डेलिभरी चालक मृत्यु प्रशंग: सरकारद्वारा छानबिनका लागि कार्यदल गठन

केही महिना यता खाना पुर्‍याउने काममा संलग्न पाँच जना कामदारको मृत्यु भएपछि सरकारले यसलाई “टाल्न सकिने जोखिम” हुनसक्ने भन्दै अनुसन्धानका लागि कार्यदल गठन गरेको छ ।

Delivery riders are seen in the Melbourne CBD.

The food delivery industry has come under increased scrutiny after a spate of deaths. Source: AAP

 

सिड्नीको व्यस्त सडकको एक छेउमा खाना डेलिभरी गर्ने क्रममा ज्यान गुमाएका व्यक्तिको सम्झनामा फुलका गुच्छा र समवेदना सन्देशहरू राखिएका छन् ।

सोमबार उबुर इट्सका लागि खाना पुर्‍याउने काममा खटिएका एक व्यक्ति ट्रकको ठक्करबाट मारिएपछि, उनी प्रति सद्धा सुमन स्वरूप थुप्रै फुलका गुच्छा र सन्देशहरू राखिएका छन् ।

खाना डेभिरीको काममा संलग्न एलेक्स रोक्सबरो भन्छन् यो घटना पछि यो उद्योगमा काम गर्ने वा नगर्ने पुनर्विचार गर्ने सोच्दै छन् ।

रोक्सबरो मृत्युका कारण डराएका छन् र आफ्ना सहकर्मीहरूको राम्रो सुरक्षाका लागि सर्घष गदै छन् ।

उनी खाना छिटो भन्दा छिटो खाना पुर्‍याउन आफुरुलाई दबाब दिइने बताउँछन् ।
A delivery rider wearing a face mask is seen in Melbourne, Thursday, June 25, 2020. The ADF and other states have been called in to help Victoria tackle its rising number of COVID-19 cases. (AAP Image/Daniel Pockett) NO ARCHIVING
A delivery rider wearing a face mask is seen in Melbourne, Thursday, June 25, 2020. Source: AAP

उनी भन्छन् “मैले इमेल मार्फत चेतावनि पाएको छु,आवश्यक अवधि वा अनुमानित समय भित्र खाना सम्बन्धित ठाउँमा नपुर्‍याए, एप प्रयोगबाट वञ्चित हुने सूचना आइरहेको हुन्छ । ”

गत शनिवार उबर इटस् मार्फत खाना पुर्‍याउने काम गर्ने अर्का एक डेलिभरी ड्राइभर २७ बर्सिया बङलादेशि विद्यार्थी विजय पाउलले एक कारको ठक्करबाट ज्यान गुमाउन पुगे ।

सेप्टेम्बरको अन्त्य देखि आजको दिन सम्म ५ जना डेलिभरी ड्राइभरले सडकमा आफ्नो ज्यान गुमाई सकेका छन् ।

यातायात मजदुर युनियनका माइकल काईन भन्छन् कि अनियन्त्रित उद्योगका भएका कारण सरकारलाई तुरुन्त छानबिन गर्नका लागि अनुरोध गरिएको छ ।

उनी भन्छन् “सरकारको असक्रियताका कारण सडकमा मान्छेहरू मारिएका छन् ”

महान्यायाधिवक्ता क्रिस्चीयन पोर्टरले एस बि एसलाई बताए कि सरकारलाई यस विषयमा केही गर्ने प्रत्यक्ष अधिकार छैन यद्यपि स्वास्थ्य र सुरक्षा मन्त्रीहरूको अर्को बैठकमा यस विषयलाई प्राथमिकताका साथ अगाडी लिएर जाने उनले बताए ।

तर न्यु साउथ वेल्सका कामको भविष्यका बारेमा अनुसन्धानको नेतृत्व गरिरहेका लेबर सांसद डेनियल मु के भने यो सरकारले कारबाहीको मामला भित्र पर्ने बताउँछन् ।

न्यु साउथ वेल्स सरकारले यो पुष्टि गरेको छ कि ट्रान्सर्पोट फर न्यु साउथ वेल्स र सेफ वर्क मिलेर नयाँ छानबिन कार्यसमिति निर्माण गरेको छ,जसले खाना डेलिभरी गर्ने मानिसहरूको दुर्घटनामा भएको मृत्युको छानबिन गर्नेछ ।

यसअघि न्यु साउथ वेल्सका यातायात मन्त्री एन्ड्रीउ कन्स्याट्यान्सले दुर्घटनामा मानिसहरू मारिनुको यो मुद्दालाई “एयर टाइम” गरिनु पर्ने मुद्दा रहेको प्रतिक्रिया दिएका छन् ।

खाना डेलिभरी गर्ने यस्ता राईडरहरुलाई थप सुरक्षा प्रदान गर्न श्रम बिद्ययकका बारेमा प्रश्न राख्दा मन्त्री एन्ड्रीउले सरकारले पहिले यस्ता कार्य सञ्चालन गर्ने कम्पनिहरु र चालक सँग समन्वय गर्नु पर्ने बताए ।

अधिकास यस्ता कामदारहरू स्वतन्त्र ठेकेदार अर्थात् कन्ट्रयाक्टरका रूपमा वर्गीकृत गरिएको हुन्छ जसको मतलब उनीहरू न्यूनतम ज्याला,क्षतिपूर्ति वा अन्य कार्यस्थलमा हुने अधिकारको हकदार हुँदैनन् ।

यो सँगै डेलिभरी ड्राईभरहरुलाई निकै कम मात्रामा प्रशिक्षण दिइएको हुन्छ ।

दुर्घटना पछि सञ्चालक कम्पनी उबर इट्सले एक विज्ञप्ति मार्फत ”मृत्युदर विनाशकारी भएको र सडक सुरक्षा कायम गर्न धेरै कुरा गर्न वाकी रहेको र यसमा अग्रणी भुमीप्का खेल्न प्रतिबद्ध रहेको ” बताएको छ ।

एलेक्स जस्ता डेलिभरी ड्राइभरहरू भने कम्पनीले आफ्नो नाफा भन्दा बढी मानिसको ज्यानलाई महत्त्व दिएको हेर्न चाहन्छन् ।

Share
Published 25 November 2020 1:09pm
Updated 25 November 2020 1:19pm
By Nakari Thorpe
Presented by Krishna Pokhrel
Source: SBS News


Share this with family and friends