केही दशक यता कै असामान्य बजेट,अर्थतन्त्रको सुधार र रोजगारी मुख्य प्राथमिकतामा

संघिय ट्रेजरर जोस फ्राईडनबर्गले अस्ट्रेलियाको इतिहासमै असामान्य बजेट पेस गरेका छन् । आगलागि,खडेरी र कोभिड महामारी जस्ता समस्याले आर्थिक रूपमा हानि पुर्‍याएपछि यस पटकको बजेट सामान्य भन्दा केही फरक हुन पुग्यो ।

The federal government has unveiled its 2020-21 budget amid the coronavirus crisis.

Source: SBS News

सन् २०२० ले अस्ट्रेलियालीहरूलाई आज भन्दा पहिले कहिल्यै नलिएको परीक्षा लिएको छ र यो भाव ट्रेजरर जोस फ्राइडेनबर्गको अनुहारमा बजेट पेस गदै प्रस्टै देखिन्थ्यो ।
 
करिब ५ महिना ढिलो गरी कुनै समयमा पनि बदल्न सक्ने धारणा सहित पेस भएको बजेटमा ट्रेजरर फ्राइडेनबर्ग भन्छन् कि सरकारको आर्थिक योजनाले अर्थव्यवस्थाको पुन निर्माण र रोजगारीको सिर्जना गरेर अस्ट्रेलियालीहरूलाई सुरक्षित बनाउने लक्ष्य लिएको छ ।
यस वर्ष बजेट घाटा २ सय १३ दशमलव ७ अर्व डलर पुगेको छ यसलाई सन् २०२३/२४ सम्ममा घटाएर ६६ अर्व डलरमा झार्ने लक्ष्य राखिएको छ । कुल ऋण बढेर ७ सय ३ अर्व पुग्नेछ अर्थात् कुल गृहस्थ उत्पादनको ३६ प्रतिशत पुग्नेछ अथवा यो सन् २०२४ सम्म पुग्दा गृहस्थ उत्पादनको ४४ प्रतिशत वा ९६६ अर्व डलर सम्म पुग्नेछ । यो निकै भारी बोझ हो,तर चुनौती साथ जिम्मेवार ढङले यसको सामना गरिने छ ।

फ्राईडनबर्ग भन्छन् कि सरकारले रोजगारीको दिएको समर्थनका उपाय र सहयोगले करिब ७ लाख जागिरहरूलाई बचाएको छ ।
Federal Treasurer Josh Frydenberg hands down his 2020 Budget
Federal Treasurer Josh Frydenberg hands down his 2020 Budget Source: AAP
“ यस वर्ष बजेट घाटा २ सय १३ दशमलव ७ अर्व डलर पुगेको छ यसलाई सन् २०२३/२४ सम्ममा घटाएर ६६ अर्व डलरमा झार्ने लक्ष्य राखिएको छ । कुल ऋण बढेर ७ सय ३ अर्व पुग्नेछ अर्थात् कुल गृहस्थ उत्पादनको ३६ प्रतिशत पुग्नेछ अथवा यो सन् २०२४ सम्म पुग्दा गृहस्थ उत्पादनको ४४ प्रतिशत वा ९६६ अर्व डलर सम्म पुग्नेछ । यो निकै भारी बोझ हो,तर चुनौती साथ जिम्मेवार ढङले यसको सामना गरिने छ ।” फ्राईडनबर्ग भन्छन्
 
अस्ट्रेलिया आर्थिक रूपमा मजबुत स्थितिबाट सङ्कटमा परेको हो र अन्य मुलुकको तुलनामा कम गम्भीर रूपमा प्रभावित बनेको छ । अबको समय अर्थतन्त्रको पुन निर्माण र भविष्य सुरक्षित गर्न लाग्नु पर्ने पनि उनको धारणा छ ।
बिशेषत कर कटौतीले कम आम्दानी भएका मानिसहरूलाई सहयोग पुर्‍याउने छ । ४० हजार भन्दा कम आम्दानी भएकाहरूले २१ प्रतिशत कम कर बुझाउनु पर्नेछ भने ८० हजार भन्दा माथि कमाई भएकाहरूले ११ प्रतिशत सम्मको राहत पाउनेछन् ।
फ्राइडेनबर्गका अनुसार अस्ट्रेलियालीहरूलाई माथि उकास्न हाल सम्मकै ठुलो रकम लगानी गरिने भएको छ ।

यसैगरी कृर्षि, स्वास्थ्य, विज्ञान शिक्षण र यस्तै उच्च शिक्षाका अन्य विधाहरूमा सरकारले लगानी गर्नेछ । आदिवासी बिद्यार्थीहरुलाई कक्षा १२ पुरा गर्न र त्यस पछि उच्च शिक्षाका लागि पनि सरकारले लगानी गर्ने उनले बताए ।
 
पहीले वाचा गरिए अनुरूप यसपटकको बजेटमा कर कटौतीलाई निरन्तरता दिइएको । यसको प्रभावले सामुदायिक स्तरमा पैसाका बहावलाई बढाउनेछ । जसको परिणाम व्यापार र रोजगारीमा देखिनेछ ।
The government is spending record amounts, but not everyone is a winner from the 2020 federal budget.
The government is spending record amounts, but not everyone is a winner from the 2020 federal budget. Source: AAP
बिशेषत कर कटौतीले कम आम्दानी भएका मानिसहरूलाई सहयोग पुर्‍याउने छ । ४० हजार भन्दा कम आम्दानी भएकाहरूले २१ प्रतिशत कम कर बुझाउनु पर्नेछ भने ८० हजार भन्दा माथि कमाई भएकाहरूले ११ प्रतिशत सम्मको राहत पाउनेछन् ।
 
उनि भन्छन् ७० लाख भन्दा बढी अस्ट्रेलियालिहरुले यस वर्ष २ हजार डलरको हाराहारीमा कर छुट पाउनेछन् ।
 
यसैगरी महामारीका कारण रोजगारी गुमाएका महिलाहरूलाई लक्षित गरी आर्थिक सुरक्षा योजना पनि अघि सारिएको छ । मोरीसन सरकारले दोस्रो पटक यो योजनालाई सार्वजनिक गरेको हो । यस कार्यक्रमले महिलाहरूलाई अझ बढी अवसर र विकल्पहरू पैदा गर्नेछ र यसले आउँदो पुस्तालाई समेत सहयोग पुर्‍याउनेछ ।
 
यसैगरी बजेटमा साइबर सुरक्षाका लागि १ दशमलव ७ अर्व डलर बराबरको रकम छुट्याएको छ । कानुन निर्माण र खुफिया एजेन्सीका लागि ४५ करोड डलर छुट्टाइएको छ भने रक्षा बल लाई १ अर्व डलर छुट्टाइएको छ ।
 
सरकारले १ दशमलव ३ अर्व रकम उत्पादनको क्षेत्रमा लगानी गर्ने बताएको छ । जस अन्तर्गत मुख्य तय ६ वटा क्षेत्रमा लगानी गर्नेछ खाना तथा पेय पर्दाथ उत्पादन खनिज प्रशोधन तथा प्रबिधि,चिकीत्सा क्षेत्रका उत्पादन ऊर्जा,रक्षा र अन्तरिक्ष विज्ञान पर्नेछन् ।
Treasurer Josh Frydenberg poses for photographers during a media opportunity outside The Treasury in Canberra. Monday, October 5, 2020.
Treasurer Josh Frydenberg poses for photographers during a media opportunity outside The Treasury in Canberra. Monday, October 5, 2020. Source: AAP Image/Mick Tsikas
यसैगरी अनुसन्धान र विकासका क्षेत्रमा २ अर्व डलर थपेको छ । विकास पूर्वाधारमा करिब १४ अर्व डलर खर्च गरिनेछ । जसले ४० हजार थप रोजगारीको सिर्जना गर्नेछ । देशभर जलश्रोतको पूर्वाधार विकासका लागि सरकारले करिब २ अर्वको लगानी गदैछ भने वातावरणका लागि १ दशमलव ८ अर्व डलर छुट्टाइएको छ ।
बृद्धबृद्धाको सहयोगका लागि होम केयर अर्थात् घरमै गएर हेरचाह गरिने क्षेत्रमा पनि लगानी गर्ने भएको छ । बृद्धास्यार केन्द्रमा कार्य गर्नेहरूको कौशलतामा वृद्धि गर्न डिमेन्सिया प्रशिक्षण र अन्य सहयोग प्रदान गरिने भएको छ ।
फ्राइडेनबर्गका अनुसार करिब २५ करोड डलर सामाग्रीहरुो पुन प्रयोगको पूर्वाधार निर्माण गर्नमा खर्चिने भएको छ जसले ६ लाख टन भन्दा बढी फोहर ल्याण्डसाईटमा जानबाट रोक्नेछ र यसले १० हजार रोजगारी सिर्जना गर्नेछ ।
 
यसैगरी बजेटले अस्पताल,बिद्यालय,बाल हेरचाह केन्द्र वृद्ध हेरचाह र अशक्तताको सेवाहरूको लागि पनि रकम विनियोजन गर्ने वाचा गरेको छ ।
यसैगरी  अपाङ्गता भएका मानिसहरूको हेरचाहका लागि करिब ३ दशमलव ९ अर्व डलर रकम विनियोजन गरेको छ ।
 
यसैगरी कोभिड महामारी र यसको उपचार पद्धतिमा खर्चिने गरी १६ अर्व डलर छुट्टाइएको छ ।
 
बृद्धबृद्धाको सहयोगका लागि होम केयर अर्थात् घरमै गएर हेरचाह गरिने क्षेत्रमा पनि लगानी गर्ने भएको छ । बृद्धास्यार केन्द्रमा कार्य गर्नेहरूको कौशलतामा वृद्धि गर्न डिमेन्सिया प्रशिक्षण र अन्य सहयोग प्रदान गरिने भएको छ ।
 
 

Share
Published 7 October 2020 10:46am
Updated 7 October 2020 11:20am
By Nikki Canning
Presented by SBS Nepali
Source: SBS News


Share this with family and friends