एकीकृत समाजवादी र नेकपा एमालेबिच चर्का चर्की र दल फुटाउने प्रयासको आरोप: गत सात दिन नेपालमा

(L to R) Ministers KP Sharma Oli and Madhav Kumar Nepal.

Nepal Communist Party (Unified Socialist) Madhav Kumar Nepal accused that it was an attempt to perfect his party through the ordinance. Archive Image. Source: NurPhoto / NurPhoto via Getty Images

Get the SBS Audio app

Other ways to listen

नेकपा एकीकृत समाजवादी दलका अध्यक्ष माधवकुमार नेपालले उनको दल फुटाउने प्रयास भएको दाबी गरेका छन्। यी लगायत नेपालका पछिल्ला सात दिनका समाचार सुन्नुहोस्।


दल फुटाउने प्रयासको आरोप

नेकपा एकीकृत समाजवादी दलका अध्यक्ष माधवकुमार नेपालले उनको दल फुटाउने प्रयास भएको दाबी गरेका छन्।

आफ्नै दलले आयोजना गरेको कार्यक्रमलाई आइतवार सम्बोधन गर्दै नेता नेपालले अध्यादेश मार्फत उनको दललाई सिद्धाउने प्रयास भएको आरोप लगाएका हुन्।

"कम्युनिस्टहरूले नै लागि परेका छन् कम्युनिस्टलाई सक्काउन। एउटा अध्यादेश ल्याएर हामीलाई स्वतन्त्र पार्टीको हैसियतमा पुर्‍याएर यो पार्टीका मान्छेलाई जहाँ पनि जान दिने? जसपा (नेपाल) पछि दोस्रो तारो हामी बनेका हौँ," मन्त्री नेपालले भने।
एकीकृत समाजवादी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारको महत्त्वपूर्ण साझेदार हो।

तर दाहालले नेपाली काँग्रेससँगको समीकरण परिवर्तन गरेर नेकपा एमालेसँग सरकार बनाए पछि नेता नेपाल यो पछिल्लो साझेदारी प्रति ढुक्क हुन नसकेको उनका अभिव्यक्तिहरूले झल्काएका छन्।

करिब महिना दिन अघि जसपा नेपाल विभाजित भएको थियो। सङ्घीय संसदमा १२ सांसद रहेको जसपा नेपाल विभाजन पछि पाँच सांसदमा खुम्चन पुगेको छ।

विभाजन अघि सरकारको महत्त्वपूर्ण घटक मानिएको जसपा नेपालले पार्टी विभाजनको आरोप सरकारमा रहेका दलहरूमाथि लगाएको छ।
एकीकृत समाजवादी र नेकपा एमालेबिच चर्का चर्की

यसैबिच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनले अघिल्लो संसद् विघटन गर्नु बाध्यता भएको दाबी गरेका छन्।

शनिवार आयोजित नेकपा एमाले काठमाण्डू जिल्लाको सातौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टी जोगाउनका लागि प्रतिनिधिसभा विघटन गरेको बताए।

''कहिले अदालतमा गएर विपक्षीलाई प्रधानमन्त्री बनाएको छ। त्यति बेला प्रतिनिधिसभा विघटन नगरेको भए आज हामीले नेकपा एमाले भन्न पाउँदैनथ्यौँ। यो अन्तै लगेर बुझाइसकेको हुन्थ्यो,'' उनले भने।

तर नेकपा एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादी दलका नेताहरूले ओलीको उक्त अभिव्यक्ति प्रति असहमति जनाएका छन्। त्यस्तै मध्येका एक महासचिव घनश्याम भुषाल हुन्।
कम्युनिस्ट पार्टी जोगाउन जनताको अधिकार र संविधान नै मिचेर बहुमत रहेको संसद् विघटन गर्ने कुरा सामान्य होइन।
घनश्याम भुषाल, महासचिव, नेकपा एकीकृत समाजवादी
ओलीको उक्त अभिव्यक्ति प्रति माओवादी केन्द्रबाट पनि गुनासो आएको छ। उक्त दलका राष्ट्रिय सभाका सदस्य सुरेशकुमार आले मगरले सदनमै असन्तुष्टि जनाए।

राष्ट्रिय सभाको सोमवार बसेको बैठकमा विशेष समय लिँदै उनले नेकपा एमाले र माओवादी केन्द्र मिलेर नयाँ समीकरण गरेर सरकार बनाएको बेलामा उक्त कुरा उठाउनु असान्दर्भिक रहेको बताए।

ओलीकै अभिव्यक्तिको अर्को प्रसङ्गमा उनले सरकारले हालै ल्याएको बजेटबारे गरेको टिप्पणीको अर्थमन्त्रीले वर्षमान पुनले जवाफ दिएका छन्।

ओलीले पुनले ल्याएको बजेट उनकै दल माओवादी केन्द्रतिर ढल्किएको टिप्पणी गरेका थिए।
बजेट निजी क्षेत्रतिर ढल्केको छ आफ्नै दल तीर ढल्किएको भन्ने कुरा आएको छ त्यो यथार्थ होइन। बजेट जनता तीर ढल्केको छ।
वर्षमान पुन, अर्थ मन्त्री
सरकारले फिर्ता बोलायो ११ राजदूत

सरकारले ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ, जसमा भारत, अमेरिका, बेलायत लगायतका देशमा रहेका राजदूतहरूलाई बोलाइको छ।

बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री रेखा शर्माले बताइन्।

''परराष्ट्र मन्त्रालयको प्रस्तावमा ११ वटा देशका राजदूतहरू फिर्ता बोलाउने प्रक्रिया अन्तर्गत यो निर्णय भएको हो,'' मन्त्रीपरिषद्को निर्णय सुनाउँदै उनले भनिन्।

सत्ता समीकरणमा फेरबदल भएसँगै राजदूतहरू लाई पनि फिर्ता बोलाइने विगतको अभ्यासलाई हाल पनि निरन्तरता दिइएको अभिव्यक्ति सरकारमा रहेका केही नेताहरूले दिएका छन्।

यसरी बोलाइएका मध्ये नेपाली काँग्रेस र जसपा नेपालको कोटाबाट राजदूत बनेकाहरू परेको बुझिएको छ।
विश्वकप खेल्न लामिछाने पुगे वेस्ट इन्डिज

टी-२० क्रिकेट विश्वकप खेल्ने नेपाली क्रिकेटर सन्दीप लामिछाने वेस्ट इन्डिज पुगेका छन्।

बलात्कारको अभियोगमा मुद्दा परेका कारण अमेरिका हिँडेको टोलीमा लामिछाने परेका थिएनन्।

अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना भएको विश्वकप सुरु हुनु केही दिनअघि उच्च अदालत पाटनबाट सफाइ पाएपछि उनलाई नेपाल क्रिकेट सङ्घले राष्ट्रिय टोलीमा राखेको थियो।
राष्ट्रिय टोलीबाट विश्वकप खेल्न उनले अमेरिकाको भिसाको लागि दुई पटक आवेदन दिएका थिए तर उनका दुवै प्रयास विफल भएको थियो।

नेपालले वेस्ट इन्डिजमा दक्षिण अफ्रिका र बङ्गलादेश विरुद्ध समूह चरणका खेल खेल्नेछ।

प्रधानमन्त्री स्वदेश फिर्ता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भई प्रधानमन्त्री पुष्पकमल दाहाल सोमवार स्वदेश फर्केका छन्।

उनी भारतीय समकक्षी मोदीको औपचारिक निमन्त्रणामा उक्त समारोहमा सरिक हुन आइतबार भारत गएका थिए।

Share