"यहाँ बस्न गाह्रो भए आफ्नै देशमा फर्क": प्रम मोरिसनको अन्तर्राष्ट्रिय विद्यार्थीलाई सुझाव

कोरोना भाइरस सङ्क्रमणका कारण आर्थिक रूपमा असहज परिस्थितिमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो देशमा फर्किएर जाँदा नै राम्रो हुने बताएका छन्।

Scott Morrison's approval ratings have soared to the highest level for a national leader in more than a decade

Australian PM - Scott Morrison Source: AAP

कोरोना भाइरस सङ्क्रमणका सम्बन्धमा सरकारको कदमबारे जानकारी दिने उद्देश्यले आयोजना हुने नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्री मोरिसनले अन्य अस्थायी भिसाका सम्बन्धमा अध्यागमन मन्त्रीले हेर्ने भए पनि विद्यार्थीहरूको लागी देश फर्कनु नै उत्तम उपाय भएको बताएका हुन्।

अन्तर्राष्ट्रिय विद्यार्थी लगायत अस्थायी भिसामा रहेकाहरुले कोरोनाभाइरसका कारण सरकार द्वारा प्रदान गरिने आर्थिक सहायता पाउन नसक्नेबारे प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्रीको उक्त भनाइ आएको हो।
(प्रधानमन्त्रीले अन्तराष्ट्रिय विध्यार्थीहरूबारे गरेको सम्बोधन भिडियोको २३:४० मिनेट पछि हेर्न सक्नु हुनेछ।)
विद्यार्थी भिसा आवेदन हाल्दा नै उनीहरूले पहिलो वर्ष भरिको बसाइमा आर्थिक रूपमा आफूलाई सक्षम रहेको देखाउनु पर्ने नियम हुने भन्दै उनले फलस्वरूप सरकारले उनीहरूबाट त्यही किसिमको सक्षमताको अपेक्षा गर्ने बताएका छन्।

"अन्तर्राष्ट्रिय विद्यार्थीहरूको हकमा, सबै विद्यार्थीहरू जो अस्ट्रेलिया आएका छन् उनीहरूले यहाँ बसाइको पहिलो १२ महिनासम्म आफूलाई आर्थिक रूपमा सहायता गर्न सक्ने देखाउनु पर्छ। त्यो उनीहरूको भिसामा आवश्यक हुन्छ।त्यसैले त्यो सरकारको तर्फबाट गरिएको अनुचित अपेक्षा होइन।"

तर विद्यार्थी भिसा लगायत अन्य अस्थायी भिसामा रहेकाहरूलाई अस्ट्रेलियामा बस्न बाध्यकारी नभएको भन्दै उनले त्यसको विकल्प स्वरूप उनीहरू आफ्नो गृह राष्ट्रमा फर्केर जान सक्ने उनको भनाइ थियो।
Australian Prime Minister Scott Morrison has a selfie taken with Nepali community members during a visit to the Koondoola Community Centre in Perth SBS
Australian Prime Minister Scott Morrison has a selfie taken with Nepali community members during a visit to the Koondoola Community Centre in Perth Source: AAP Image/Richard Wainwright NO ARCHIVING
कोरोना भाइरस सङ्क्रमणका कारण आफ्नो नियमित आम्दानी गुमाएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पनि मेडीकेयर र राहत प्याकेजमा समावेश गर्न नेपाली समुदायबाट पनि यस अघि प्रधानमन्त्रीलाई आग्रह गरिएको थियो।
पत्रकार सम्मेलनमा कोरोना भाइरस सङ्क्रमणबारे जानकारी दिने क्रममा पत्रकारले बहु भाषी र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागी के व्यवस्था गरिन्छ भनी सोधेको प्रश्नमा प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको जिम्मेवारी आफ्नो सरकारले लिन नसक्ने आशय व्यक्त गरेका हुन्।

उनले पर्यटन भिसामा रहेकाहरूलाई पनि आफ्नै देशमा उचित व्यवस्थापन हुन सक्ने भन्दै अस्ट्रेलियाले अहिले यहाँका स्थायी भिसा भएका र नागरिकहरू माथि नै ध्यान केन्द्रित गर्ने बताएका छन्।

तर उनले यो सङ्कटको समयमा सहयोग गर्न सक्ने विद्यार्थी र अन्य अस्थायी भिसामा रहेकाहरूको लागी काम गर्न पाउने समयावधि बढाइएको बताएका छन्।
Students at a Nepali Language Class
Source: Lok Poudyel
विद्यार्थी नर्स तथा अन्य छोटो समयका लागी अस्ट्रेलिया आएका र अहिले आवश्यक रहेका क्षेत्रमा काम गर्न सक्ने कामदारहरूका लागी पनि अवसरहरू प्रदान गरिने उनको भनाइ रहेको छ।

"हामीले विद्यार्थी नर्सहरूको काम गर्न पाउने समय पाबन्दीलाई हटाएको छौँ। जस्तै करिब २० हजार थप विद्यार्थी नर्सहरू हाम्रो स्वास्थ्य सेवामा उपलब्ध हुने छन् त्यो एकदम महत्त्वपूर्ण छ। ब्याकप्याकर डाक्टर तथा नर्सहरू वा हामीलाई अहिले आवश्यक रहेको क्षेत्रमा काम गर्न सक्नेहरूका लागी पनि अवसर हुने छ।"

 


Share
Published 3 April 2020 5:14pm
Updated 4 April 2020 3:07pm
By SBS Nepali
Source: SBS


Share this with family and friends