सात महिनामा दुई पटकसम्म किन बढ्यो "प्राइभेट हेल्थ इन्स्योरेन्स" शुल्क?

Australian dollars in Sydney, Friday, Jan. 15, 2016. (AAP Image/Joel Carrett) NO ARCHIVING

Insurance premiums are going up! Source: AAP

Get the SBS Audio app

Other ways to listen

निजी स्वास्थ्य बिमा कम्पनीहरूले आफ्नो सेवा शुल्कमा वृद्धि गर्ने भएका छन् जसअनुसार स्वास्थ्य बिमा लिइरहेका कतिपय उपभोक्ताले ७ महिनाको अवधिमा दुई पटक प्रिमियम वृद्धिको आर्थिक भार सहनुपर्ने भएको छ।


गत अप्रिलमा कम्तीमा पनि ६ महिनाका लागि बिमा रकममा केही परिवर्तन नगर्ने निर्णय लिएका बिमा कम्पनीहरू सो अवधि पुरा नहुँदै बिमा सेवा शुल्क वृद्धि गर्ने निर्णयमा पुगेका छन् ।

उपभोक्ता हितमा वकालत गर्ने अधिकांश समूहहरूले निजी बिमा कम्पनीहरूको यो निर्णय आम उपभोक्ताको हकमा नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

कोभिड महामारीको अन्त्य अझै टाढाको विषय बनिरहेका बेला निजी स्वास्थ्य बिमा प्रदायकहरूले गत अप्रिलमा बिमा रकम कम्तीमा पनि ६ महिनाका लागि स्थिर राख्ने निर्णय गरेका थिए र यो स्वागतको विषय पनि बनेको थियो ।
private health insurance price
Source: AAP
तर ६ महिनाको समय सीमा सकिँदै गर्दा आउँदो बिहीबारदेखि स्वास्थ्य बिमा कम्पनीहरूले प्रिमियममा वृद्धि गर्ने निर्णय गरेका हुन्।

आम उपभोक्ताको हितमा कार्यरत कैयन संस्थाले यसको आलोचना गरेका छन् ।

उपभोक्ताको हितमा कार्यरत संस्था च्वाईसका डिन प्राइस भन्छन् कि आम उपभोक्ताहरू आर्थिक भारमा परिरहेका बेला प्रिमियम रकममा वृद्धि गर्नाले सेवा प्रतिको विश्वासमा कमी आउन सक्छ ।

कम्तीमा पनि ६ महिनाका लागि बिमा प्रिमियम नबढाउने निर्णय गरेका कम्पनीहरूले ६ महिनाको समयबधि सकिन नपाउँदै प्रिमियम रकम वृद्धि गर्ने निर्णय गरेका हुन् ।
अस्ट्रेलियाको सबैभन्दा ठुलो मानिएका मेडीब्याङ्कले ३.२७ र बुपाले ३.२६ प्रतिशतले आफ्नो प्रिमियम वृद्धि गर्दै छ । यसै गरी एचसीएफका ग्राहकले ३.३९ प्रतिशतको थप आर्थिक भार बेहोर्नु पर्ने भएको छ।

अर्को बिमा प्रदायक कम्पनी एनआईबीका ग्राहकले २.९ प्रतिशतको वृद्धि सहनु पर्नेछ।

केही कम्पनीहरूले जबकीपर र र जबसीकर जस्ता सरकारी आर्थिक सहायता लिइरहेका ग्राहकको हकमा भने केही समयका लागि वृद्धि गरिएको रकमलाई छुट दिने निर्णय गरेका छन् तर अंधिकास ग्राहकहरू बिमा रकममा गरिएको वृद्धिबाट खुसी छैनन् ।
कोभिडका कारण उपभोक्ताहरूले बिमा गरे बापतको सबै सुविधा लिन वा दाबी गर्न नपाइरहेका बेला पनि कम्पनीहरूले प्रिमियम सङ्कलन गरिरहेको प्रति असन्तुष्टि व्यक्त गर्छन् ।

बिमा कम्पनीहरूको प्रतिनिधित्व गर्ने संस्थाले भने महामारीको चपेटामा परेका कारण प्रिमियम वृद्धि बाध्यात्मक भएको बताउँछ ।
A woman walks past a Bupa Health Insurance branch in Sydney, Monday, July 13, 2015.  (AAP Image/Mick Tsikas) NO ARCHIVING
A woman walks past a Bupa Health Insurance branch in Sydney, Monday, July 13, 2015. (AAP Image/Mick Tsikas) NO ARCHIVING Source: AAP
प्राइभेट हेल्थ केयरका प्रमुख कार्यकारी अधिकृत रेचल डेभिड भने हाल कुनै पनि कम्पनी लाभमा नरहेको बताउँछिन्।

"भिक्टोरिया लगायतका क्षेत्रमा लामो लकडाउनका कारण केही अनपेक्षित आर्थिक लाभ भएको भए पनि त्यो लाभ सदस्यहरूलाई नै फिर्ता गर्न कम्पनीहरू प्रतिबद्ध छन् ," उनले भनिन्।

प्रिमियम रकम वृद्धि नगर्ने केही कम्पनीहरू पनि छन् , विशेष गरी साना बिमा प्रदायक संस्था एचबीएफ, टीयुएच, हेल्थ डटकम र ए आई ए लगायतका संस्थाहरूले आफ्नो प्रिमियम रकममा वृद्धि गरेका छैनन् ।

उपभोक्ता अधिकारकर्मी प्राइस भन्छन् “ के उपलब्ध छ, यस बारेमा तुलना गर्नु राम्रो उपाय हुनेछ, आफूलाई आवश्यक भएको सेवा मात्र लिने वा सेवा प्रदायक परिवर्तन गरेर केही रकम बचत गर्न सकिन्छ।”
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या र तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे थप जानकारी  उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।




Share