"खोप राहदानी" ले यो वर्ष कोरोनाभाइरस प्रभावित अन्तर्राष्ट्रिय यात्रा सुरु गराउला?

Departing passengers make their way to the domestic terminal in Brisbane airport in December 2020.

Brisbane airport Source: AAP

अस्ट्रेलियाले आफ्नो सीमा सन् २०२१ मा पनि बन्द नै रहने सङ्केत गर्दा एयर न्यूजील्याण्डले भने सीमा खुले पछि यात्रुको स्वास्थ्यको बारेमा छिटो जानकारी हुने उद्देश्य सहित "अनलाइन राहदानी" को परीक्षण गर्ने तैयारीमा रहेको छ ।


विश्वका अधिकांस  मुलुकमा कोरोना भाइरस खोप कार्यक्रम सुरु भएता पनि यस वर्षको अन्त्य सम्म पनि अन्तर्राष्ट्रिय सीमा खुल्ने कुरा भने अन्योल नै रहेको छ ।

अस्ट्रेलियाका सङ्घीय स्वास्थ्य सचिव ब्रेन्डन मर्फीले यस वर्षको अन्त्य सम्म पनि अस्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा खोल्ने  सम्भावना निकै न्यून रहेको बताएका छन् ।

ब्रेन्डन मर्फीले सोमबार भने की अस्ट्रेलिया आउने र यहाँबाट बाहिर जाने सुविधा यो वर्ष सम्भावना कमै छ ।

“मलाई लाग्छ कि हामी यस वर्षको अधिकांस  समय सीमा प्रतिबन्धमै रहनेछौ ।”

“धेरै जनसङ्ख्याले खोप लगाए पनि हामीलाई थाहा छैन कि त्यसले भाइरसको सङ्क्रमणलाई रोक्छ की रोक्दैन । ”
Avião chegou a sair de Campinas com destino a Mumbai, mas ficou na escala em Recife.
Avião chegou a sair de Campinas com destino a Mumbai, mas ficou na escala em Recife. Source: Pixabay Andy Choinski
अस्ट्रेलियाको सीमा गत वर्षको मार्च महिना देखि नै अन्तर्राष्ट्रिय यात्रुका लागि बन्द रहेको छ ।

हाल विदेशमा फसेका अस्ट्रेलियाली पी आर धारी र नागरिकका लागि सीमा खुले पनि अझै हजारौँ अस्ट्रेलियाली विदेशमै फसिरहेका छन् ।

यता अन्तर्राष्ट्रिय सीमा खुल्ने प्रतीक्षामा रहेका विमान कम्पनीहरू मध्ये एयर न्यूजील्याण्डले परीक्षणमा ल्याउन लागेको नयाँ भर्चुअल राहदानीले अन्तर्राष्ट्रिय सीमा खुलेपछि यात्रुहरूको स्वास्थ्य जानकारी प्राप्त गर्नका लागि सहज हुने बताएको  छ ।

अकल्याण्ड र सिड्नीका बिच हुने उडानमा भर्चुअल पासर्पोटको परीक्षण गरिने विमान कम्पनिले बताएको छ ।

“भ्याक्सीनेसन पासपोर्ट” नाम दिइएको उक्त पार्सर्पोटले यात्रुहरूको स्वास्थ्य सम्बन्धी जानकारीहरू एकै ठाउँमा समेट्ने छ ,जहाँ यात्रुले खोप लगाए नलगाएको बारेमा पनि जानकारी राखिनेछ ।
The tails of a Qantas plane and an Air New Zealand plane at Sydney Airport.
Air New Zealand aims to trial the pass on flights between Auckland and Sydney, beginning in April. Source: AFP
एयर न्यूजील्याण्डका प्रमुख डिजिटल अफिसर जेनीफर सेपुल भन्छन्  “यो डिजिटल स्वास्थ्य सटीफिकेट जस्तो हुनेछ, जुन विमान कमपनिहरुका बिच सहजै हस्तान्तरण हुन सक्छ । ”

उक्त योजना अन्तर्राष्ट्रिय एयर ट्रान्सर्पोट एसोसिएसनले तैयार पारेको एपमा निर्भर हुनेछ । इतिहाद र एमिरेट्सले पनि उक्त योजनामा परीक्षण गर्न तैयार रहेको पत्रमा हस्ताक्षर गरिसकेका छन् ।

एयर न्यूजील्याण्डले भने आगामी अप्रिलमा सिड्नी र अकल्याण्ड बिचको उडानमा परीक्षण गर्ने लक्ष्य राखेको छ ।

Share