'छोराछोरीलाई उनीहरूले चाहेको खेलकुदमा प्रोत्साहित गर्नुहोस्': अस्ट्रेलियाको नेपाली समुदायमा 'फूटी'

Aditi Kandel plays in the U-14 team for the Mitcham Tigers in Melbourne.

Aditi Kandel (left) plays in the U-14 team for the Mitcham Tigers in Melbourne. Credit: Supplied: Keshav Kandel

भिक्टोरियाका सबैभन्दा चर्चित खेलहरू मध्य एक हो - 'फूटी', अर्थात् एएफएल पनि भनेर चिनिने अस्ट्रेलियन रुल्स फुटबल। यो खेलको फाइनलका लागि राज्यमा हरेक वर्ष एएफएल ग्रान्ड फाइनल परेड आयोजना गरिन्छ र सो दिनमा सार्वजनिक बिदा पनि हुने गरेको छ। यस वर्ष एएफएलको पुरुष तर्फको लिगको फाइनल खेल शनिवार, ३० सेप्टेम्बरमा हुँदै छ। अस्ट्रेलियाको नेपाली समुदायमा चाहिँ एएफएल खेल्ने चलन कत्तिको छ, र यसले स्थानीयहरूसँग घुलमिल गर्ने कस्तो मौका दिन्छ? मेलबर्नको मिच्याम टाइगर्स क्लबबाट खेल्ने अदिति कँडेल तथा उनका बुवा केशव कँडेल र आमा बनिता कँडेलसँगको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।





Share