पार्टनर भिसाका लागि अङ्ग्रेजी अनिवार्य गरेपछि बजेटप्रति आप्रवासी निराश

मङलबार आएको सन् २०२० को बजेटले केही आप्रवासीलाई भने निराश बनाएको छ । विशेष गरी पार्टनर भिसाका लागि अङ्ग्रेजी भाषाको परीक्षा दिनु पर्ने भएपछि आप्रवासीले आफू तल परेको महसुस गरेका छन् ।

Australia Day Citizenship Ceremony 2019

Prime Minister Scott Morrison hands out Australian flags at an Australia Day Citizenship Ceremony 2019 Source: AAP

 
बिभिन्न सामुदायिक समूहहरूले सङ्घीय ट्रेजरर जोस फ्राइडनबर्गले मङलबार जारी गरेको बजेटका विषयमा प्रतिक्रिया जनाउन थालेका छन् ।
 
विशेष गरी अङ्ग्रेजी राम्रो सँग नबोल्ने वा नबुझ्ने पृष्ठभूमि भएका आप्रवासी र अस्ट्रेलियालीहरूलाई कसरी सहयोग पुर्‍याउँछ भन्ने बारेमा चासो र चिन्ता व्यक्त गरेका छन् ।
सरकारका लागि यो छुटेको अवसर हो अस्ट्रेलियामा थुप्रै अस्थायी भिसा धारीहरू छन् जो कोभिड–१९ ले जोखिम बनाएका क्षेत्र जस्तै बृद्धबृद्धा स्याहार र कृषिमा काम गर्न चाहन्छन् र यसको बदलामा चाहन्छन् कि सरकाले छिटो स्थायी भिसाका लागि सहयोग गरोस् ।

बजेटमा बताइए अनुसार राष्ट्रिय आप्रवासी कार्यक्रम एक लाख ६० हजारको सङ्ख्यामा सीमित रहनेछ । अझ परिवारका लागि भने यसको सीमितता झनै साघुंरो छ ।

यसमा पनि पार्टनर भिसाका लागि आप्रवासीहरुले अङ्ग्रेजी भाषा उर्तिण गर्नु अझ बढी चुनौती देखिन्छ । आप्रवासीहरूको समुदायीक संस्था फेकाका प्रमुख मोहम्मद अल खफाजी नयाँ नियमका कारण केही परिवारको मिलन हुन अप्ठेरो हुने धारणा राख्छन् ।
 
उनी भन्छन् " सरकारका लागि यो छुटेको अवसर हो अस्ट्रेलियामा थुप्रै अस्थायी भिसा धारीहरू छन् जो कोभिड–१९ ले जोखिम बनाएका क्षेत्र जस्तै बृद्धबृद्धा स्याहार र कृषिमा काम गर्न चाहन्छन् र यसको बदलामा चाहन्छन् कि सरकाले छिटो स्थायी भिसाका लागि सहयोग गरोस् ।”
पार्टनर भिसाका लागि आप्रपासिहरुले अङ्ग्रेजी भाषा उर्तिण गर्नु अझ बढी चुनौती देखिन्छ ।

कार्यवहाक अध्यागमन मन्त्री एलन टज भन्छन् सन् २०/२१ को बजेटमा मानवीय कार्यक्रमका लागि १३ हजार ७ सय ५० स्थानहरू तोकिएका छन् ।
 
तर यता शरणार्थीहरूको प्रतिनिधित्व गर्ने रेफ्युजि काउन्सिल अस्ट्रेलियाले भने २०१३ को चुनाव पछि २० हजारमा रहेको यो सङ्ख्यामा कटौती गरेको भन्दै निराशा व्यक्त गरेको छ ।
Protest against detention
Source: AAP
परिषदका प्रमुख पाउल पावर भन्छन् पुनर्स्थापन विश्वव्यापी आवश्यकता हाल पहिलेभन्दा ज्यादा महत्त्वपूर्ण भएको छ ।
उनले कोरोना महामारीलाई देखाएर सरकारले सङ्ख्या कटौती गरेको आरोप लगाए ।
३० वर्ष भन्दा कम उमेर समूहका युवाहरूले भविष्यमा कोरोनाको प्रभाव सँग पनि लड्नुपर्ने हुन्छ

सरकारले भने यो बजेटले अस्ट्रेलियाली युवाहरूलाई विद्यालय पछिको भविष्यको योजना बनाउनका लागि सहयोग गर्नेमा प्रतिबद्धता जनाएको छ ।
सरकारले यो योजना अन्तर्गत अरबौँ रकम शिक्षा क्षेत्रमा लगानी गदै छ ।
 
तर बहु सांस्कृतिक युवाहरूको प्रतिनिधित्व गर्ने संस्थाकी सदस्य क्यारमल गोवएरवा भने युवाहरूले धेरै कुराको प्रशिक्षण मात्र लिने गरेको तर यसले रोजगारीमा मद्दत नपुगेको धारणा व्यक्त गर्छिन् ।
 
उनी सरकारलाई दीर्घकालीन रोजगारका लागि लगानी गर्न पनि आग्रह गर्छिन् । उनी भन्छिन् ३० वर्ष भन्दा कम उमेर समूहका युवाहरूले भविष्यमा कोरोनाको प्रभाव सँग पनि लड्नुपर्ने हुन्छ ।
 
बजेट मार्फत सरकारले अस्ट्रेलियाको ग्रामीण क्षेत्रमा पूर्वाधारमा लगानी गर्ने बताएको छ भने आदिवासी बिद्यार्थीहरुलाई विद्यालय स्तरको पढाई सुध्याउन विशेष सहयोग गर्ने र विकासमा प्रवर्द्धन गर्ने योजना ल्याएको छ ।
New migrants to Australia can access free English courses through AMEP.
New migrants to Australia can access free English courses through AMEP. Source: Getty Images/10, 000 Hours
यस्ता कार्यक्रमहरूले आप्रवाहिरुमा आत्महत्या पारिवारिक हिंसा वा अपराधबाट जोगाउन सहयोग पुर्‍याउने छ ।
 
गोवएरवा भन्छिन् आप्रवासीहरूमा रङ भेदको सिकार हुने सम्भावना पनि अधिक हुन्छ र यस्ता समस्याबाट पार हुन समझदारी र साझा पहलको जरुरत रहन्छ ।


Share
Published 7 October 2020 1:33pm
Updated 7 October 2020 1:44pm
By Stephanie Corsetti
Presented by SBS Nepali
Source: SBS News


Share this with family and friends