अस्ट्रेलिया आउने मौका कुर्दै बसेका नेपाली विद्यार्थीहरूलाई उनीहरुका युनिभर्सिटी के भन्छन्?

पूर्ण खोप लगाउने अन्तराष्ट्रिय विद्यार्थीहरूलाई अस्ट्रेलिया प्रवेश गर्ने तयारी जारी रहँदा, केही विद्यार्थीहरू विभिन्न कारणले अन्योलमा रहेका छन्।

indian students

Source: Getty Images/VikramRaghuvanshi

न्यु साउथ वेल्स सरकारको आउँदो डिसेम्बर महिनादेखि अन्तराष्ट्रिय विद्यार्थीहरूलाई राज्यमा प्रवेश गर्न दिने नेपालमा रहेका थुप्रै विद्यार्थीहरूलाई केही राहत मिलेको छ।

अस्ट्रेलियाको भिसा लिएर, अस्ट्रेलियाको विश्व विद्यालयमा भर्ना भएका केही विद्यार्थीहरूले यहाँ पाइला नै चाल्न नपाई यहाँको शुल्क तिरेर अध्ययन जारी राखेका छन्।


मुख्य विषयहरू:

  • अस्ट्रेलियाली विश्वविद्यालयहरूमा भर्ना भए तापनि नेपालमा बसी पढ्न बाध्य विद्यार्थी
  • विद्यार्थी र शिक्षा प्रदायक बीच जानकारी आदानप्रदानको समस्या
  • अन्तराष्ट्रिय विद्यार्थीहरू लिएर आउने पहिलो चार्टर्ड उडान ६ डिसेम्बरमा सिड्नी पुग्ने

सोही अवस्थामा रहेका विद्यार्थी आराध्य ज्ञवाली भन्छन् कि अनलाइनबाट पढ्दा विश्वविद्यालयमा मात्र भर नगरी, आफूले बढी मिहिनेत गर्नु परेको छ।

"विश्व विद्यालयको भरमा मात्र कक्षामा [अनलाइन] उपस्थित हुँदा चाहिँ गार्है हुन्छ - हल्काफुल्का युट्युब, गुगल या ई-बुकहरूबाट आफैँ नि हेर्नु पर्यो," उनले भने।

अस्ट्रेलियाको चार्ल्स स्टर्ट युनिभर्सिटीमा (सीएसयू) भर्ना भएका ज्ञवालीले नेपालमा बसेर इन्फर्मेसन टेक्नोलोजीमा (आईटी) स्नातक तहको पढाइ सुरु गरेको करिब एक वर्ष हुन लाग्यो।
Nepali student Aradhya Gyawali is a student at Charles Sturt University, Australia.
Nepali student Aradhya Gyawali studies with Charles Sturt University, Australia. Source: Supplied by Aradhya Gyawali
अनलाइन पढाइ व्यवहारिक भन्दा बढी सैद्दान्तिक भएको हुनाले आफूले पनि यस्तै हिसाबमा पढिरहेको, सोही विश्वविद्यालयमा भर्ना भई नेपालबाट आफ्नो दोस्रो सेमेस्टर पढिरहेका अर्का विद्यार्थी विश्वात्मा दवाडीले एसबीएस नेपालीसँगको कुराकानीमा बताए।

अनलाइन मार्फत गर्न नमिल्ने व्यवहारिक अभ्यास या प्लेसमेन्ट गर्नु पर्ने विद्यार्थीहरूलाई अस्ट्रेलिया भित्राउने प्राथमिकता दिन खोजिए तापनि, सबै विषयका अन्तराष्ट्रिय विद्यार्थीहरूलाई ल्याउने कार्यमा लागिपरेको चार्ल्स स्टर्ट विश्वविद्यालयले बताएको छ।

यसरी नेपाल बसेर अस्ट्रेलियाको पढाइ पढ्दा फाइदा र बेफाइदा दुवै हुने देखिएको छ।

दवाडी भन्छन् कि, नेपालमा बसेर अस्ट्रेलियाली डलरमा शुल्क तिरेर पढ्दा विद्यार्थी र तिनका परिवारमा आर्थिक भार बढ्न सक्छ।
Bishwatma Dawadi studies with Charles Sturt University, Australia.
Bishwatma Dawadi studies with Charles Sturt University, Australia. Source: Supplied by Bishwatma Dawadi
चार्ल्स डार्विन युनिभर्सिटीमा (सीडीयू) २५% छात्रवृत्तिमा नेपालबाट पढिरहेका सुर्य बहादुर कार्की भन्छन् कि आफ्नो विश्वविद्यालयले शुल्कमा कुनै छुट दिएको छैन।

"आर्थिक भार त भइहाल्छ। मेरो खासमा ऋणमा हो - तीन महिनामा तिर्नु पर्छ अनि अलि अप्ठ्यारै भइरहेको छ," उनले बताए।

अर्को हातमा, नेपालमा बसेर पढ्दा आफूले पनि पढाइलाई धेरै समय दिन सक्ने विद्यार्थीहरूको अनुभव रहेको छ।
विद्यार्थीहरूसँगको हाम्रो कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन।पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
अस्ट्रेलियामा काम गर्दै पढ्नु भन्दा, नेपालमा घरको वातावरणमा बसेर पढ्न पाउनु एक हिसाबले सजिलो रहेको ज्ञवाली बताउँछन्।

"नेपालमा आफ्नै आमाबुवाको हातको खाना खाएर, मायामा बसिन्छ। उता गएर चाहिँ त्यस्तो हुँदैन - काम गर्ने, घोटिने हुन्छ," उनले भने।

यी सबै माझ, पढाइको लागि डार्विन जाने विषयमा आफ्नो विश्वविद्यालयले केही जानकारी नपठाएको सीडीयूका विद्यार्थी कार्कीले बताए।

"चार महिना अगाडी चाहिँ एउटा इमेल आएको थियो - 'तयार भएर बस' भनेर - त्यस पछि चाहिँ केही जवाफ आएको छैन," उनले भने।

"केही पनि प्रतिक्रिया छैन, समाचार पनि खासै छैन - तयार भएर बसौँ कि नबसौँ जस्तो भएको छ।"
Nepali student Surya Bahadur Thapa is a student with Charles Darwin University, Australia.
Nepali student Surya Bahadur Thapa is a student with Charles Darwin University, Australia. Source: Supplied by Surya Bahadur Thapa
उता चार्ल्स डार्विन युनिभर्सिटीकी निर्देशक जोवान क्रिस्टलका अनुसार विश्वविद्यालयले अन्तराष्ट्रिय विद्यार्थी बारे सरकारी घोषणाहरूको विषयमा इमेल मार्फत विद्यार्थीहरूसँग सम्पर्कमा रहेको छ।

"हामीले इमेल, विद्यार्थी न्युजलेटर र भर्चुवल कफी-क्याच अप, प्रतिभा प्रदर्शनी जस्ता अनलाइन सामाजिक कार्यक्रमहरू मार्फत विद्यार्थीहरूसँग सम्पर्कमा रहेका छौँ," उनले भनिन्।

"हामी अन्तराष्ट्रिय विद्यार्थीहरूलाई हाम्रो सीडीयु भर्चुवल स्टुडेन्ट क्लबमा भाग लिन प्रोत्साहन गर्दछौँ, जसले अन्य देशमा बसेर अनलाइन मार्फत पढिरहेकाहरूलाई मद्दत गर्दछ।"
Charles Darwin University
Charles Darwin University Source: Flickr: Michael Coghlan
यसै विषयमा विश्वविद्यालयले कति पटक विद्यार्थीलाई सम्पर्क गर्छ भन्ने कुरा विद्यार्थीका फरक-फरक मामिला पनि भर पर्ने सीएसयूको भनाइ छ।त्यस्तै, विश्वविद्यालयले अन्तराष्ट्रिय विद्यार्थीहरूको विषयमा अद्यावधिक जानकारी साप्ताहिक रूपमा आफ्नो वेबसाइटमा राख्ने गरेको सीडीयूकी क्रिस्टलको भनाइ छ।

उता सीएसयूले विद्यार्थीहरूको मद्दतको लागि न्यु साउथ वेल्सको पाइलट योजना अन्तर्गत आउनेहरूको क्वारेन्टिन खर्च बेहोर्ने बताएको छ। 

यद्यपि, अस्ट्रेलियाको खोप सम्बन्धी नियामक समिति थेराप्यूटिक गुड्स एड्मिनिसट्रेसनले (टीजीए) मान्यता प्राप्त नगरेको या स्वीकृत नगरेका खोप लगाएका विद्यार्थीहरू भने आफ्नो भविष्यको बारेमा अन्योलमा रहेका छन्।
The Therapeutic Goods Administration said it would recognise the Indian-made Covaxin and the Chinese-made BBIBP-CorV vaccine.
The Therapeutic Goods Administration said it would recognise the Indian-made Covaxin and the Chinese-made BBIBP-CorV vaccine. Source: Sipa USA Pavlo Gonchar / SOPA Images/Sipa
कोभिड-१९ विरुद्धको भेरोसेल खोप लगाएका कार्की पनि यस विषयलाई लिएर अन्योलमा परेका थिए। 

तर हालै टीजीएले भेरोसेल अर्थात् सिनोफार्म चीनको बीबीआइबीपी-कोरभी खोपलाई अस्ट्रेलिया प्रवेशको लागि

अस्ट्रेलियामा प्रवेश गर्न मान्यता प्रदान गरिएका तथा स्वीकृत गरिएका कोभिड-१९ खोपहरूको अद्यावधिक जानकारी पाउन सक्नु हुन्छ। 

अनुसार सन् २०२१ को डिसेम्बर महिनादेखि प्रत्यक दुई हप्तामा २५० जना विद्यार्थीहरू राज्यमा प्रवेश गर्न पाउने बताइएको थियो तर ओमिक्रन भेरिएन्ट देखा परे यता अब के हुन्छ भन्ने चासो फेरी सबैको मनमा उब्जिएको छ।

तपाईँलाई कस्तो प्रभाव पर्ला त?

विश्वका धेरै राष्ट्रहरूले ती क्षेत्रहरूबाट आउने हवाई उडानलाई प्रतिबन्ध लगाएता पनि अस्ट्रेलियामा भने यसबाट डराउनु नपर्ने भन्दै सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले शनिवार अस्ट्रेलियालीहरूलाई आश्वासन दिएका थिए।




दक्षिणी अफ्रिकाबाट सिड्नी आएका दुई व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण देखिए पनि पछिल्लो समय निकै चिन्ताजनक भनिएको ओमिक्रन भेरिएन्ट रहे नरहेको बारे भने जाँच भइरहेको छ।

ओमिक्रन  विश्वका धेरै स्थानमा डेल्टा भेरिएन्ट भन्दा बढी जोखिम युक्त हुन सक्ने भन्ने विश्व स्वास्थ्य सङ्गठनको भनाइ सँगै अस्ट्रेलियाले पनि  नौ दक्षिण अफ्रिकी राष्ट्रबाट हुने उडानहरूलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

साउथ अफ्रिका, बोट्सवाना, लेसोथो, जिम्बाब्वे, मोजाम्बिक, नामिबिया, एस्वाटिनी, सेसेल्स र मलावीबाट आउने अस्ट्रेलियाका स्थायी बासिन्दा रहेका यात्रुहरू बाहेकलाई प्रवेश निषेध गरिएको हो।

ती देशहरूबाट अस्ट्रेलिया प्रवेश गरिसकेकाहरूले भने अनिवार्य दुई हप्ता होटेल क्वारेन्टिनमा बस्नु पर्ने छ। 


यस अघि सार्वजनिक गरिएको एक कार्यक्रम अनुसार पहिलो खेपमा इन्डोनेसिया, सिंगापुर, भियतनाम, दक्षिण कोरिया, चीन र क्यानडा गरी १५ वटा देशका करिब २५० जना विद्यार्थीहरू आउन पाउने छन्।

दोस्रो उडानमा दक्षिण एसिया र भारतका विद्यार्थीहरू समावेश गर्ने योजना रहेको छ।

अहिलेको लागि पाइलट योजना अनुसार सबै विद्यार्थीहरूले टीजीएद्वारा मान्यता प्राप्त खोप लगाएको हुनु पर्छ।

टीजीएले मान्यता गरेको खोपको दुवै मात्रा लगाएका विद्यार्थीहरूले न्यु साउथ वेल्स प्रवेश गरे पछि क्वारेन्टिनमा बस्नु नपर्ने राज्य सरकारले बताएको छ।

त्यस्तै, , , , , , नर्दन टेरिटोरी र तास्मेनियाले पनि अन्तराष्ट्रिय विद्यार्थीहरूलाई फिर्ता ल्याउने मिलेर काम गरिरहेका छन्।

अस्ट्रेलिया बाहिर फसेका ४८५ भिसा वाहकलाई राहत

अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा विदेशमा फसेका ४८५ अस्थायी भिसा वाहकको कामको अधिकार गुम्ने जोखिमलाई हेरी सरकारले यो कदम चालेको हो । 

स्नातक तहको पढाई पछि प्राप्त हुने ४८५ भिसा प्राप्त गरेका तर अस्ट्रेलियाले कोरोना महामारीको जोखिम कम गर्न सीमा बन्द गर्दा अस्ट्रेलिया आउन नपाएका वा विदेशमा फसेकाहरूले प्रतिस्थापन भिसा वा रिप्लेसमेन्ट भिसाका लागि आवेदन दिन पाउने भएका छन्।

सङ्घीय सरकारले बिहीबार निर्णयका बारेमा जानकारी दिँदै वर्तमान भिसा वाहक वा सन् २०२० को फेब्रुअरी महिनाको एक तारिख वा त्यस पछि भिसा समाप्त भएका मानिसहरूलाई भिसा पुनः प्राप्त गर्नका लागि आवेदन हाल्न आग्रह गरेको छ।

उनीहरूले उक्त भिसाको अवधिको बराबर समय अवधिका लागि भिसाको आवेदन हाल्न पाउने अध्यागमन मन्त्री एलेक्स हकले बताएका छन्।

४८५ भिसा भर्खरै स्नातक सक्काएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई अस्ट्रेलियामा काम जारी राख्नका लागि प्रदान गरिन्छ।

अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा विभिन्न मुलुकमा फसेका भिसाधारीहरूले आफूले पाएको अधिकार गुमाउने हो कि भन्ने चिन्ता जताउँदै आएका थिए।

एसबीएस न्युजको जानकारी अनुसार ४८५ भिसा पाएका ३० हजार भन्दा बढी मानिसको भिसाको समयावधि सकिएको वा सकिने अवस्थामा रहेको छ।

थप हेर्नुहोस्:

Share
Published 17 November 2021 7:33pm
Updated 2 December 2021 2:44pm
By SBS Nepali
Source: SBS


Share this with family and friends