खोप कार्यक्रम प्रवर्द्धन गर्न धार्मिक अगुवाहरू एकजुट

Religious and multicultural leaders gather to get their COVID vaccinations

Religious and multicultural leaders gather to get their COVID vaccinations Source: SBS

Get the SBS Audio app

Other ways to listen

जुनसुकै धार्मिक पुष्टभुमीको भएता पनि खोपले कोभिड-१९ बाट हुन सक्ने गम्भीर किसिमको रोगबाट बचाउने भएकाले राज्य सरकारले सामुदायिक अगुवाहरू सँग मिली खोप कार्यक्रमको प्रबद्र्न गरिरहेको छ ।


एउटा बिरलै देखिने अवसर जहाँ जनस्वास्थ्यका विषयमा जनचेतना फैलाउन विभिन्न धार्मिक अगुवाहरू एकै स्थानमा भेला भएका छन् ।

सिड्नीमा दर्जनौँ धार्मिक एवम् सामुदायिक अगुवाहरूले एकै ठाउँमा भेला भएर कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

उनीहरूले  खोप कार्यक्रमका बारेमा जनचेतना फैलाउन सरकार सँग सहकार्य गर्ने भएका छन् ।

विविध समुदायका ३० भन्दा बढी अगुवाहरू न्यु साउथ वेल्स सरकारको खोप प्रवर्द्धन कार्यक्रममा सहयोग गर्न उपस्थित भएका छन् ।

पारामाटाका क्याथलेक बिसप लङ्ग भान नाईगुन सबैलाई खोप कार्यक्रममा सहभागी हुन अनुरोध गर्छन् ।
Archbishop Makarios vaccination
Archbishop Makarios received the second dose of the COVID-19 vaccine on Saturday 8 May. Source: Greek Orthodox Archdiocese of Australia
धार्मिक कारणले खोप कार्यक्रममा सहभागी हुने हिचकिचाहट सँग प्रतिरोध गर्न पनि अगुवाहरू भेला भएका छन् ।

सिड्नीका हिन्दु पण्डित रामचन्द्र आथरीया खोप लगाउनु उनको आस्था सँग मेल खाने बताउँछन् ।

उनको भनाइमा उनको धार्मिक निष्ठा अनुसार स्वास्थ्यको कारण बाहेक अन्य कारणले खोप नलगाई रोग लिएर हिँड्ने हो भने त्यो नै सबैभन्दा ठुलो पाप हो ।

द ग्रेट सिनेगगाका डाक्टर रब्बि एल्टन खोप लगाउनका फाइदाहरूका बारेमा जानकारी दिई रहेका थिए ।

यसमा राज्यकी प्रिमीयर ग्लेडीज बेरीजिक्लीएनको पनि स्वीकारोक्ति छ ।

उनी भन्छिन् “हाम्रो समुदायले खोप लगाउनुको मतलब न्यु साउथ वेल्स राज्यलाई सुरक्षित राख्नु हो,हाम्रो प्यारा मानिसहरूलाई सुरक्षित राख्नु र सामान्य तरिकाले जीवन जिउनलाई निरन्तरता दिनु हो । ”
NSW Premier Gladys Berejiklian pictured with various community and religious leaders on Wednesday.
NSW Premier Gladys Berejiklian pictured with various community and religious leaders on Wednesday. Source: Lucy Murray / SBS News
बहुसांस्कृतिक समुदायका घेरै सदस्यहरू स्वास्थ्य क्षेत्रमा अग्रणी भूमिकामा रहेका छन् ।

स्वास्थ्यकर्मी मध्ये ३७ प्रतिशत विदेशमा जन्मिएका र २८ प्रतिशतले अङ्ग्रेजी बाहेकको भाषा बोल्ने गरेको तथ्याङङले देखाउन् ।

न्यु साउथ वेल्स राज्यका बहुसांस्कृतिक मन्त्री जेफ लि भन्छन् उनले कि बेला बेलामा सामुदायिक अगुवाहरू सँग उनको भिडीया कन्फरेन्स मार्फत कुराकानी भइरहेको हुन्छ ।

विज्ञहरू विभिन्न सामाजिक सञ्जालमा खोपलाई लिएर फैलाइएका भ्रमहरू चिर्न केही गर्नु पर्ने जरुरी रहेको बताउँछन् ।

डाक्टर अबेला महीम्बो युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीका जनस्वास्थ्य विषयका शिक्षिका हुन् ।

उनी भन्छिन् “यदि खोप प्रति शङ्का उत्पन्न भएको छ भन्ने उनीहरूले भाषिक वा अन्य केही अवरोधका कारण मूलधारका मिडिया सँगको पहुँच बढाइरहेका हुदैनन बरु सामाजिक सञ्जालमा आएका सूचनाहरूमा निर्भर भई रहेका हुन्छन् ।”



Share