साउथ अस्ट्रेलियामा गर्भपतनलाई कानुनी मान्यता

साउथ अस्ट्रेलियाको माथिल्लो सदनले गर्भपतन सम्बन्धी नयाँ कानुनलाई अनुमोदन गरेको छ ।

Attorney-General Vickie Chapman speaks to the media on the introduction of a bill to compensate victims of institutional child sex abuse at Parliament house in Adelaide, Wednesday, July 25, 2018. (AAP Image/Kelly Barnes) NO ARCHIVING

Attorney-General Vickie Chapman said the passage of the legislation was a "historic day for the women of South Australia". Source: AAP

सदनको स्वीकृति सँगै साउथ अस्ट्रेलिया गर्भपतनलाई कानुनी मान्यता दिने पछिल्लो राज्य हुन पुगेको छ ।

गत फेब्रुअरीमा “टर्मीनेसन अफ प्रेग्नेन्सी विधेयक” संसद्को तल्लो सदनबाट १५ का विरुद्ध २९ मतबाट पारित भएको थियो ।

नयाँ कानुन अन्तर्गत गर्भपतनलाई अपराधका दृष्टिकोणले नभई स्वास्थ्यका दृष्टिकोणले हेरिनेछ ।

२२ हप्ता ६ दिन सम्मको गर्भलाई एक  चिकित्सकको रोहवरमा गर्भपतन गर्न सकिनेछन् ।

त्यस पछिको अवधिका गर्भमा भने कम्तीमा पनि एक अन्य चिकित्सक सँगको सल्लाहमा स्वास्थ्यमा असर नपर्ने अवस्थामा मात्र गर्भपतनलाई मान्यता दिइनेछ । 

स्वास्थ्यमा गम्भीर असर पर्ने अवस्थामा भने गर्भपतनलाई मान्यता दिइने छैन ।

“ऐतिहासिक दिन”

महान्यायाधिवक्ता भिकी च्यापम्यानले कानुन पास हुनु साउथ अस्ट्रेलियाली महिलाहरूका लागि ऐतिहासिक दिन रहेको बताएकी छन् ।

“यो निर्कै लामो र कुरूप यात्रा हो,अन्ततः हामीले गर्भावस्था सम्बन्धी आधुनिक कानुन पाएका छौ,गर्भपतनलाई अब अपराध नभई स्वास्थ्यका दृष्टिकोणबाट हेरिनेछ ।” उनले भनिन् ।

अधिकारवादी संस्था फेयर एजेन्डाले कानुन पास भए सँगै सबै मानिसहरूले चाहेको बेला र चाहेको जस्तो स्वास्थ्य सेवा प्राप्त गर्ने बताएको छ ।

ह्युमन राईट ल सेन्टरले साउथ अस्ट्रेलियामा कानुन पारित हुनुको मतलब अब केवल वेस्र्टन अस्ट्रेलियाले मात्र गर्भपतनलाई अपराध संहिता अन्तर्गत हेरिरहेको हुने बताएको छ ।

“वेस्र्टन अस्ट्रेलियाले साउथ अस्ट्रेलियालाई पछ्याउँदै,समयमै प्रजनन स्वास्थ्य सेवामा आईपर्ने सबै अबरोधहरुलाई हटाई अन्य क्षेत्रमा झैँ अधिकार प्रदान गर्ने समय आएको छ । ” संस्थाकी प्रवक्ता मोनिक हुर्लेले भनिन् ।

 

 


Share
Published 3 March 2021 2:09pm
Updated 3 March 2021 2:14pm
Presented by SBS Nepali
Source: SBS


Share this with family and friends