अस्ट्रेलिया बुझ्नुहोस्: बहुमूल्य जलस्रोत र अद्वितीय जलवायु

Lake Eildon was built in the 1950's to provide irriga

Lake Eildon was built in the 1950's to provide irrigation water for the Goulburn Valley Credit: Construction Photography/Avalon/Getty Images

अस्ट्रेलिया मानव बसोबास भएका महाद्वीपहरूमध्ये सबैभन्दा सुख्खा महाद्वीप हो। यहाँ तापक्रम, वर्षा, र मौसमी ढाँचामा विभिन्न जलवायु क्षेत्रहरूका बिचमा महत्त्वपूर्ण भिन्नताहरू छन् र त्यो पनि बर्षेनी परिवर्तन हुन सक्छन्।


मुख्य बुँदाहरूः
  • अस्ट्रेलिया जीव बसोबास भएका महाद्वीपहरूमा सबैभन्दा सुक्खा हुँदा खडेरी हुनु सामान्य हो जसले तातो मौसम र डढेलोको जोखिम ल्याउँछ।
  • अस्ट्रेलियामा धेरै फरक जलवायु क्षेत्रहरू छन्, जसलाई तापक्रम र आर्द्रता, वनस्पति, र मौसमी वर्षामा देखिने भिन्नताका आधारमा वर्गीकृत गरिएको छ।
  • अस्ट्रेलियामा पानी बहुमूल्य छ, कमजोर पारिस्थितिक प्रणाली जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, भूमि अतिक्रमण र अन्य गहन मानव गतिविधिहरूले यसलाई खतरामा पारेका छन्।
देशको उत्तर तिरको निकै गर्मी हुने वा उष्ण प्रदेशिय क्षेत्र होस् वा दक्षिण तर्फको अलि शालीन समशीतोष्ण, अस्ट्रेलियाले धेरै चरम मौसमहरूको अनुभव गर्छ।

यस्ता मौसमी अवस्थाहरूमा चक्रवात, बाढी, तातो हावा चल्ने वा ‘हिट वेभ’ र खडेरी पर्छन्।

यसलाई पानीको अभावले कमजोर बनाएको छ।

साथै जलवायु परिवर्तन, डढेलो र खडेरीले यहाँको वातावरणलाई थप जोखिममा पारेका छन्।

एक विशाल देश भएकाले अस्ट्रेलियामा तपाईँ बस्नुभएको भौगोलिक स्थानको आधारमा यहाँका परिदृश्य, जलवायु र मौसमी अवस्थामा उल्लेखनीय भिन्नता पाइन्छ।

सन् १९०० को प्रारम्भमा अस्ट्रेलियन कवि ले आफ्नो प्रसिद्ध कविता 'माई कन्ट्री' लेखेकी थिइन्, जसमा उनले यस भूमिको सुन्दरता र उजाडताको बारेमा यस्तो भनेकी थिइन् :

“I love a sunburnt country,
A land of sweeping plains,
Of ragged mountain ranges,
Of droughts and flooding rains…”

"आई लभ अ सन्बर्न्ट कन्ट्री

अ ल्यान्ड अफ स्वीपिङ प्लेन्स्,

अफ र्‍यागेड माउन्टेन रेन्जेस्,

अफ ड्राउट्स एन्ड फ्लडिङ रेन्स्...”

समथर भूमि, चुच्चा-चुच्ची भएका पर्वतहरू साथै खडेरी र बाढी नै निम्त्याउने गरी पानी पर्ने तर घामले डढेको मेरो देशलाई म माया गर्छु, भन्ने अर्थ बोकेको यस कविताले अस्ट्रेलियामा पाइने विविधतालाई प्रस्ट्याएको छ।

अस्ट्रेलियाको यो विवरण आज सम्म सत्य रहेको अस्ट्रेलियाको मौसम विभाग वा ब्युरो अफ मिटियोरोलोजीकि एक वरिष्ठ मौसमविद् क्याथरिन ग्यान्टर बताउँछिन्।

"अस्ट्रेलिया खडेरी, बाढी नै आउने गरी पानी पर्ने देश भनेर चिनिन्छ। यहाँ वर्षौँसम्म खडेरी हुन सक्छ, जसले तातो गर्मी मौसम ल्याउँछ र डढेलोको जोखिम बढाउँछ," उनले भनिन्।

"त्यस्तै यहाँ महिनौँसम्म भारी वर्षा पनि हुन सक्छ जसले व्यापक बाढी निम्त्याउने, उत्तरी अस्ट्रेलियाभरि, वर्षाको मौसममा उष्ण प्रदेशीय चक्रवातहरूको पनि जोखिम हुने र अस्ट्रेलियनहरूले सामना गर्न सक्ने अन्य चरम मौसमहरूमा मेघ गर्जन र असिना पर्न सक्ने अवस्थाहरू पनि समावेश भएको छ।"

The stark landscape of the Monaro Tablelands which is one of 19 ecosystems collapsing in Australia - Image Greening Australia.JPG
The stark landscape of the Monaro Tablelands which is one of 19 ecosystems collapsing in Australia - Image Greening Australia. Credit: Annette Ruzicka

चरम मौसमी घटनाहरू

अस्ट्रेलियामा अनुभव गर्न सकिने चरम मौसमी अवस्थाका पछाडि धेरै कारकहरू रहेको ग्यान्टरको भनाइ छ।

उनी भन्छिन् सुख्खा मौसमी अवस्थाको सिर्जना गर्ने एल निन्यो र गर्मी महिनामा औसत भन्दा बढी वर्षाको स्थिति ल्याउने ला निन्या जस्ता दुई जलवायु चालकहरूले यी चरम मौसमी घटनाहरूको सम्भावना बढाउन सक्छन्।

"त्यसै गरी जलवायु परिवर्तनले पनि हामीले चरम मौसमको अनुभव गर्ने सम्भावनालाई बढाइरहेको छ।"

भए पनि अस्ट्रेलियाले विश्वको कुल क्षेत्रफलको पाँच प्रतिशत मात्र ओगटेको छ।
Australian climate zones based on temperature and humidity - credit BOM.png
Australian climate zones based on temperature and humidity - credit BOM.png
"अस्ट्रेलिया भूमध्य रेखाको नजिकको न्यानो उष्ण प्रदेशीय क्षेत्रहरूबाट फैलिएर चिसो मध्य-अक्षांशसम्म समेट्ने जमिनको ठुलो हिस्सा हो। घाम, मौसमको ढाँचा, वर्षा, र जमिनको बनावट देशैभर धेरै फरक छन्। यस भिन्नताको आधारमा, देशभरमा धेरै फरक जलवायु क्षेत्रहरू छन्," ग्यान्टर भन्छिन्।

यी जलवायु क्षेत्रहरूलाई वर्गीकृत गर्नमा केही कुराहरूलाई ध्यानमा राखिन्छ।

जसमा तापमानका साथ साथै ह्युमिडिटी भनिने वाष्पीकरण भएर वातावरणमा पाइने पानीका कण वा आर्द्रता पनि पर्छ।

त्यस्तै वनस्पति, र मौसमी वर्षामा पाइने भिन्नताका आधारमा जलवायु क्षेत्रहरूलाई वर्गीकरण गर्न सकिन्छ। र अस्ट्रेलियाको मौसम देशका विभिन्न भागहरूमा भिन्न हुन्छ।

"अस्ट्रेलिया दक्षिणी गोलार्धमा अवस्थित छ। यसको मतलब उत्तरी अमेरिका, युरोप र एसियाका उत्तरी गोलार्धमा भएकाहरूका लागि हाम्रो मौसमहरू उल्टो छन्," उनले भनिन्।

"दक्षिणी अस्ट्रेलियामा गर्मी, शरद, जाडो र वसन्त गरि चार सिजन हुन्छन्, हाम्रो गर्मीको समय डिसेम्बरदेखि फेब्रुअरीसम्म हुन्छ। तर उष्ण प्रदेशीय उत्तरी अस्ट्रेलियामा केवल दुई वटा सिजनहरू हुन्छन् - अक्टोबरदेखि एप्रिलसम्म वर्षाको मौसम र मेदेखि सेप्टेम्बरमा सुख्खा मौसम"।
Lake Keepit in New South Wales - Image Wallula-Pixabay.jpg
Lake Keepit in New South Wales - Image Wallula-Pixabay
अस्ट्रेलियाका आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरूले वातावरणको जटिल बुझाइको विकास गरेका छन्।

उनीहरुले मौसम र प्रकृतिमा पाइने स्थानीय परिवर्तनहरूलाई बुझेर अस्ट्रेलियाको भौगोलिक स्थानमा आधारित विभिन्न मौसमी क्यालेन्डरहरू बनाएका छन्।
ठाउँ अनुसार मौसम र तापक्रममा पाइने भिन्नता साथै विशेष गरि वर्षाले पनि स्थानीय मौसमी अवस्थाहरूमा प्रभाव पार्ने ग्यान्टरको भनाइ छ।

उनी भन्छिन् भूमध्य रेखाको नजिक, उत्तरी अस्ट्रेलियामा धेरै घाम र भारी मौसमी वर्षा हुने गर्छ। दक्षिणी अस्ट्रेलियाभरि, चिसो मौसम हुन्छ, दक्षिण-पश्चिममा तातो र सुख्खा किसिमको गर्मी महसुस हुन्छ।

पूर्वी तटमा समशीतोष्ण हावापानी पाइन्छ, जहाँ सुख्खा याम नै हुँदैन भने गर्मी याम न्यानो देखि निकै रापिलो हुन्छ।

तर समग्रमा, अस्ट्रेलिया धेरै सुख्खा देश हो, धेरै जसो भित्री अस्ट्रेलियामा थोरै वर्षा हुन्छ।

पानीको उपलब्धता र खडेरीका घटनाहरूले अस्ट्रेलियाको कृषि, समुदाय र वातावरणको नै स्वास्थ्य माथि असर गर्छ।

"देशको आधा भन्दा बढी भागमा सामान्यतया एक वर्षमा ३५० मिलिमिटर भन्दा कम वर्षा हुने भएकोले, अस्ट्रेलियामा पानी बहुमूल्य छ। खडेरी भनेको कम वर्षा मात्र होइन; यदि त्यस्तो हुने भए, अस्ट्रेलियाका समुन्द्री तटबाट पर रहेका ग्रामीण क्षेत्र (इनल्यान्ड)मा लगभग सधैँ खडेरी हुने थियो", ग्यान्टर बताउँछिन्।

"मौसमविद्हरूले वर्षा कम हुनेलाई हेर्छन्। कृषिविद्हरूले प्राथमिक उद्योगहरूमा पर्ने असरको मूल्याङ्कन गर्छन्। जल विज्ञले सतह र भूमिगत पानीको स्तरको जाँच गर्छन्, र समाज शास्त्रीहरूले यसलाई समुदायमा पार्ने प्रभावद्वारा परिभाषित गर्छन्।"
Seasonal rainfall zones of Australia - credit BOM.png
Seasonal rainfall zones of Australia - credit BOM.
अस्ट्रेलिया जीव बसोबास भएको संसारको सबैभन्दा सुख्खा महाद्वीप हो र यहाँ सीमित पानी छ।

हाम्रो जैविक विविधताले पानीको सन्तुलनलाई व्यवस्थित गर्न मदत गर्छ।

डा ब्लेयर पार्सन्स ग्रीनिङ अस्ट्रेलियाका डिरेक्टर अफ इम्प्याक्ट हुन्।

यस संस्थाले मानिस र प्रकृतिको उत्थान गर्न उत्पादनशील र स्वस्थ परिदृश्यहरू विकास गर्ने लक्ष्य राखेको छ।

डा पार्सन्स भन्छन् हालसम्ममा जमिनमा बग्ने पानीमा ८० प्रतिशतको गिरावट आएको छ।

“देशका केही भागहरूले बाढी र वर्षाको अनुभव गर्न सक्ने भए पनि, पानीको उपलब्धता धेरै समुदायहरूको लागि चिन्ताको विषय हो। विश्वव्यापी रूपमा नै सुख्खा स्थानहरूमध्ये पर्ने दक्षिण पश्चिमी अस्ट्रेलियामा सन् १९७० देखि वर्षा २० प्रतिशत भन्दा बढीले घटेको छ, जसले गर्दा ८० प्रतिशत भन्दा बढीले जमिनमा बग्ने पानी घटेको छ।”

अर्बौँ वर्ष देखि विकसित भइरहेको पुरातन परिदृश्यहरूको विविधताका साथ अस्ट्रेलियाको वातावरणले हाल विभिन्न खतराहरूको सामना गरिरहेको पार्सन्स बताउँछन्।

"अहिले, हाम्रो अद्वितीय र नाजुक इकोसिस्टम जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, जमिनको सतहलाई कृत्रिम रूपमा मिलाउने र अन्य गहन मानव गतिविधिहरूले यसलाई खतरामा पारेको छ।"

"यो हाम्रो सबैभन्दा प्रतिष्ठित प्राकृतिक आश्चर्यहरूमध्येको एक, ग्रेट ब्यारियर रीफबाट नै स्पष्ट देखिन्छ, जुन चाही हामीले जलवायु परिवर्तनमा तत्काल कदम चाल्न असफल भयौँ भने सन् २१०० सम्म हराउने जोखिममा छ," पार्सन्सको भनाइ छ।

ग्रेट ब्यारियर रीफ संसारको प्राकृतिक आश्चर्यहरू मध्ये एक हुनका साथसाथै पृथ्वीको सबैभन्दा ठुलो कोरल चट्टान हो।

कोरल भनेको चाहिँ समुन्द्र भित्र साना जीवहरू मिलेर बन्ने चट्टानजस्ता आकृति हुन्।

पानीको गुणस्तर खराब हुनु ग्रेट ब्यारियर रीफको लागि प्रमुख खतरा बनेको छ।

प्रत्येक वर्ष, जमिनबाट बग्ने लाखौँ टन थिग्रो, मरेका माछा, समुन्द्री घाँस, कोरल र जलवायु परिवर्तनको प्रभावले रीफको पुरानो अवस्थामा फर्किने क्षमतालाई सीमित गर्दै लगेको छ।
Coral on the Great Barrier Reef - Image Greening Australia.jpg
Coral on the Great Barrier Reef - Image Greening Australia
उनले बताए कि, ग्रीनिङ अस्ट्रेलियाले स्थानीय जग्गाधनीहरू र फर्स्ट नेसन्स समुदायहरूसँग क्षतविक्षत गल्लीहरू पुनर्निर्माण गर्न र तटीय सिमसार क्षेत्रहरू पुनर्स्थापना गर्न काम गरिरहेको छ, जसले पानी समुद्रमा बग्नुअघि फिल्टर गरेर रीफको मिर्गौला जस्तै काम गर्छ।

"सन् २०१६ मा हाम्रो रीफ एड कार्यक्रम सुरु भएदेखि, हामीले ४४ हजार टन भन्दा बढी पानी प्रदूषकहरूलाई रीफमा पुग्नबाट रोकेका छौँ। गल्लीहरू पुनर्स्थापित गरेर, लगभग तुरुन्तै, ९० प्रतिशतले गल्लीहरूबाट बग्नेमा कमी ल्याउन सक्छौँ भन्ने कुरा हामीले देखेका छौँ," पार्सन्स भन्छन्।

उनका अनुसार विश्वको जैविक विविधतामा अस्ट्रेलियाले करिब १० प्रतिशत स्थान ओगट्ने भए पनि अस्ट्रेलिया संसारमा सबैभन्दा धेरै प्रजातिहरू गुमाउने दरका हिसाबले पनि अग्र स्थानमा नै आउँछ।

" पछिल्लो रिपोर्टले वातावरणलाई 'खराब वा बिग्रँदै गएको स्वास्थ्य' को रूपमा मूल्याङ्कन गरेको छ र हाम्रा कम्तीमा पनि १९ वटा इकोसिस्टम ध्वस्त हुने सङ्केत देखाएको," उनले भने।

"यदि हामीले अहिले नै कदम चालेनौँ भने, हामीले हाम्रा बहुमूल्य प्राकृतिक प्रजातिहरू र इकोसिस्टमहरू सदाको लागि गुमाउने जोखिममा छौँ, जसले धेरै सामाजिक र आर्थिक समस्याहरू निम्त्याउन सक्छ।"

जलवायु परिवर्तन र वातावरण संरक्षणका चुनौतीहरूलाई सम्बोधन गर्न स्थानीय, राष्ट्रिय र विश्वव्यापी स्तरमा प्रयास र परिवर्तन आवश्यक छ।

व्यक्तिगत रूपमा पनि फरक ल्याउन सकिन्छ। उदाहरणका लागि पार्सन्स पानी संरक्षण बारे बताउँछन्।

खडेरीहरू झनझनै गम्भीर हुँदै जाँदा हामीले हाम्रा व्यवहार र परिदृश्यहरूलाई सुख्खा मौसम अनुसार अनुकुलन गर्न सक्ने उनको भनाइ छ।
climate.jpg
Catherine Ganter is a senior climatologist at the Bureau of Meteorology - Image BOM. Dr Blair Parsons is the Director of Impact at Greening Australia - Image Greening Australia.
"सहरी क्षेत्रहरूमा, बगैँचा भएकाहरूले पानीको आवश्यकतालाई कम गर्नका साथै स्थानीय जनावरहरूको लागि वासस्थान प्रदान गर्न खडेरीलाई सहन सक्ने बिरुवाहरू राख्न सक्छन्। त्यसै गरी वाष्पीकरण घटाउन बिहान सबेरै वा साँझतिर बगैँचामा पानी हालेर पनि पानीको प्रयोग कम हुन्छ," पार्सन्स भन्छन्।

"ग्रामीण क्षेत्रहरूमा, मानिसहरूले 'अर्थ वर्क' प्रयोग गरेर प्राकृतिक पानीको बहावलाई पुनर्स्थापित गरेर साथै देशी वनस्पति लाई रोपेर पनि जमिनलाई 'रिहाइड्रेट' गर्न सक्छन्। यसले खडेरी प्रतिरोधी खेती प्रणाली सिर्जना गर्न र वर्षा हुँदा माटोको स्वास्थ्य, कृषि उत्पादन क्षमतामा सुधार र बाढी नियन्त्रण गर्न मद्दत गर्न सक्छ।"

मौसम विभागकी ग्यान्टर अस्ट्रेलियामा चरम मौसमी घटनाहरू मानिस तथा पूर्वाधारको लागि खतरनाक हुने सम्भावना भएकोले तयार रहनु महत्त्वपूर्ण हुने बताउँछिन्।

चरम मौसमका लागि तयार हुन


Share