सरकारी आर्थिक सहायता बन्द भए व्यवसायमा असर पर्नसक्ने सिड्नीका केहि नेपाली व्यवसायीहरुको चिन्ता

Yubaraj Bhattarai in Sydney runs a mobile phone shop

Yubaraj Bhattarai in Sydney runs a mobile phone shop Source: Yubaraj Bhattarai

Get the SBS Audio app

Other ways to listen

किराना पसल देखि क्याफे, रेस्टुरेन्ट, मोबाइल पसल, फङसन सेन्टर लगायतमा क्षेत्रमा हाल हालेका नेपाली व्यसायीहरु जबसिकर र जबकिपर जस्ता आर्थिक सहायता भत्ता बन्द भएपछि व्यवसायमा स्थिति गम्भीर हुनसक्ने अनुमान गरेकाछन्।


अस्ट्रेलियामा कोभिड महामारी पछि आएको मन्दीले ठुलो असर पार्ने आङ्कलन गरिँदै गर्दा विभिन्न व्यवसायमा संलग्न नेपाली समुदायमा भने यसको मिश्रित असर देखिएको बताउँछन् ।

किराना पसल देखि क्याफे, रेस्टुरेन्ट, मोबाइल पसल, फङसन सेन्टर लगायतमा क्षेत्रमा हाल हालेका नेपाली व्यसायीहरु हाल सरकारले दिँदै आएको आर्थिक सहयोगका कारण त्यति ठुलो समस्या नदेखिए पनि जबसिकर र जबकिपर जस्ता सहायता भत्ता बन्द भएपछि भने स्थिति गम्भीर हुनसक्ने अनुमान लगाउँछन् ।

विगत ३ वर्ष देखि मेनाईमा कपर पट रेस्टुरेन्ट सञ्चालन गरिरहेका विष्णु निहुरी भन्छन् कि हाल टेक अवे र होम डेलिभरीका कारण अवस्था त्यति नराम्रो भइसकेको छैन तर आउँदो मार्च पछि सरकारले जब आर्थिक सहयोग बन्द गर्नेछ त्यसपछि भने अवस्था गम्भीर हुन सक्छ।

सरकारले कतिपय व्यापारहरूलाई आर्थिक  सहयोग गरिरहेको छ । तर यस्तो आर्थिक सहयोग आउँदो मार्चका सम्मका लागि मात्र भएकाले त्यसपछि अवस्था भने गम्भीर हुनसक्ने नेपाली व्यवसायिहरुको अनुमान छ ।
nepali business
Copperpot Restaurant in Menai Source: Copperpot Restaurant
कोरोना महामारीका कारण २८ वर्षपछि अस्ट्रेलिया आर्थिक मन्दीमा फसेको छ ।

गत महिना अस्ट्रेलियाली तथ्याङ्क विभागले सार्वजनिक गरेको आँकडा अनुसार जुन महिनाको त्रैमासिक अवधिमा राष्ट्रिय अर्थतन्त्र ७ प्रतिशतले र त्यसभन्दा अगाडीको तीन महिनामा देशको कुल गृहस्थ उत्पादन ०.३ प्रतिशतले घटेको छ र यसलाई कोभिड मन्दीको संज्ञा दिइएको छ ।
रकडेल स्थित कफी ड्रप नामक कफी सप सञ्चालन गरी रहेका सुदिन के सिको भनाई पनि उस्तै छ।

आउँदो वर्षको मार्च महिना सम्म सरकारले जब किपर र जवसिकर जस्ता आर्थिक साहयतालाई निरन्तरता दिने भए पनि त्यसपछि भने व्यापारमा निकै ठुलो गिरावट आउन सक्ने उनको अनुमान छ ।

उनी भन्छन् “मन्दीका कारण पैसा भएका मानिसहरूले पनि खर्च कम गरेका छन् यस्तो अवस्थामा कामदार कम राखेर आफै काम गर्ने वा सञ्चालन खर्च कटौती गर्ने हो। ”
यता काल्र्टनमा मायालु मिनी मार्केट सञ्चालन गदै आई रहेकी निकिता भण्डारीले भने कोभिडका कारण अन्य क्षेत्रमा असर गरेको भए पनि किराना पसलमा भने खासै असर नगरेको बताइन्।

ग्रोसरी आधारभूत आवश्यकता भएका कारण पनि आफ्नो व्यवसायमा असर नपरेको उनको भनाई छ ।
mayalu mini mart
Source: Facebook
रकडेलमा एभरेस्ट कम्युनिकेसन नामक मोबाइल पसल सञ्चालन गरिरहेका युवराज भट्टराई आफ्नो व्यवसाय नितान्त रूपमा अन्तर्राष्ट्रिय बिद्यार्थिहरुमा भर पर्ने भएकाले आफ्नो व्यवसायमा ठुलो असर परिरहेको बताए ।

उनी भन्छन् “ बाहिरबाट बिद्यार्थीहरु आउने क्रम नघटेको भए हाम्रो व्यवसायमा कमी आउने थिएन।”यता उबर ड्राइभरका रूपमा काम गर्ने नवीन पौडेल भन्छन् कोरोनाका कारण उनको कमाई पहिले भन्दा निकै कम भएको छ ।

हप्ता भरी काम गर्दा चार पाँच सय भन्दा बढी नबन्ने गरेको बताए ।

उनी भन्छन् “आउने दिनमा पर्ने असरका बारेमा आफू अहिले नै तैयारी अवस्थामा नरहे पनि हालको दिनमा आर्थिक हिसाबले आफू अगाडी बढ्न सकेको छ्रन्।”

नेपाली व्यवसायीहरूले मन्दीको समयमा व्यवसायलाई निरन्तरता दिनका लागि आफ्नो खर्चमा कटौती गर्ने र व्यवसायका नयाँ क्षेत्रमा लगानी गर्नु पर्ने बताउँछन् ।

अधिकांश नेपाली व्यवसायी अस्ट्रेलियाली अर्थतन्त्रमा मन्दीको निकै ठुलो असर नगर्ने कुरामा भने ढुक्क छन् ।
Coronavirus Shopping Infographics Nepali COVID-19
Source: SBS Nepali
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी  उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्: 




Share