अन्तर्राष्ट्रिय विद्यार्थी भित्र्याउन क्वारेन्टिन व्यवस्था मिलाउने न्यु साउथ वेल्स योजनाको उच्च शिक्षा उद्योग द्वारा समर्थन

न्यु साउथ वेल्सको अर्थतन्त्र उकास्न भन्दै प्रत्येक हप्ता १ हजार अन्तर्राष्ट्रिय विद्यार्थी र दक्ष आप्रवासी भित्र्याउने आफ्नो योजना रहेको प्रिमियर ग्लाडिस बेरेजिक्लियनले बताएकी छिन्।

International students set to return to Adelaide from nine locations.

Raj Kumar, the Consul General of Indian to Melbourne told SBS Punjabi that the new guidelines have been circulated to Indian missions abroad. Source: Getty Images/Pollyana Ventura

न्यु साउथ वेल्समा होटेल क्वारेन्टिन व्यवस्थाका लागि छुट्टाइएका मध्ये एक तिहाई स्थान अन्तर्राष्ट्रिय विद्यार्थी र दक्ष आप्रवासीहरुका लागि प्रयोग गर्ने प्रिमियरको योजनाको अन्तर्राष्ट्रिय शिक्षा उद्योग द्वारा स्वागत गरिएको छ।

आइतबार आयोजना भएको एक पत्रकार सम्मेलनमा बेरेजिक्लियनले कोरोनाभाइरसका कारण प्रभावित भएको राज्यको अर्थतन्त्र उकास्न एक हजार विद्यार्थी र आप्रवासीहरुलाई भित्राउने आफ्नो योजनाबारे बताएकी थिइन्।


प्रमुख विषय

  • अन्तर्राष्ट्रिय विद्यार्थी र आप्रवासीबारे प्रिमियरको योजना
  • शिक्षा उद्योगको सकारात्मक प्रतिकृया
  • मोरिसन सरकारको अडान

प्रिमियरको उक्त विचार संघीय सरकारको भन्दा विपरित रहेको छ। मोरिसन सरकारले चाहिं विदेशबाट फर्कने अस्ट्रेलियालीहरुलाई क्वारेन्टिन होटेलको प्राथमिकतामा राख्ने बताउदै आएको छ।

साथै न्यु साउथ वेल्स प्रिमियरले अन्य राज्य र प्रदेशका आफ्ना समकक्षीहरुलाई पनि विदेश बाट भित्र्याउने यात्रुहरुको संख्या बढाउन आग्रह गरेकीछिन्।
NSW Premier Gladys Berejiklian
NSW Premier Gladys Berejiklian. Source: AAP

शिक्षा उद्योगको सकारात्मक प्रतिकृया

अन्तर्राष्ट्रिय शिक्षा संघका कार्यकारी प्रमुख फिल हनिवूड भन्छन कि ग्लाडिस बेरेजिक्लियनको योजनाले यात्रा प्रतिबन्धका कारण हाल नाजुक अवस्थामा रहेको अन्तर्राष्ट्रिय शिक्षा उद्योगलाई धेरै सहयोग पुग्नेछ।

"क्यानाडा र युके द्वारा महामारीको यस समयमा पनि आफ्ना सीमाहरु खुला राख्न सफल भएका छन्," उनले एसबीएस समाचारलाई बताए।

"यतिको ठुलो उद्योगका लागि अस्ट्रेलियाले चांडै आफ्नो सीमा नखोल्ने हो भने, यी युवा र उनिहरुका आमाबाबुहरु अन्य देश तर्फ आकर्षित हुने छन्, जसका कारण अस्ट्रेलियालाईनै घाटा हुने छ। "

अस्ट्रेलियाली अर्थतन्त्रका लागि ४० अर्ब डलर सम्मको कारोबार गराउने अन्तर्राष्ट्रिय शिक्षा बजार हाल यात्रा प्रतिबन्धका कारण प्रायः ठप्प भएको छ।

र फिल हनिवूड भन्छन कि "आफ्नो कुनै गल्ति बिनानै " विदेशमा अलपत्र परेका" अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई प्राथमिकतामा राखिनु पर्नेछ।

"संकटमा रहेको उद्योगलाई जीवन दिने "बहादुर" प्रिमियरको पर्खाइमा अन्तर्राष्ट्रिय शिक्षा उद्योग रहेको छ," हनिवुडले भने।
Phil Honeywood
International Education Association of Australia CEO Phil Honeywood. Source: IEAA
हाल विदेश बाट फर्कने अस्ट्रेलियालीहरुलाई होटेल क्वारेन्टिनमा राख्न न्यु साउथ वेल्स सरकार द्वारा सबै भन्दा धेरै स्थान उपलब्ध गरिएको छ - जस अन्तर्गत प्रत्येक हप्ता तीन हजार जना सम्मलाई क्वारेन्टिनमा राखिन्छ।

प्रिमियर बेरेजिक्लियन भन्छिन कि होटेल क्वारेन्टिनका लागि उपलब्ध रहेका स्थानहरु मध्ये केहि अन्तर्राष्ट्रिय विद्यार्थी र आप्रवासीहरुका लागि छुट्टाइए राज्यका विश्वविद्यालयहरुमा मानिसहरुको जागिर जोगाउन र अर्थतन्त्रलाई उकास्न सहयोग पुग्ने छ।

"भिक्टोरिया र अन्य राज्यहरु पनि यस योजनामा संलग्न भए, आगामी क्रिसमस र नयाँ वर्षमा उक्त योजनाबारे सोच्नुपर्ने समय भएको छ," उनले भनिन्।

"अन्तर्राष्ट्रिय विद्यार्थीहरु फर्कन नपाएका कारण विश्वविद्यालयहरु बाट सयौं मानिसहरुले आफ्नो जागिर गुमाएको म हेर्न चाहन्न।"

अस्ट्रेलियाली उद्योग व्यवसायहरुको समूहका प्रमुख इन्नेस विल्लक्स ले पनि दक्ष आप्रवासीहरुका लागि होटेल क्वारेन्टिनको थप स्थान उपलब्ध गराउने न्यु साउथ वेल्स योजनाको स्वागत गरेका छन्।

"कोभिडका कारण हाल रहेको आर्थिक मन्दी बाट उकास्ने काम सुरु हुँदा आप्रवासीहरुको दक्षता र उनीहरुका कारण बढ्ने सरसामाग्री र सेवाहरुको माग पनि धेरै महत्वपूर्ण रहेको छ," उनि भन्छन्।

"देशमा बेरोजगारी दर धेरै रहंदा, अझै पनि स्थायी वा अस्थायी दक्ष कामदारहरुले मात्र भर्नसक्ने जागिरहरु देशमा उपलब्ध रहेका छन्।"
Acting Foreign Affairs Minister Simon Birmingham.
Acting Foreign Affairs Minister Simon Birmingham. Source: SBS News

मोरिसन सरकारको अडान

अझै ३५ हजार अस्ट्रेलियालीहरु स्वदेश फर्कन चाहीरहेको बताइदा राज्यहरुले आफ्नो होटेल क्वारेन्टिन क्षमता बढाउनुपर्ने दबाब संघीय सरकार माथि बढ्दै गएकाछन्।

तर अर्थ मन्त्री साइमन बर्मिङ्घमले चाहिं भविष्यमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई फिर्ता बोलाउनेबारे आफु सकारात्मक रहेता पनि अहिलेको लागि सरकारको ध्यान विदेशमा अलपत्र परेका अस्ट्रेलियालीहरुलाई फिर्ता ल्याउननै केन्द्रित रहेको बताएका छन्।

"अझै हजारौं अस्ट्रेलियालीहरु क्रिसमस सम्ममा आफ्नो घर फर्कने आशामा रहेका छन्," स्काई समाचारसंग कुरा गर्दै उनले भने।

"तर स्वदेश फर्कने अस्ट्रेलियालीहरुको संख्या जति छिटो कम हुन्छ त्यतिनै छिटो, सुरक्षित रूपमा अन्तर्राष्ट्रिय विद्यार्थीहरु फर्किएको मैले हेर्न चाहेको छु।"

अहिले सम्म एसीटी, नर्दर्न टेरिटोरी र साउथ अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थी भित्राउने लक्षका साथ् केहि परिक्षण कार्यक्रमहरुको पनि घोषणा गरिसकेका छन्। तर भिक्टोरियामा कोरोनाभाइरस सङ्क्रमितहरुको संख्या व्यापक मात्रामा बढे पछि अस्ट्रेलियाली राजधानी प्रदेशले आफ्नो उक्त योजना स्थगित गरेको थियो।

साथै गत हप्ता साउथ अस्ट्रेलियामा दुई दर्जन भन्दा बढीमा कोरोनाभाइरस पुष्टि हुँदा, त्यहाँ पनि विद्यार्थी भित्राउने कुरा अगाडी बढेन।
International students in Australia
International students in Australia Source: Getty Images
युनिभर्सिटिज अस्ट्रेलिया कि प्रमुख कट्रिओना ज्याक्सन भन्छन अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई सुरक्षित रूपमा अस्ट्रेलिया ल्याउन जरुरी रहेको छ।

"हामीले नियमित रूपमा भन्दै आएकाछौं कि अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई अस्ट्रेलिया फर्काउन सरकार, विश्वविद्यालय, स्वास्थ्य र अध्यागमन अधिकारीहरु बीच संयोजन हुन जरूरी रहेको छ," उनले एसबीएसलाई बताइन्।

"सुरक्षित अवस्थामा अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई हाम्रा क्याम्पसमा स्वागत गर्न हामी तत्पर छौं।"

भिक्टोरियाले आफ्नो होटेल क्वारेन्टिन व्यवस्था आगामी ७ डिसेम्बर देखि पुनः सुरु गर्ने तयारी गरिरहेको छ।

तर उक्त व्यवस्था अन्तर्गत प्रत्येक हप्ता उपलब्ध गराइने १,१२० क्वारेन्टिन स्थान मध्ये प्रायः अस्ट्रेलियालीहरुका लागिनै रहने प्रिमियर डानिएल एन्ड्रुजको भनाइ छ।

"अन्तर्राष्ट्रिय उद्योग हाम्रो सबै भन्दा ठुलो निर्यात उद्योग भएको बारे हामीलाई थाह छ त्यसैले हामीले सक्दो प्रयास गर्ने छौं," उनले आइतबारको आफ्नो पत्रकार सम्मेलनको क्रममा बताए।

"कति विद्यार्थीहरु कहिलेको लागि फर्कने बारे अहिले भन्न धेरै चांडो हुने छ।"

Share
Published 23 November 2020 4:39pm
Updated 12 August 2022 3:09pm
By Tom Stayner, SBS Nepali
Source: SBS

Share this with family and friends