भिक्टोरियाली व्यावसायहरुका लागि राज्य सरकारको पछिल्लो आर्थिक राहत सहयोगमा के छ?

भिक्टोरियामा सुरु भएको पछिल्लो लकडाउनका कारण प्रभावित मानिसहरुको सहयोगका लागि एक नयाँ जबकीपर तलब भुक्तानी योजना सुरु गरिनुपर्ने राज्य सरकारको आग्रहलाई प्रधानमन्त्री स्कट मोरिसन ले अस्विकार गरेका छन्।

Empty seats at cafe in Melbourne on 27 May 2021. Victoria is undergoing its fourth lockdown in 15 months.

維州再度封城 Source: AAP

भिक्टोरियामा लागु गरिएको पछिल्लो लकडाउनका कारण प्रभावित भएका स्थानिय व्यावसायी र उधमीहरुको सहयोगका लागि भन्दै राज्य सरकार द्वारा २५० मिलियन डलरको राहत प्याकेजको घोषणा गरिएको छ।

गत २८ मे को मध्यरात देखि आगामी जुन ३ को मध्यरात सम्मको लागि घोषणा गरिएको सात दिने "सर्किट ब्रेकर" लकडाउनका कारण प्रभावित भएका झन्डै ९० हजार व्यावसायहरुलाई उक्त सहायता प्रदान गरिने राज्यका कार्यबाहक प्रिमियर जेम्स मर्लिनो ले बताएका हुन्।
आइतबार आयोजना भएको एक पत्रकार सम्मेलनमा नयाँ आर्थिक प्याकेजको घोषणा गरेका मर्लिनोका अनुसार व्यावसायहरुलाई २५०० डलरको राहत अनुदान प्रदान गरिने जसको लागि कुल १९० मिलियन डलर खर्च हुने छ।

जसअन्तर्गत मदिरा र खाना बेच्ने अनुमति पाएका व्यावसायहरुका लागि ४०.७ मिलियन डलरको लागतमा ३५०० डलर सम्मको आर्थिक सहयोग प्रदान गरिने सरकारको भनाइ छ।

कार्यक्रम आयोजनामा संलग्न व्यवसायहरुको सहयोगका लागि चाहिं २० मिलियन डलर खर्च गरिने पनि भिक्टोरिया सरकारले बताएको छ।
भिक्टोरियाका ट्रेजरर टिम पालास का अनुसार ७ दिन लकडाउनका कारण आर्थिक सहायता पाउन योग्य रहनेहरुमा एकल उधमीहरुका साथै साना र मध्यम वर्गीय व्यावसायीहरु पनि छन्।

साथै आफ्ना संघीय सहकर्मी बाट केहि सहयोग नपाएको भन्दै मोरिसन सरकारको उनले आलोचना गरेका थिए।

"छोटो समयका लागि लागु हुने लकडाउन अन्तर्गत हुने खर्च राज्य सरकारले नै बेहोर्नु पर्ने सङ्घीय सरकारको बिचार रहेको छ," उनले भने।

टिम पालासका अनुसार राज्य सरकारको पछिल्लो राहत घोषणा गत फेब्रुवरी को लकडाउनको क्रममा गरिएको भन्दा ठुलो रहेको छ।

"यो राज्य र यस राष्ट्रका कुनै पनि राज्य ले अहिले सम्म घोषणा गरेको भन्दा धेरै अनुपातको रहेको छ।"
Australian federal government refuses to provide financial assistance to Victoria
Federal Treasurer Josh Frydenberg - Victorian Treasurer Tim Pallas Source: AAP / AAP -James Ross
भिक्टोरियाली सरकारका अनुसार पछिल्लो लकडाउनका कारण राज्यको अर्थतन्त्रमा ७०० मिलियन डलरको घाटा हुने अनुमान गरिएको छ। तर आगामी बिहीबार लकडाउनको म्याद थप गरिए के हुने छ भन्ने प्रश्न तर्फ चाहिं ट्रेजरर जान चाहेनन्।

राज्य सरकार द्वारा घोषणा गरिएको पछिल्लो राहत सहायताको उद्योग व्यावसायीहरुको प्रतिनिधित्व गर्ने राष्ट्रिय समुह द्वारा स्वागत गरिएको छ।

अस्ट्रेलियन इण्डस्ट्री ग्रुपका भिक्टोरियाली प्रमुख टिम पाइपर भन्छन, "लकडाउनको म्याद थपिए व्यावसायहरुको खर्च धान्न सरकारको पछिल्लो राहत सहयोग एकदमै कम साबित हुने छ।"
भिक्टोरियाली उद्योग बाणिज्य संघका कार्यकारी प्रमुख पौल गुएरा ले पनि जबकीपर तलब भुक्तानी जस्तै कुनै नयाँ सहायक योजना सङ्घीय सरकार द्वारा सुरु गरिनपर्ने बताएका छन्।

"सन् २०२० मा जब अस्ट्रेलियालीहरुलाई सहायता चाहिएको थियो, तब राज्य र संघीय सरकार दुबैले त्यसो गरेका थिए। अहिले भिक्टोरियालीहरुलाई सङ्घीय सरकारले एक्लो छाड्न मिल्दैन," गुएरा ले भने।
Prime Minister Scott Morrison addresses media
Prime Minister Scott Morrison addresses media during a press conference in Sydney, Tuesday, April 27, 2021. Source: AAP
प्रधानमन्त्री स्कट मोरिसनले चाहिं आफ्नो सरकारले भिक्टोरियाको लागि ४५ बिलियन डलरको आर्थिक सहयोग प्रदान गरिसकेको जोड दिंदै, पछिल्लो लकडाउनका कारण प्रभावित व्यावसायहरुको सहयोग गर्ने जिम्मा राज्य सरकारले नै लिनुपर्ने बताएका छन्।

"तर हामीले महामारी बिदा भुक्तानी, आपतकालीन नगद सहायता र सामाजिक सुरक्षा व्यवस्था मार्फत भिक्टोरियालीहरुको सहयोग गर्ने कामलाई जारी राख्ने छौं," मोरिसन ले भने।

"क्वीन्सल्याण्ड र वेस्टर्न अस्ट्रेलियामा पनि यस्तै अवस्था रहंदा, ती दुबै राज्यका सरकारहरुले यसबारे (सहायता) जिम्मा लिएका थिए, जसका लागि उनिहरुको प्रसंसा गर्दछु," प्रधानमन्त्री को भनाइ छ।


Share
Published 31 May 2021 1:12pm
Updated 31 May 2021 1:17pm
By SBS Nepali
Source: SBS News


Share this with family and friends