न्यूनतम तलब वृद्धि: नेपाली व्यवसायीहरुलाई पनि तलब बढाउन आग्रह

आगामी जुलाई १ देखी लागु हुने गरी राष्ट्रिय न्यूनतम ज्याला दर ३ प्रतिशतले बढाउने निर्णय फेयर वर्क कमिसनले गरेको छ।

finances, 2022, money issues

Ito ang ilan sa mga payong pampinansyal sa 2022 mula sa May PERAan financial experts Source: AAP

जुलाई १ देखी लागु हुने गरी राष्ट्रिय न्यूनतम ज्याला दर ३ प्रतिशतले बढाउने निर्णय फेयर वर्क कमिसनले गरेको छ।

फेयर वर्क कमिसनद्वारा अघिल्लो अघिल्लो हप्ता गरिएको घोषणा अनुसार जुलाई १ देखि अस्ट्रेलियामा सबैभन्दा कम तलबमा काम गर्ने मानिसहरूको प्रत्येक घण्टा १९.४९ डलर पाउनेछन्।

कामदारहरूको प्रतिक्रिया

अस्ट्रेलियन ट्रेड युनियन परिषद्ले पनि यो घोषणालाई स्वागत गर्दै कामदारहरूको लागि यो जित भएको जनाएको छ।

तर, साथसाथै उसले यो वृद्धि “जीवन निर्वाह” गर्न अझै अपुग रहेको पनि बताएको छ।

“मजदुरी गर्ने मानिसहरूले तलब बोकेर घर जाँदा आफू र आफ्ना जहान परिवारको जीवन धान्ने अवस्था आउन हामीले अझै लामो बाटो तय गर्नुपर्नेछ।”
LISTEN TO
Pay your workers what they deserve: Tirtha Raj Karki image

"पे कट" गरेर आफ्नो कामदार माथि अन्याय नगर्नुहोस्: तिर्थराज कार्की

SBS Nepali

03/06/201910:00
कार्कीसँग हामीले गरेको कुराकानी सहितको थप रिपोर्ट सुन्न माथिको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्!
Tirtharaj Karki Australia Union
तिर्थराज कार्की Source: Facebook
न्यूनतम तलबमा काम गर्नेहरूको प्रतिनिधित्व गर्न संलग्न एक युनियनसँग आबद्ध रहँदै कामदारहरूको अधिकार एवं तलब वृद्धि अभियानमा लागी परेका छन्, तिर्थराज कार्की।

परिषद्कै लयमा उनले पनि फेयर वर्क कमिसनको घोषणा स्वागत योग्य भएता पनि, न्यूनतम तलबमा काम गर्नेहरूलाई महँगाई बढ्दै जाँदा आउँदा दिनहरुमा अफ्ठेरो रहिरहने बताउँछन्।

“परिवारलाई चाहिने तीन बेड रुम भएको युनिट पनि रेन्ट गर्‍यौँ भने अहिले ५०० डलर प्रति हप्ता पर्छ। अब ७४० (कमाएर) अन्य (खर्च) चलाउन त अफ्ठेरै हुन्छ नि, हैन?” उनी प्रतिप्रश्न गर्छन्।

साथै, अस्ट्रेलियामा व्यापार व्यवसाय गरेर बस्ने नेपाली समुदायलाले आफ्ना कामदारहरूको हक हितमा पनि ध्यान दिँदै उनीहरूले पाउनुपर्ने तलबमा तल-माथि गर्न नहुने बताउँछन्।
"नाफा पनि लिनुहोस् र नाफा दिलाउन सहयोग गर्ने आफ्ना कामदारहरूलाई कम्तीमा पनि न्यूनतम पे (तलब) दिनुहोस्," उनले भने।
काम गर्दै आफ्नो अध्यनलाई अघि बढाउने नेपाली विद्यार्थीहरू माथि नेपालीहरूले नै गरिने शोषण बारे भने, "विद्यार्थी भाइबहिनीहरूको समस्या अझै विकराल छ, उहाँहरूले २० घण्टा काम गर्न पाउनुहुन्छ, उहाँहरूको "पे कट" हुने कुरा गैरकानूनी हो, त्यसो नगरौँ।"
AAP Image/Dan Peled
La decisione della commissione va a influire direttamente sulle vite di 2.2 milioni di lavoratori in Australia. (AAP Image/Dan Peled) Source: AAP Image/Dan Peled
तर, फेयर वर्क कमिसनका अध्यक्ष इयन रसका अनुसार हाल अस्ट्रेलियाको आर्थिक अवस्थामा अघिल्लो वर्षभन्दा कम प्रतिशतले न्यूनतम ज्याला दर बढे पनि त्यसलाई राम्रै उपलब्धि मान्नु पर्ने बताउँछन्।

“हाम्रो निर्णय प्रति हामी सन्तुष्ट नै छौँ किनभने यसले मुद्रास्फीतिमा कुनै प्रतिकूल प्रभाव पर्ने छैन र यो तलब वृद्धिका कारण काम पाउन गाह्रो हुने पनि छैन,” रसले आफ्नो निर्णय सुनाउने क्रममा भने।
हाल चालु आर्थिक वर्षमा लागु हुने गरी अघिल्लो साल कमिसनले न्यूनतम तलब ३.५ प्रतिशतले बढाएको थियो।
उद्योग वाणिज्य महासङ्घका जेम्स पियर्सनका अनुसार पछिल्लो तलब वृद्धिले विशेषतः साना व्यावसायीहरु माथि सबै भन्दा ठुलो असर पर्ने बताएका छन्।

अस्ट्रेलियन च्याम्बर अफ कमर्स एन्ड इण्डस्ट्री पनि भनिने उक्त महासङ्घका प्रमुख कार्यकारी अधिकृत रहेका पियर्सनले फेयर वर्क कमिसनको घोषणा स्वागत गरे पनि व्यापार व्यवसाय चलाउनेलाई यसले गाह्रो हुने प्रतिक्रिया व्यक्त गरेका छन्।

“मुद्रास्फीतिको दरभन्दा पनि बढी तलब तीन पटकसम्म लगातार वृद्धि हुँदा स-साना व्यापार व्यवसाय चलाउनेलाई अफ्ठेरो स्थितिमा पारेको छ,” उनले भने।
“अनि, अब यसले गर्दा थप घण्टा काम गर्न खोज्ने मानिसहरूलाई पनि काम सजिलै पाउन निकै गाह्रो हुने मैले देखेको छु।”
उनका अनुसार फेयर वर्कको यो निर्णयले गर्दा अस्ट्रेलियन रोजगारदाताहरुले थप ३.१ अर्ब डलरको व्ययभार बोक्नुपर्नेछ।

थप तथ्य:

अहिले उक्त न्यूनतम तलब प्रति घण्टा १८.९३ रहेको छ।

तीन प्रतिशतले वृद्धि हुने न्यूनतम ज्याला दरका साथ, अब फुल टाइम काम गर्ने तर सबैभन्दा कम कमाउने मानिसहरूले अब हरेक हप्ता कम्तीमा ७४०.८० डलर कमाउने छन्।

विभिन्न युनियनहरूले न्यूनतम ज्याला दर ६ प्रतिशतले बढ्नुपर्ने माग अघि सारे पनि व्यापारिक समूहहरूले भने उक्त माग पुरा गर्न नसकिने बताउँदै सो वृद्धि २ प्रतिशतमा झार्नुपर्ने बताएका थिए।

कमिसनको यो फैसलाले करिब २२ लाख कामदारहरूलाई प्रत्यक्षरुपमा असर गर्ने पनि बताइएको छ जुन अस्ट्रेलियामा काम गर्ने मानिसहरूको कुल २१ प्रतिशत हो।

सरकार र विपक्षीका कुरा

फेयर वर्क कमिसनको न्यूनतम तलब वृद्धि गर्ने घोषणाको स्वागत गर्दै औद्योगिक सम्बन्ध मामिलाका सङ्घीय मन्त्री क्रिस्चियन पोर्टरले भने, “लिबरल नेश्नल गठबन्धन सरकारमा आएदेखि अहिलेसम्म न्यूनतम तलब कुल ६.९ प्रतिशतले बढिसकेको छ।”

विपक्षी लेबर पार्टीका ब्रेनडन ओ’कनरले कमिसनको यो घोषणा सही मार्गमा रहेको बताउँदै भने, “कामदारहरूको निम्ति यो वृद्धि अझै अपुग छ।”

“सरकारको मनसाय विपरीत न्यूनतम ज्याला दर बढाएकोमा म फेयर वर्क कमिसनलाई धन्यवाद दिन चाहन्छु।”
“साथै, के पनि भन्न चाहन्छु भने, जुलाई १ देखि खुद्रा पसलहरू तथा हस्पिटालिटी क्षेत्रमा कार्यरत कम आय कमाउने मानिसहरूले पेनाल्टी रेटमा लागू हुने कटौतीका साथ कम तलब पाउने छन्।”

अनि अलि बढी कमाउनेहरूको तलब चाहिँ बढ्छ त?

Mr Shorten plans to axe the federal government's minimum wage submission and file a new proposal to raise workers' wages.
Source: AAP
अस्ट्रेलियन तथ्याङ्क विभागको पछिल्लो तलब सूचकांकका अनुसार भन्ने हो भने हाल वार्षिक रूपले २.३ प्रतिशतले तलब वृद्धि भई रहेको अवस्था छ।

हरेक तीन तीन महिनामा सार्वजनिक हुने उक्त सूचकांकका अनुसार पछिल्लो त्रैमासिक दुई अवधिहरुमाअस्ट्रेलियाको तलब ०.५ मात्र बढेको थियो।

विभागका मुख्य अर्थशास्त्री ब्रुस हक्म्यानले सूचकांकको तथ्याङ्कलाई देखाउँदै, तलब बढ्ने दर पछिल्लो नौ महिनामा लगभग स्थिर नै रहेको बताए।
“यसको प्रमुख कारण भनेको पूर्व निर्धारित र नियमित रूपमा विभिन्न क्षेत्रहरूमा हुने उद्यम सम्झौता अनुरूपको तलब वृद्धि नै हो।”


Share
Published 30 May 2019 2:49pm
Updated 3 June 2019 4:41pm
By SBS Nepali
Source: SBS


Share this with family and friends