छाड्न र लिन जान कुनै बन्देज छैन ।
 

यात्रा प्रतिबन्ध:

  • वेस्टर्न अस्ट्रेलियामा स्वास्थ्य अधिकारीहरूको सल्लाह बमोजिम सुरक्षित र नियन्त्रित सीमा प्रतिबन्धहरू लागु गरिनेछन्।
  • नयाँ सीमा प्रतिबन्धहरू प्रत्येक राज्य तथा टेरिटोरीको सङ्क्रमणको १४ दिने औसत दरमा आधारित हुनेछन्। यसका लागि प्रत्येक दिनको नयाँ सामुदायिक सङ्क्रमणको सङ्ख्या ५ भन्दा मुनि हुनु पर्ने छ।
  • सङ्क्रमणको १४ दिने औसत दरका अनुसार एक दिनमा ५ भन्दा कम सामुदायिक सङ्क्रमणहरू पुष्टि हुने राज्य तथा टेरिटोरीहरूका लागि मात्र ती नयाँ प्रतिबन्धहरू लागु हुने छन्। 
 

व्यापार एवम् मनोरञ्जन

  • पाहुनाहरूको संख्यामा कुनै प्रतिबन्ध छैन यद्यपि एक व्यक्ति बराबर २ वर्ग मिटरको दुरी आवश्यक छ ।
  • ५ सय भन्दा बढी मानिसहरू अटाउने स्थानहरूमा आफ्ना कर्मचारीहरूलाई पनि ग्राहक सँगै गणना गर्नु जरुरी छ ।
थप जानकारी लागि 

जरिवाना
 
प्रतिबन्धहरू रहेको अवस्थामा दण्ड जरिवाना हुनेछ । कानुन विपरीत भेला भएमा जरिवाना तोकिनेछ । 
 
जनस्वास्थ्य ऐन २०१० बमोजिम बिपरित  कार्यहरू गरेमा ठुलो मात्रामा जरिवाना वा दण्ड सजाय हुन सक्छ । थप जानकारीका लागि जानुहोस् ।
 

तास्मानिया

एकसाथ भेला हुन पाउने सङ्ख्या 

 

  • घरमा हुने जमघट: एक पटकमा ४० जना सम्म
  • विवाह धार्मिक स्थल र व्यवसायीक क्षेत्रमा अवस्था र स्थान हेरीकन अधिकतम २ सय ५० जना भवन भित्र र एक हजार जना सम्म बाहिरी स्थानमा ।
  • अस्पताल : एक पटकमा एक जना मात्र ।
काम

मानिसहरू सँगको दुरी कायम गर्न सम्भव भए सम्म घरबाटै काम गर्न प्रोत्साहन गरिन्छ ।

विद्यालय

  • सबै बिद्यार्थीहरु विद्यालयमा नियमित गइरहेका छन् ।
  • स्वास्थ्य समस्या भएका वा कोभिड–१९ को सङ्क्रमणबाट स्वास्थ्यमा समस्या पर्न सक्नेहरूका हकमा घरबाटै पढाई गर्न सकिने छ । विद्यालयको पुर्‍याउन सक्ने बारेमा जानकारी लिन आफ्नो विद्यालयमा सम्पर्क गर्नुहोस् ।
 

भ्रमण एवम् यातायात

२६ अक्टोबरदेखि कम सङ्क्रमण भएका क्षेत्रहरूका (अस्ट्रेलिया क्यापिटल टेरिटोरी, नर्दन टेरिटोरी, क्विन्सल्याण्ड, साउथ अस्ट्रेलिया, वेस्टर्न अस्ट्रेलिया र न्युजिल्यान्ड) बासिन्दाहरू तास्मेनियाको नयाँ यात्रा व्यवस्था 'तास इ-ट्राभल' मार्फत यात्राका लागि दर्ता गर्न पाउने छन्।

  • तपाई तास्मेनियको जुनसुकै ठाउँमा यात्रा गर्न सक्नुहुन्छ । तर प्रतिबन्धहरूको पालना गर्नु पर्दछ ।
  • तास्मेनियामा भ्रमणमा जानेहरूले आफ्नो ठेगाना र सम्पर्क नम्बर अधिकारीहरूलाई दिनु पर्ने हुन्छ ।
  • क्वारिनटीनमा बस्नु पर्ने भए सरकारले तोकेको स्थानमा बस्नुपर्दछ र सरकारले यसका लागि निश्चित शुल्क तोकेको छ ।
अधिक जानकारीका लागि जानुहोस् ।


व्यवसाय एवम् मनोरञ्जन

  • सबै व्यवसाय खोल्नका लागि अनुमति दिइएको छ । तर सरकारले तोकेको कोभिड–१९ मापदण्डहरूलाई पूर्ण पालना गर्न अनिवार्य छ ।
  • एक व्यक्ति बराबर २ वर्ग मिटरको दुरी आवश्यक छ ।
  • व्यायामशालाहरू खेलिएका छन् तर सफाइ, दुरी, ट्रेसिङ र कोभिड–सेफ पद्धति अपनाउन जरुरी छ ।
 

ट्रान्स–तास्मान बबल

२६ अक्टोबरबाट बिना कुनै क्विरीनटीन न्यूजिल्याडका बासिन्दा तास्मेनियामा आउन पाउने छन् ।

तस्मेनिया भ्रमण गर्ने यात्रुहरूको सीमा क्षेत्रमा स्वास्थ्य परीक्षण गरिनेछ ।

तस्मेनिया भ्रमणको कम्तीमा १४ दिन न्यूजील्याण्डका कुनै पनि हटस्पटहरूमा भ्रमण गरेको हुनुहुनेछैन 

यात्राबारे अद्यावधिक जानकारीका लागि जानुहोस्।

जरिवाना
 
प्रतिबन्धहरू रहेको अवस्थामा दण्ड जरिवाना हुनेछ । कानुन विपरीत भेला भएमा जरिवाना तोकिनेछ । 
 
जनस्वास्थ्य ऐन २०१० बमोजिम बिपरित कार्यहरू गरेमा ठुलो मात्रामा जरिवाना वा दण्ड सजाय हुन सक्छ । थप जानकारीका लागि जानुहोस् ।
 

नर्दन टेरोटेरी

एकसाथ भेला हुन पाउने सङ्ख्या 

  • नर्दन टेरोटेरीमा मानिसहरू भेला हुन पाउने सङ्ख्याको सीमा छैन तर १.५ मिटरको भौतिक दुरी भने पालना गरेको हुनुपर्नेछ
  • विवाह एवं अन्त्येष्टि समारोहहरू गर्न रोकटोक छैन
  • एक सय भन्दा बढी मानिसहरू भेला हुन कोभिड–१९ चेक लिस्ट जरुरी हुन्छ । 
    थप जानकारीका लागि 

    https://coronavirus.nt.gov.au/business-and-work/business/guidelines-for-events-and-gatherings

रोजगारी

  • स्वास्थ्य निर्देशनका अनुसार व्यवसाय,संस्था एक सामुदायिक सङ्घहरूले निम्न कुराहरूको पालना गर्नु पर्दछ ।
  • कोभिड–सुरक्षा योजना हुनुपर्दछ, जुन उनीहरूले प्रत्येक ६ महिनामा अद्यावधिक गर्नु पर्दछ ।
  • हात धुने व्यवस्था नभए स्यानिटाइजर उपलब्ध गराउनु पर्दछ ।
  • निम्न कुराहरू प्रस्ट देखिने गरी सूचना टाँस गर्नु पर्दछ ।
  1. सामाजिक दुरी कायम गर्न निर्देशन
  2. सामाजिक दुरी कायम नहुने अवस्थामा १५ मिनेट भन्दा कमको निकटता ।
  3. सरसफाइमा ध्यान दिन स्यानिटाइजर वा हात धुने निर्देशन
  4. अस्वस्थ रहे घरमै रहने निर्देशन
थप जानकारीका लागि 

 

स्कूलहरू

  • नर्दन टेरोटेरीका सम्पूर्ण विद्यार्थीहरू स्कूल फर्केका छन्
  • अभिभावकहरूले आफ्नो बालबालिकालाई स्कूल पठाउन नचाहे, उनीहरु घरैबाट पढ्न सक्नेछन् 
नर्दन टेरोटेरीका स्कूलहरू बारे :  

यात्रा 

  • हटस्पट बाहेकका आन्तरिक तथा अन्तर-राज्य यात्रीहरूले क्वारेन्टिनमा बस्नुपर्दैन। हटस्पट रहेका क्षेत्रहरूको सूचीका लागि  जानुहोस्। 

  • ९ अक्टोबरदेखि नर्दन टेरिटोरीले न्यु साउथ वेल्स सिड्नी क्षेत्रलाई हटस्पटको सूचीबाट हटाएको छ।  

  • पछिल्लो १४ दिनमा हटस्पट तोकिएका क्षेत्रहरूबाट या त्यहाँको बाटो हुँदै आउनेहरूले अनिवार्य १४ दिनको पर्यवेक्षित क्वारेन्टिनमा बस्नुपर्नेछ। थप जानकारीका लागि  जानुहोस्।  


  • अन्य राज्य तथा प्रदेशबाट नर्दन टेरोटेरी प्रवेश गर्नेले सो राज्य सिमा भित्रिएको ७२ घण्टा अगाडीसम्म बोर्डर प्रवेश फारम भरिसकेको हुनुपर्छ।

व्यवसाय र मनोरञ्जन 

सबै व्यवसायहरू एवंम खेलहरू खुल्ला छन् , साथै
सामुदायिक र खेलकुद प्रतियोगिताहरूमा दर्शक संख्याका  आधारमा यदि ५०० भन्दा माथि भएमा कोविद १९ सुरक्षा योजना अपनाउन आवश्यक छ। कार्यक्रमहरु अबस्था  हेरी स्वीकृत हुनेछन्। 
५ जुन देखि निम्न नियमहरु खुकुलो बनाइएका छन्:

  • टीएबी लगायत जुवाका सम्पूर्ण लाइसेन्स प्राप्त व्यवसायहरु संचालन हुने
  • फुटबल, बास्केटबल, सकर र नेटबल लगायतका सामुहिक खेलकुद संचालन हुने
  • सिनेमा वा थिएटर, कन्सर्ट हल, सांगीतिक र नाच गृह, नाइटक्लबहरु संचालन हुने
  • खाना नकिनी बार बाट मदिरा किन्न पाइने
  • ब्युटी थेरापी वा कस्मेटिक सेवाहरुका बन्द भएय्का व्यवसायहरु खोल्ने पाइने
  • ट्याटु, शारीरिक कला लगायतका सेवाहरु पनि संचालन हुने
  • मनोरञ्जन स्थल, सामुदायिक केन्द्र वा खेलकुद स्थलहौर जान पाइने
  • अनुमति प्राप्त सीट योजना रहेको सामुदायिक र खेलकुद प्रतियोगिता आयोजना हुने स्थल जान पाइने। ५०० जना भन्दा बढीको संख्यामा दर्शक रहने स्थानमा चाहिं कोभिड-१९ सुरक्षा योजना अन्तर्गत छुट्टै अनुमति लिनुपर्ने हुन्छ।
  • बन्द हुन बाध्य भएका सबै व्यवसाय, संरचना र सेवाहरु पुनः खुल्ने छन् तर केही मुख्य नियमहरुको चाहिं पालना गर्नुपर्ने हुन्छ।
  • प्रत्येक ठुला कार्यक्रम आयोजना गर्न चाहिं अनुमति लिनुपर्ने हुन्छ।
थप जानकारीका लागि जानुहोस्।  

 

जरिवाना
 
प्रतिबन्धहरू रहेको अवस्थामा दण्ड जरिवाना हुनेछ । कानुन विपरीत भेला भएमा जरिवाना तोकिनेछ । 
 
जनस्वास्थ्य ऐन २०१० बमोजिम बिपरित कार्यहरू गरेमा ठुलो मात्रामा जरिवाना वा दण्ड सजाय हुन सक्छ । थप जानकारीका लागि जानुहोस् ।

 

 

विदेशबाट नर्दन टेरोटरी आउने जोकोहीले  १४ दिन हावर्ड स्प्रिङ्गस स्थित क्वारेन्टिनमा बिताउनु पर्नेछ।

 

अस्ट्रेलियन क्यापिटल टेरिटोरी

एकसाथ भेला हुन पाउने सङ्ख्या 

  • घर भित्र: भ्रमणका लागि कुनै प्रतिबन्ध छैन ।

  • सार्वजनिक जमघट: एक सय जना सम्म तर घर भित्र भए एक व्यक्ति बराबर ४ वर्ग मिटर र बाहिर भए एक व्यक्ति बराबर दुई वर्ग मिटरको दुरी

  • विवाह र अन्त्येष्टि इक व्यक्ति बराबर ४ वर्ग मिटरको दुरी कायम भए ५ सय जना सम्म ।

  • धार्मिकस्थलहरुमा : अधिकतम २५ जना, पुजारी र कार्यमा संलग्न अन्य व्यक्ति बाहेक

  • बृद्धास्याहार केन्द्र: स्याहार र सहयोगका लागि परिवारका सदस्यहरूले आफ्ना आफन्तलाई भेट्न सक्छन् यसको कुनै समय सीमा तोकिएको छैन ।
     

रोजगारी :

  • कोभिड–१९ सुरक्षाका साथ काममा फर्कन सकिनेछ ।
  • अस्वस्थ्य महसुस गरे घरमै बस्नुहोस् र कोरोना परीक्षण गराउनुहोस् ।
विद्यालयहरू :

  • सबै विद्यालयहरू खुला छन् विद्यार्थी र शिक्षकहरू विद्यालय फकिसकेका छन् ।
  • दीर्घ रोग भएका शिक्षक एवम् बिद्यार्थीहरु घरबाटै काम गर्न र पढ्न सक्दछन् ।
  • बालबालिका बिरामी भएको खण्डमा विद्यालय नपठाउनुहोस् ् ।
यात्रा र यातायात

  • कोभिड–१९ द्रुत गतिमा बढ्न सक्छ र यसका बारेमा भविष्यवाणी गर्न कुनै सजिलो तारिका छैन ।
  • जबसम्म यात्रा प्रतिबन्ध छैन तबसम्म ए सि टिको स्वास्थ्य विभागले यात्राका लागि सुरक्षित वा असुरक्षित स्थानहरूको घोषणा गर्ने छैन ।
  • कोरोना प्रभावित क्षेत्रका मानिसहरूले ए सी टिको भ्रमण गर्दा पुन बिचार गर्न आग्रह गरिन्छ ।
  • अस्वस्थ हुनुहुन्छ भने सार्वजनिक यातायातको प्रयोग नगनुहोस ।
  • क्वारीनटीनका लागि घर ज्यादै हुनुहुन्छ भने निजी सवारीको प्रयोग गर्नुहोस्
व्यवसाय र मनोरञ्जन

  • क्यानबेरामा जिम,क्याफे र बारहरूले २५ जना सम्मलाई सत्कार गर्न सक्दछन्
  • २५ जना भन्दा बढी व्यक्ति लाई सत्कार गर्न चाहे, प्रति व्यक्ति बराबर दुई वर्ग मिटरको दुरी अनिवार्य गरिएको छ । साथै मानिसहरूलाई एप मार्फत चेकइन गराउनु अनिवार्य गरिएको छ ।
  • चेक ईन एपको प्रयोग नगरेको खण्डमा प्रतिव्यक्ति चार वर्ग मिटरको दुरी अनिवार्य गरिएको छ ।
  • भित्र रहेर मादकपर्दाथ सेवन गर्दा ग्राहकहरू अनिवार्य रूपमा बसेको हुनुपर्नेछ ।
  • सिनेमा र थिएटरहरूले आफ्नो क्षमताको ६५ प्रतिशत मानिसहरूलाई सेवा दिन सक्नेछन् ।
  • ठुला कार्यक्रम स्थलहरूले ६५ प्रतिशत वा १५ सय जना सम्मलाई कार्यक्रममा समावेश गर्न सक्नेछन् ।
  • जिओ वा मनुका ओभल स्टेडियमहरूले ६५ प्रतिशत सम्म सिटको प्रयोग गर्न सक्नेछन् ।
जरिवाना
 
प्रतिबन्धहरू रहेको अवस्थामा दण्ड जरिवाना हुनेछ । कानुन विपरीत भेला भएमा जरिवाना तोकिनेछ । 
 
जनस्वास्थ्य ऐन २०१० बमोजिम बिपरित  कार्यहरू गरेमा ठुलो मात्रामा जरिवाना वा दण्ड सजाय हुन सक्छ । थप जानकारीका लागि जानुहोस् ।
 

 

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।


Share
Published 10 September 2020 10:40am
Updated 16 December 2020 4:43pm
By SBS/ALC Content
Source: SBS


Share this with family and friends