“पीआरको लागि कुरेको १२ वर्ष भइसक्यो; अझै कति कुर्नपर्ने हो थाहा छैन”: स्वेता भण्डारी

Shweta Bhandari and her husband, Sushant.

Shweta Bhandari and her husband, Sushant. Source: Shweta Bhandari/Supplied

Get the SBS Audio app

Other ways to listen

अस्ट्रेलियामा अस्थायी भिसामा रहेकाहरूले स्थायी बसोबासका लागि १० वर्षभन्दा बढी पर्खनु परेको छ।


श्वेता भण्डारीले अस्ट्रेलियाको स्थायी भिसा अर्थात् स्थायी बसोबासको अनुमति (पीआर) पाउने प्रयास गरेको १२ वर्ष बितिसक्यो।  


"म आफ्नो श्रीमानसँग सन् २००९ को १५ मेमा विद्यार्थी भिसामा अस्ट्रेलिया आएकी थिएँ। हामी अहिलेसम्म आफ्नो पीआरको लागि पर्खिरहेका छौँ," उनले भनिन्।
पीआरको लागि कुरेको १२ वर्ष भइसक्यो; अझै कति कुर्नपर्ने हो थाहा छैन।

उनी आतिथ्य र व्यापारको विद्यार्थीको रूपमा अस्ट्रेलिया आएकी थिइन् र अहिलेसम्म तीन वटा फरक-फरक अस्थायी भिसाहरूमा बसिसकेकी छिन्।


पीआर पाउने प्रक्रियाका लागि उनले ९ वटा कोर्सहरू पढी सकिन्, र यसकै लागि होबार्ट र जीलंग पनि सरिसकिन्।  


गत वर्ष उनले आफ्नो श्रीमानसँग सबक्लास ८८७ स्किल्ड रिजनल भिसाको आवेदन हालेकी थिइन् - तर उनीहरू अहिलेसम्म त्यसको पर्खाइमै छन्।
पूरा रिपोर्ट यहाँ सुन्नुहोस्: “पीआरको लागि कुरेको १२ वर्ष भइसक्यो; अझै कति कुर्नपर्ने हो थाहा छैन”: स्वेता भण्डारी हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

भारत आएकी आएकी ४४ बर्सिया भण्डारीले पब्लिक रिलेशन्स र बिज्नेस एड्मिनिसट्रेशन पढेकी छिन्, र उनका श्रीमान भने एक एकाउन्टेन्ट हुन्। 

तर भिसाको नियमका कारण उनीहरूले अस्थायी भिसा नपाएसम्म आ-आफ्नो क्षेत्रमा काम गर्न मिल्दैन।  


त्यसैले उनी अहिले विद्यालय हेरचाहमा काम गर्छिन् र उनका पति भने एक वृद्ध हेरचाह केन्द्रमा शेफ हुनुका साथसाथै उबर ईट्सका लागि खाना वितरण गर्ने काम गर्दछन्।  


उनीहरूले आफ्नो घर पनि किन्न मिल्दैन - र सेन्टरलिङ्कका लाभहरूका लागि पनि योग्य छैनन्। यसै कारण कोभिडको लकडाउन भएको समयमा उनीहरूले काम पनि गर्न पाएका थिएनन् र सेन्टरलिङ्कबाट सहयोग पनि लिन पाएका थिएनन्। 


भण्डारी भन्छिन् कि, यी सबै कठिनाइहरू भए तापनि उनीहरू अस्ट्रेलियामा बस्ने आफ्नो सपनामा भने हरेस खान चाहँदैनन्।  


"हामीले यहाँ धेरै समय र पैसा खर्च गरेका छौँ र धेरै वर्षदेखि यहाँ बस्दै आएका छौँ। हामीले सबै किसिमका काम गरेका छौँ, फेरी रिजनलमा गएर पढ्यौँ - एकदमै गाह्रो छ," उनले भनिन्। 

"भिसाका सबै मापदण्ड पूरा गरिसक्यौँ - तर अझै दुख भोगिरहेका छौँ।"

पीआर लिने विषयमा यस्ता समस्याहरू भोग्नेहरूमा भण्डारीको परिवार एक्लै छैनन्। गत वर्षको मार्च महिनामा अस्ट्रेलियामा १७ लाख भन्दा बढी मानिसहरू अस्थायी भिसामा थिए। 
Almost 80 percent of Australians support a pathway to permanent residency for migrants who have lived and worked here for several years, new research shows.
Almost 80 percent of Australians support a pathway to permanent residency for migrants who have lived and worked here for several years, new research shows. Source: AAP
यस मध्य धेरै जसो मानिसहरू अस्ट्रेलियामै स्थायी रूपमा बस्न चाहनेहरू रहेको, माइग्रेन्ट वर्कर्स सेन्टरका प्रमुख कार्यकारी अधिकृत म्याट कनकलले बताए।  



माइग्रेन्ट वर्कर्स सेन्टरले गत वर्षको अन्त्य तिर गरेको एक अनुसन्धानले पत्ता लगाएको छ कि, औसतमा मानिसहरूले पीआर पाउनका लागि कमसेकम पाँच वर्ष पर्खिनु परेको छ भने कतिका लागि १३ वर्ष सम्म पनि लाग्न सक्छ।  


त्यस्तै, अस्थायी भिसा वाहकहरूले काममा ज्याला चोरी लगायत अन्य कार्यस्थलमा हुने शोषण पनि भोग्ने गरेको उक्त अनुसन्धानले देखाएको छ।  


कनकल बताउँछन् कि, अस्ट्रेलियाको समय-समयमा परिवर्तन भइरहने भिसा नियमका कारण देशमा सधैँ अस्थायी भिसामा थुप्रै मानिसहरू हुन्छन् - उनीहरूले देशको अर्थतन्त्रलाई धानेका छन् - तर उनीहरूका आफ्ना अधिकार भने सीमित छन्। 

उनीहरूले पनि स्थिरता र सुरक्षा पाए राम्रो हुने उनी बताउँछन्।
Matt Kunkel, director of the Migrant Workers Centre Victoria
Matt Kunkel, director of the Migrant Workers Centre Victoria Source: SBS

माइग्रेन्ट वर्कर्स सेन्टरले मानव अधिकार कानून केन्द्रसँग मिलेर गरेको एक सर्वेक्षण अनुसार, अधिकांश अस्ट्रेलियालीहरूले यो दृष्टिकोणलाई समर्थन गर्छन्।  


सर्वेक्षणमा संलग्न १००० जना मध्य ७८ जनाले अस्ट्रेलियामा केही वर्षदेखि बसेर काम गरेका मानिसहरूले पीआर पाउने स्पष्ट तरिका हुनु पर्ने बताए।  


आफूले चाहेको जिन्दगी जिउनका लागि सबैले योजना बनाउन पाउने पर्ने, मानव अधिकार केन्द्रका डेभिड बर्कले बताए।  


अस्ट्रेलियाको अध्यागमन नीतिहरू मानिसहरूको भावनासँग मेल नखाने कुरामा उनी विश्वास गर्छन्।  


"हामीलाई एउटा यस्तो अध्यागमन नीतिको आवश्यकता छ - जसले मानिसहरूलाई मानिसको रूपमा हेरोस् - केही समयका लागि बस्ने कामदारको रूपमा होइन," उनले भने। 


यस विषयमा एसबीएसले अध्यागमन मन्त्री एलेक्स हकको विचारको लागि सम्पर्क गरेको थियो, तर केही जवाफ भने आएको छैन। 

 
 

Share