तलब नदिएकोबारे प्रश्न गर्ने एक महिला माथि कथित हातपात गर्ने पुरुषलाई एडिलेडमा पक्राउ

कथित हिंसाको भिडियो सामाजिक संजालमा व्यापक मात्रामा प्रचार भएपछि साउथ अस्ट्रेलियाली प्रहरी द्वारा एक पुरुषलाई हिरासतमा लिइएको हो।

A video shared on social media appeared to show the woman confronting her employer about unpaid wages before she was assaulted by another man.

A video shared on social media appeared to show the woman confronting her employer about unpaid wages before she was assaulted by another man. Source: Supplied

एडिलेड स्थित एक बबल चिया पसलमा कार्यरत एक महिलाले आफुलाई तलब नदिएकोबारे आफ्नो रोजगारदातासंग कुरागर्ने क्रममा उक्त महिला माथि कथित हातपात गरेको आरोप रहेको छ। 

घटना पछि प्रहरी द्वारा एक ३९ वर्षीय पुरुषलाई पक्राउ गरिएको हो। 

शुक्रबार बेलुका उक्त घटना भएको बताउने एक भिडियो सामाजिक संजालमा सार्वजनिक भएको थियो।
उक्त भिडियोमा मान्डारिन भाषा बोल्ने एक महिलाले एडिलेडको चाइनाटाउनमा रहेको पसलमा एक पुरुषलाई आफुलाई केहि दिनको तलब नदिइएको कथित आरोप लगाएको देखाइएको छ।

उक्त महिलाको रोजगारदाता रहेको देखिने पुरुषले चाहिं उनको काम परिक्षण कालको समयमा भएकोले उनले तलब नपाउने बताएको भिडियोमा देखिएको छ।
दुवै बिच बहस चर्कदै गर्दा, कालो टिशर्ट लगाउने एक दोस्रो पुरुष आएर उक्त महिलालाई झापड हान्दछन्। त्यस घटना पछि पसलमा रहेका अन्य मानिसहरु पनि उक्त महिला र पुरुषलाई छुट्टाउने प्रयास गर्दछन्।

केहीबेरमै उक्त दोस्रो पुरुषले एक महिलालाई पेटमा खुट्टाले हिर्काएको पनि भिडियोमा देखिएको छ।

साउथ अस्ट्रेलियाली प्रहरीका एक प्रबक्ताले उत्क घटनाबारे पुष्टि गर्दै, पिडित महिला एक २० वर्षीय एडिलेड निवासी रहेको बताए। साथै घटना पछि उक्त महिलालाई उपचारको लागि शाही एडिलेड अस्पताल लागिएको पनि प्रबक्ताले बताए।
मङ्गलबार बेलुका प्रहरी द्वारा सार्वजनिक गरिएको एक बिज्ञप्तिका अनुसार, "पूर्वी जिल्ला प्रहरी द्वारा हिंसाको आरोपमा एक पुरुषलाई पक्राउ गरिएको थियो"

उक्त पुरुषलाई हाल जमानतमा रिहा गरिएको छ र उनि आगामी ७ मे मा एडिलेड अदालतमा हाजिर हुनेछन्।

घटनाबारे थप छानबीन भैरहेको प्रहरीको भनाइ छ।


Share
Published 3 February 2021 2:44pm
Updated 3 February 2021 2:50pm
By Maani Truu
Presented by SBS Nepali
Source: SBS


Share this with family and friends