भिक्टोरियामा क्याजुवल कामदारहरुले पनि तलब सहितको बिरामी र स्याहारकर्ता बिदा पाउने

भिक्टोरिया सरकार द्वारा लगानी गरिने दुई वर्षीय परिक्षण योजना अन्तर्गत क्याजुवल र अस्थिर रोजगारमा संलग्न कामदारहरुले पनि तलब सहितको बिदा पाउने भएका हुन्।

Patrons have their order taken at a restaurant in Melbourne, Wednesday, 28 October, 2020.

Source: AAP

भिक्टोरिया सरकारले आफ्नो राज्यमा रहेका क्याजुवल र अस्थिर रोजगारमा रहेका कामदारहरुका लागि तलब सहितको बिरामी र स्याहारकर्ता बिदा प्रदान गर्ने

५० लाख डलरको लागतमा प्रदान गरिने त्यस्तो तलब हालको लागि दुई वर्षे परिक्षण अन्तर्गत रहेको छ।

प्रिमियर डानिएल एन्ड्रुजका अनुसार "सेक्योर वर्क पाइलट स्किम" नामक उक्त योजना सन् २०२१ को अन्त्यमा वा २०२२ को पहिलो केहि महिना भित्र सुरु हुनेछ।
आगामी मङ्गलबार सार्बजनिक हुने भिक्टोरियाको २०२१/२२ को आर्थक बजेटमा उक्त परिक्षणको लागि रकम छुटाइने एन्ड्रुजले बताए।

"असुरक्षित जागिर रहेका हाम्रा कामदारहरुलाई ५ दिन सम्मको लागि तलब सहितको बिरामी र स्याहारकर्ता बिदा प्रदान गर्ने छौँ," उनले भने।

वृद्ध स्याहारकर्मी देखि सरसफाई, हस्पिट्यालिटी, सुरक्षा गार्ड र सुपरमार्केट लगायतका धेरै क्याजुवल कामदाहरु प्रयोग हुने उद्योग व्यवसायमा कार्यरत रहेकाहरुलाई उक्त योजनामा समेटिने छ।
प्रिमियरका अनुसार कोरोनाभाइरस महामारीका कारण देशको अर्थतन्त्र र समाजमा रहेका केहि विकृतिहरुलाई उजागर गरिएको छ, र त्यस मध्ये ठुलो स्थान रोजगार असुरक्षाले ओगटेको छ।

"रोजगार असुरक्षा विषाक्त रहेको छ। रोजगार असुरक्षाले त्यस्तो अवस्थामा काम गर्न बाध्य भएका कामदारहरु माथि मात्र नभई, हामी सबैलाई धेरै महँगो साबित हुँदछ। विशेष गरि जन-सेवामा सम्बन्धि उद्योगमा कार्यरत धेरै कामदारहरु जसले बिरामी बिदा पाउदैनन्, उनिहरुको समस्याले हामी सबैलाई असर पार्दछ," एन्ड्रुजले भने।

"रेस्टुरेन्टमा तपाईंलाई खाना ल्याउने व्यक्ति बिरामी भएको तपाईं हेर्न चाहनुहुन्न। बिरामी रहेका व्यक्तिले निजी वृद्ध स्याहार केन्द्रमा तपाईंको वृद्ध आमाबाबु वा हजुरआमा हजुरबुवाहरुको स्याहार गरेको तपाईं हेर्न चाहनुहुन्न।"

दुई वर्षे परिक्षणको अवधिमा बिरामी बिदा अन्तर्गतको सम्पूर्ण खर्च भिक्टोरिया सरकारले बेहोर्ने योजना छ तर यदि उक्त योजनालाई स्थायी रूपमा लागु गरिएका त्यस अन्तर्गत हुने खर्चका लागि चाहिं सरकार द्वारा कुनै प्रकारको शुल्क तिराउन सक्ने पनि बताइएको छ।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी  उपलब्ध छ।

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।


Share
Published 23 November 2020 1:46pm
By SBS Nepali
Source: AAP, SBS


Share this with family and friends