“कुनै पनि आमाले आफ्ना सन्तानले आत्महत्या गरेको सुन्नुनपरोस”

Ganga devi and husband kishore who lost their only son Swadesh to suicide.

Ganga devi and husband kishore who lost their only son Swadesh to suicide. Source: suppiled

Get the SBS Audio app

Other ways to listen

आफ्नो एक मात्र सन्तान स्वदेशले “आत्महत्या”को बाटो रोजेपछि गङ्गादेवी र उनका पति किशोर समाजमा तनाव र डिप्रेसनमा परेका थुप्रै सन्तानहरूलाई बचाउने कोसिसमा छन् ।


“अब देखि कुनै पनि आमाले आफ्ना सन्तानले आत्महत्या गरेको सुन्नुनपरोस”

गङ्गादेवी उप्रेतीले यो वाक्य बोल्दै गर्दा, आफ्नो एक्लो सन्तान गुमाएको पिडा असहिय थियो ।
 
सन्तानको उज्ज्वल भविष्यको कामना गदै ऋण-धन गरेको लाखौँ रुपैयाँ खर्च गरेर उनले आफ्नो मुटुको टुक्रालाई कोशौ टाढा उज्ज्वल भविष्यको कामना गदै पठाएकी थिइन् ।
 
तर पछि जुन समाचार उनले सुनिन, त्यस पछि जीवन पहिले जस्तो रहेन ।
Ganga devi upreti
Source: Supplied

अस्ट्रेलियामा यो वर्ष मात्र ६ जना नेपाली बिद्यार्थीहरुले आत्म हत्या गरेको तथ्याङ्कले देखाउँछ ।
 
विशेष गरी पढाइको  तनाव, कलेजमा प्रत्येक ६–६ महिनामा बुझाउनु पर्ने हजारौँ डलरको फिस अनि नेपालमा बाउआमाको अपेक्षाका बिच जीवनमा अगाडी बढ्ने तालमेल नमिल्दा बिद्यार्थीहरुमा तनावको सिर्जना हुन्छ ।
 
र यही तनावको सही समयमा पहिचान र निदान नहुँदा यसले ठुलो दुर्घटनाको सिर्जना गर्छ ।
 
यसो त गङ्गा देवी उप्रेती पनि आफ्नो सन्तानले  डिप्रेसनको सङ्केत देखाइरहँदा सहयोग नपाएको बताउँछिन्  ।

“ऊ डिप्रेसनबाट गुज्रिरहँदा साथीभाइ,आफन्त वा उसका वरपरका मान्छेले हौसला वा प्रेरणा दिएनन् ।”
 
उनी भन्छिन् स्वदेशले आफू मानसिक रूपमा कमजोर भएको सङ्केत देखाइरहेको थियो ।

“घर आउँछु भन्दा पनि हामीले रोक्यौ ।” यही कुरा उनीहरूलाई अहिले सबैभन्दा पछुतो लाग्छ ।

अस्ट्रेलियामा नेपाली समुदायमा मानसिक रोगको पहिचान र यसबाट गुज्रिरहेको व्यक्तिलाई कसरी सहयोग गर्ने भन्ने कुराको ज्ञानको कमी छ ।
 
मानसिक रोगबाट गुज्रिरहेका व्यक्तिहरूले कस्ता लक्षण देखाउँछन् र ती लक्षण भए कसरी उसलाई सहयोग गर्ने भन्ने कुराको थोरै मात्र ज्ञान भए पनि अरूलाई सहयोग गर्न सकिने निकै लामो समयदेखि अस्ट्रेलियाका नेपाली आप्रवासी र बिद्याथीहरुका लागि निःशुल्क मेन्टल हेल्थ फस्ट एड तालिम सञ्चालन गरिरहेका भरत नेपाल बताउँछन् ।
 Bharat Nepal, at the Mental Health First Aid Course conducted by Australia Nepal Public Link on 21 and 22 November 2020 in Kogarah, Sydney
Bharat Nepal, at the Mental Health First Aid Course conducted by Australia Nepal Public Link on 21 and 22 November 2020 in Kogarah, Sydney Source: Supplied
“हामीले मानसिक रोगको पहिचान कसरी गर्ने र यसबाट कोही गुज्रिरहेको भए कसरी सहयोग पुर्‍याउने भन्ने बारेमा तालिम दिन्छौ ।” उनले भने ।

मनोचिकित्सक अनुपम पोखरेल मानसिक रोगले विभिन्न लक्षण देखाउने बताउँछन् ।
 
डराउने, आत्मबल कम भएको जस्तो,कुनै काम गर्दा अरूले केही भन्छ कि भनेर अघि बढ्न हिच्किचावट हुने जस्तो लगातार भएमा र यसले दैनिक क्रियाकलापमा असर गरे काउन्सीलिङ वा चिकित्सकमा जानु पर्ने उनी बताउँछन् ।
 
“कतिपय अवस्थामा मानसिक समस्याबाट गुज्रिरहेका मानिसलाई आफूलाई के भएको छ भन्ने थाहा नभएको हुन सक्छ यस्तो अवस्थामा नजिकका मान्छेहरूले वा साथीभाइले उसको अवस्था हेरी सहयोग पुर्‍याउनु पर्दछ” उनले भने ।
Dr.Anupam Pokharel
Dr.Anupam Pokharel Source: Supplied
“नेपाली समुदायमा मानसिक स्वास्थ्य सम्बन्धी जागरण बढाउनका लागि विभिन्न कार्यक्रम गरी रहेका छौ, र अहिले हाम्रो समुदायमा मानसिक रोगलाई लिएर जागरुपमता बढेको देखिन्छ ” डाक्टर पोखरेलले एस बि एस नेपाली सँग भने ।

“फाउन्डेसन खोलेर जनचेतना फैलाउदैछौ”
 
गङ्गादेवी र उनका पति किशोर मिलेर हाल स्वदेश फाउन्डेसन नामको संस्था दर्ता गरेका छन् ।
 
आफ्ना सन्तानको नाममा दर्ता भएको फाउन्डेसनले पढाइका लागि विदेश जाने क्रममा रहेका बिद्यार्थीहरु र मानसिक समस्या भोगिरहेका त्यहीका विद्यार्थीलाई काउन्सीलिङ गर्ने उद्देश्य राखेको छ ।
ganga devi and his late son swadesh
Source: Supplied

 
“डिप्रेसन भएका बिद्यार्थीहरुलाई काउन्सीलिङ गर्‍यौ भने २ –४ जनालाई भए पनि बचाउन सक्छौ कि भन्ने उद्देश्य छ ।” उनले भनिन् ।

र  गङ्गादेवी र किशोर उनीहरूको उद्देश्यमा अरूहरूको पनि साथ खोजिरहेका छन् ।

यदि तपाई कुनै मानसिक स्वास्थ्यको समस्या भोगिरहनु भएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ - Lifeline: 13 11 14, Suicide Call Back Service: 1300 659 467 र ५ वर्ष देखि २५ वर्षका व्यक्तिहरूको लागि Kids Helpline: 1800 55 1800

थप जानकारीका लागि BeyondBlue.org.au तथा lifeline.org.au मा जानुहोस्।

Embrace Multicultural Mental Health नामक सङ्गठनले पनि सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई समर्थन प्रदान गर्दछ।



Share