भिक्टोरियाले वृद्ध तथा अशक्तता हेरचाह कर्मचारीका लागि खोप प्रक्रिया तीव्र गर्ने

वृद्ध तथा अशक्त हेरचाह केन्द्रका कर्मचारीहरूले भिक्टोरियाभर रहेका खोप केन्द्रहरूबाट कोभिड-१९ का खोप लगाउन पाउने छन्।

Staff members of the Royal Freemasons Coppin Centre receive COVID tests in the carpark, in Melbourne, Monday, May 31, 2021.  (AAP Image/Daniel Pockett) NO ARCHIVING

Staff members of the Royal Freemasons Coppin Centre receive COVID tests in the carpark, in Melbourne, Monday, May 31, 2021. Source: AAP

भिक्टोरियामा ९ नयाँ कोभिड-१९ सङ्क्रमण फेला परेका छन्, जस मध्य ६ वटा हिजो सोमबार नै पत्ता लागेका केसहरू हुन्। यस बीच वृद्ध हेरचाह केन्द्रमा सङ्क्रमण देखिँदा यस सम्बन्धी आलोचना जारी छ। 

मङ्गलबारको तथ्याङ्क पछि उक्त सामुदायिक सङ्क्रमणको लहरबाट कूल ५४ जना सङ्क्रमित बन्न पुगेका छन्। सङ्क्रमितसँग सम्बन्धित ४२०० भन्दा बढी नजिकी सम्पर्कहरू रहेका छन्, र ३३० वटा स्थलहरू जोखिमको सूचीमा परेका छन्। 

वृद्ध तथा अशक्त हेरचाह केन्द्रका कर्मचारीहरू कोभिड-१९ खोप लगाउनका लागि भिक्टोरियाली सरकारले पाँच-दिने अवधि तोकेको छ।
बुधबार २ जुनदेखि आइतबार ६ जुन सम्म यी क्षेत्रका कर्मचारीहरू भिक्टोरिया भरका रहेका खोप लगाउने ठाउँहरूमा गई खोप लगाउन पाउने छन्। 

"पर्याप्त कर्मचारीहरूले खोप नलगाएकोमा हामीलाई चिन्ता छ," भिक्टोरियाका अशक्तता, वृद्ध तथा केयररका मन्त्री ल्यूक डोनेलनले बताए। "यी कर्मचारीहरूलाई तुरुन्त अघि आई खोप लगाउनलाई हामीले यो आग्रह गरेका हुन्।"

अशक्त हेरचाह केन्द्रका बासिन्दाहरूका लागि खोप लगाउने ९ वटा स्थानहरू तयार पारिने छन्। 

गत बिहीबार आएको तथ्याङ्क अनुसार अशक्त हेरचाह केन्द्रमा बस्ने २२,००० बासिन्दाहरू मध्ये करिब ३५५ जनाले मात्र खोपका दुई वटा खोप लगाएका छन्।
मेलबर्नको एक वृद्ध हेरचाह केन्द्रका दुई कर्मचारी र एक ९९ वर्षीय बासिन्दामा सङ्क्रमण पुष्टि भए पछि यो विषय चर्चामा आएको हो।

आरकेयर मेडस्टोन एजेड केयर केन्द्रका एक ५० वर्षीय महिला कर्मचारीमा सङ्क्रमण देखिए पछि उक्त केन्द्रलाई लकडाउनमा राखिएको थियो। 

सङ्क्रमित पुष्टि भएकी अर्की कर्मचारी ब्लूक्रस सन्शाइन एजेड केयरमा पनि काम गर्ने थाहा भए पछि, त्यस हेरचाह केन्द्रलाई पनि लकडाउनमा राखिएको छ। 

एउटै कर्मचारीले दुई वटा या बढी हेरचाह केन्द्रमा काम गर्दा जोखिम बढ्ने हुनाले संघीय सरकारले  निजी वृद्ध हेरचाह सेवा सुविधा तयार परेको थियो।

भिक्टोरियाको दोस्रो कोरोना भाइरस लहर पछि हटाइएको यस नीतिलाई गत २७ मेमा पुनः परिचय गरिएको थियो। जोखिममा रहेका स्थानहरू दुई हप्ता भन्दा बढी हटस्पट घोषित रहेमा यस नीतिको अवधि लम्बाइने वृद्ध हेरचाह मन्त्री रिचार्ड कोलबेकले बताएका छन्।
उक्त नीति लागु गर्नलाई बिहीबार सम्म पर्खने सिनेटर कोलबेकले बताएका छन्। विशेष गरी क्याजुवल कामदारहरूका लागि एउटा मात्र ठाउँमा काम गर्ने नियमले आय श्रोतमा असर पार्न सक्ने हुनाले बिहीबार सम्म पर्खने उनले एबीसी रेडियोसँगको कुराकानीमा बताएका हुन्। 

त्यस्तै, वृद्ध हेरचाह क्षेत्रमा कोभिड-१९ खोपको पहिलो या दोस्रो डोज लगाएका कर्मचारीहरूको कूल सङ्ख्या सरकारसँग नभएको, तर लगभग ४०,००० कर्मचारीहरूले खोप दुवै डोज लगाएको पनि उनले बताए। 

भिक्टोरियाली सरकारले सार्वजनिक वृद्ध हेरचाह केन्द्रका कर्मचारीहरूलाई एउटा भन्दा बढी ठाउँमा काम गर्नबाट रोक लगाएको छ। सार्वजनिक वृद्ध हेरचाह केन्द्रहरू राज्य सरकारको अन्तर्गत पर्दछन्।

Share
Published 1 June 2021 2:14pm
Updated 1 June 2021 2:21pm
By Maani Truu
Presented by SBS Nepali
Source: SBS


Share this with family and friends